News Portal

आर्थिक अभावका कारण मृगौला पीडित सल्यानका ठेरोराम कामीको उपचारमा समस्या !

हिमाली संचार संवाददाता
६२६ पटक

सल्यान, ६ फागुन : पश्चिम सल्यानको बनगाड–कुपिण्डे नगरपालिका – १ नाम्राका ठेरोराम कामीका दुबै मृगौंला फेल भएपछि अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार गराईरहेका छन। कमजोर आर्थिक अवस्था भएका कामी साप्ताहिक दुईपटक मृगौलाको डायलोसिस गर्नुपर्ने भएपछि अहिले कोहलपुर पिपरीमा भाडामा श्रीमती सहित बस्दै आएको नेत्रलाल पोखरेलले जानकारी दिए।

सल्यानबाट ओहोरदोहोर गर्ने पैशा भन्दा यहाँ भाडामा बसेपछि कम पैशा खर्च हुन्छ भनेर बस्न थालेका छौं – उनले भने। तर कोठमा भाडा र खानपिनमा पनि धेरै खर्च भईरहेको छ । हप्तामा ५०० रुपियाको औषधी र तीन महिनामा ३ हजार २०० रुपियाको औषधी रगत जाँच गर्दा खर्च हुने बताए ।


(मृगौला पीडित बाबू ठेरोराम कामी र छोरा मनिराम बिक।)

घरमा कमाई गर्ने छोरा पनि विरामी भएपछि अहिले उपचारमा आर्थिक अभाव भएको कामीले बताए। उनले आफ्नो उपचारका लागि सहयोग गरिदिन मनकारी देश तथा बिदेशमा रहेका संघसंस्था, बुद्धिजीवी ब्यक्तित्वहरुलाई अनुरोध समेत गरेका छन् ।

१ बर्षदेखि उपचार गर्दै आएका कामीले हालसम्म उपचारमा लाखौं रुपिया खर्च गरिसकेको भन्दै थप उपचारका लागि सबैको सहयोगको आवश्यकता भएको बताए ।

घरबाट सक्दा सम्म उपचार गरे उनले भने – त्यसपछि आफन्त र इष्टमित्रबाट पनि सापटी लिएर उपचार गराए। उनले अहिले कतैबाट पनि उपाय नलागेपछि सबैसँग सहयोगको आग्रह गरिरहेका छन। साथै सहयोग गर्न चाहने ब्यक्तिहरुले हिमालीसंचार डटकमका सम्पादकमण्डलसंग पनि सम्पर्क गरि बिस्तृतमा जानकारी लिन सक्नुहुनेछ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...