News Portal

विद्युत प्राधिकरण रंगेलीले १ दिन मै ग्राहकलाई मिटर जडान गरिदिने

हिमाली संचार संवाददाता
४८९ पटक
रबिन्द्र बराल, मोरङ

फाल्गुन ६ साेमबार : नेपाल विद्युत प्राधिकरण रंगेली बितरण केन्द्रलेे बिगत सात महिना देखि एक दिनमै ग्राहकहरुलाई विद्युत मिटर दिन थालेको छ । बिगतका दिनहरुमा सर्वसाधारणहरुले मिटर पाउनका लागि महिनाै कुर्नु पर्ने र झन्झटिलो समेत रहेको हुनाले समयमै मिटर पाउन सकेका थिएनन् ।

बिगतका दिनहरुमा सर्वसाधारणहरुले गाउँपालिका तथा नगरपालिकाबाट मिटर जडानका लागि ५ सय रुपैयाँ दस्तुर तिरेेेर सिफारिस लिने गरेका थिए । तर नेपाल सरकारले र साउन महिना देखि सर्वसाधारणहरुले मिटर जडानका लागि कुनै पनि सिफारिस नगरिकन मिटर दिन विद्युत प्राधिकरणलाई परिपत्र गरेपछि अहिले ग्राहकले अाफ्नाे नागरिकताकाे प्रतिलिपी, जग्गाको धनिपुर्जाकाे प्रतिलिपी भए मात्रै बिधुतकाे मिटर जडान गर्ने पाउने भएका छन भने जग्गा नहुने सर्वसाधारणहरुले धराैटि रकम १ हजार रुपैयाँ तिरेर मिटर लिन पाउन भएका छन ।

ग्राहकले मिटर बापत राजस्व २ हजार १ सय ६० रुपैयाँ मात्रै रकम तिरे मिटर पाउने भएका छन । कार्यलयका प्रमुख संन्जय गुप्ताका अनुसार बिगतमा सर्वसाधारणहरुले महिनाै महिना मिटरका लागि धाउनुपर्ने बाध्यता रहेको तर अहिले भने अाबेदन भरेको एकै दिनमा मिटर दिने गरेको र दुई दिन भित्र जडान समेत गरिने र बिराटनगर क्षेत्रीय कार्यलयले प्रयाप्त मात्रामा मिटर दिनेे गरेको गुप्ताले बताए ।

यस बितरण केन्द्रबाट रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, रतुवामाई नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, धनपालथान गाउँपालिका, कानेपाेखरी गाउँपालिका गरि जम्मा ४३ हजार ८ सय १० घर धुरीलाई सेवा दिईदै अाईरहेकाेे छ ।

साे कार्यलयले ग्रहककाे सेवाका लागि यस केन्द्र अन्तर्गत एउटा सवस्टेशन ८ वटा फ्युुज सेवा र एउटा बिधुत महसुल संङकलन केेेन्द्र तथा विद्युत महशुल अनलाइन सेवा बैकहरु तथा ई-सेवाबाट रंगेली बितरण केन्द्र अन्तर्गत अमरदह, कानेपाेखरी, सिजुवा, रमाईलाे, कर्सिया, रामचाेक, हाेक्लाबारी, रंजनि लागयत २४ स्थान मार्फत विद्युत महसुल समेत तिर्न प्राधिकरणले जनाएको छ ।

राम कुमार मंन्डलले भने बिगतका दिनहरुमा गाउँघरका सर्वसाधारणहरुले महिनाै धाएर मिटर जडान गरेको देखेर अाफुलाई दिक्क लागेकाे थियोे तर अहिले एकै दिनमा अाफुले मिटर पाउँद सार्हाै खुशि लागेकाे सरकारी सेवामा पनि यस्तो छाेटाे र छरीताे भएको देखेर अाफै अचम्मित भएको बताए ।

अहिले प्राधिकरण लेे मासिक ४ सय देखि ५ सय नयाँ ग्राहकलाई मिटर बितरण समेत गर्दे अाएकाे छ । ग्राहकले मिटर नपाउदा मात्रै विद्युत चाेरी गर्ने अग्रसर हुने गरेका थिए। तर एकै दिनमा मिटर पाउँद विद्युत चाेरी समेत कम हुुनेे गरेको गुप्ताले बताए ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...