News Portal

अष्ट्रेलियामा फहराइयो नेपालको झण्डा

हिमाली संचार संवाददाता
५४१ पटक

प्रदीप तिमल्सिना
क्यान्वेरा : दुई दशक भन्दा पुरानो इतिहास बोकेको अष्ट्रेलियाकै महत्वपूर्ण क्यान्वेरा बहुसाँस्कृतिक मेलाको परेडमा दूतावासको पहलमा पहिलो पटक नेपालको प्रतिनिधित्व हुने प्रदर्शनी गरिएको छ।

शुक्रबार, शनिवार र आइतबार तीन दिनमा करिब तीन लाखजनाले प्रत्यक्ष अवलोकन गरेको बहुसाँस्कृतिक मेलामा क्यान्वेरास्थित नेपाली दूतावासले नेपालको पर्यटन प्रवर्धन गराउने उद्देश्यले स्टल राखी सर्वसाधारणलाई जानकारी प्रदान गरेको छ ।

साथै दूतावासका कर्मचारीहरुद्वारा नेपाल भ्रमणको निम्तो पनि दिइएको छ। क्यान्वेरा राष्ट्रिय बहुसाँस्कृतिक मेला आफ्नो कार्यकालको पहिलो अनुभव भएको र नेपाली सहभागिता आफूले सोचे भन्दा राम्रो रहेको कार्यबाहक राजदूत दुरपदा सापकोटाले बताइन् ।

स्थानीय नेपाली संघ संस्था र नेपाली समुदायको सहयोगमा छोटो समयमै तय भएको उक्त र्‍यालीमा नेपाली पहिचान गराउने झण्डा र ब्यानर बोकी नेपाली भेषभुषामा सजिएर नगर परिक्रमा गर्दा उपस्थित् सर्बसाधारणको ध्यान नेपाली झन्डामा केन्द्रित भएको थियो भने अष्ट्रेलियन टेरिटोरी सरकारले तैयार गरेको भिडियोमा समेत नेपाली झन्डालाई पनि चित्रण गरिएको छ ।

चिनिया मुलका साम चोङ्गले नेपाली झन्डा संसारमै अलग पहिचान बोकेको भनि तारिफ गरेका थिए भने क्यान्वेरा कि रोज्मारी वुड नेपाली टोली आउन साथ नमस्ते नमस्ते गर्दै उत्साहित भएकी थिइन् ।

राजधानीको मुटुमा आयोजना हुने यस्तो महत्वपूर्ण महोत्सवमा नेपाली झाकीलाई अझ बढी आकर्षक बनाउनसके नेपाली कला संस्कृतिको प्रवर्धन गर्न सकिने कार्यवाहक राजदूत सापकोटाले बताइन् ।

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...