News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • काेसेली समूह कुवेतकाे अध्यक्षमा आचार्य चयन

    हिमाली संचार संवाददाता
    ५१०९६ पटक

    कुवेत : कोसेली समुह कुवेतले ११आै वार्षिक उत्सव संगै चौथो अधिबेशनबाट १३ सदस्यीय कार्यसमिति चयन गर्दै आनन्द आचार्य अध्यक्षमा निर्बाचित भएका छन ।

    अर्थात १५ फेब्रवारी२०१९ शुक्रवारको दिन फरवनियामा सम्पन्न
    उक्त कार्यक्रमका अध्यक्ष नबराज पन्थीको सभापतित्वमा र प्रमुख अतिथिमा नेपाली दूतावास कुवेतका कार्यवाहक राजदूत प्रकाशमणि पौडेल,रहेका थिए भने बिशेष अथितिमा नेपाली दूतावास कुवेतका, दूर्तिय सचिव ज्ञान बहादुर मगर, एन आर एन ए, कुवेतकी अध्यक्ष सुमित्रा पौडेल लगायतको आथित्यमा पानसमा दिप प्रज्जलित गर्दै कार्यक्रम उद्घाटन गरिएको थियो।

    कार्यक्रम संचालक सचिव चन्द्र बिस्वकर्माले गरेका थिए भने कार्यक्रमको सुभारम्भ गर्नका निमित्त राष्ट्र र राष्ट्रीयता प्रति सम्मान गर्दै राष्ट्रिय गान साथै सस्थाका महासचिव जीवन बिकले स्वागत मन्तव्य राखेका थीए।

    कुवेतको एकमात्र मरुभूमि (छापा पत्रिका) विमोचन कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशेष अतिथि तथा यसै सस्थाका संरक्षक तथा सल्लाहकारद्वारा विमोचन गरिएको थियो भने संस्थाको तर्फबाट सम्छिप्त रूपमा संस्थाको गतिबिधि प्रस्तुत गर्दै संस्थागत मन्तब्य, आयोजक नव नियुक्त अध्यक्ष आनन्द आचार्यले गतिबिधि प्रष्ट पारेका थिए ।

    उक्त कार्यक्रममा बिभिन्न रचनाहरु बाचन गर्ने सम्पूर्ण साहित्य अनुरागीहरुबाट साहित्य वाचन गरी सहित्यमय वातावरण भएको थियो। कार्यक्रममा समूहले नेपाल कुवेत पत्रकार महासंघ शाखाका अध्यक्ष हरीकृष्ण न्यौपानेलाई कुवेत जस्तो ठाउमा रहेर निस्पक्षय पत्रकारिता र बिभिन्न परोपकारी कार्यहरू गर्दै आएको बताऊदै उक्त कार्यको कदर गर्दै न्यौपानेलाई समूहले सम्मान गरेको थियो।

    नयाँ कार्यसमिति सस्थाको नियमित बैठक पछी, संरक्षक सल्लाहकारहरुको उपस्थितिमा पूरानो कार्यसमिति भंग गरि नया कार्यसमिति चयन गरिसकेको हुनाले उक्त दिन संस्थाको संरक्षक मनु भुजेलले नयाँ कार्यसमितिको नामावालीहरु सार्वजानिक गरेका थिए। कार्यक्रममा विभिन्न संघसस्था सङ्गठन, राजनीति सस्थाहरु र धार्मिक सस्थाहरुबाट अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।

    शुभकामना मन्तव्य राख्ने क्रममा सुजन केसी, प्रदीप नेपाली, कुमार झापाली, दिल पख्रिन, हरीकृष्ण न्यौपाने, तेस्तै एनआरएनए कुवेतबाट अध्यक्ष सुमित्रा पौडेल, नेपाली दूतावास कुवेतबाट ज्ञान बहादुर मगर, प्रकाशमणी पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

    कार्यक्रमको समिक्षा गर्दै प्रवासी भूमिमा रहेता पनी कोसेली समूहले कुवेतमा रहेर निकै महत्वपुर्ण निभाएकोले, आगामी दिनहरुमा पनि यसरीनै निरन्तरता बढी रहोस भन्दै नव नियूक्त कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना मन्तव्य दिएका थिए।

    अन्त्यमा आयोजक समूहका अध्यक्ष आनन्द आचर्यबाट उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो। कोसेली समूह कुवेतको नयाँ क्रार्य समितिको तालिका निम्न अनुसार रहेको छ।

    संरक्षक

    सुजन केसि

    सल्लाहकारहरु

    मनु भुजेल मगर, इन्द्र पोखरेल, तोयानाथ दाहाल, शिब प्रसाद कोइराला,

    अध्यक्ष तथा प्रवन्ध निर्देशकः आनन्द आचार्य

    उपाध्यक्षः  टोमलाल पराजुली, जिवन कुमार बि.क., जानकी जानु,

    महासचिवः मित्रभक्त आचार्य

    सचिवः जयनारायण माझी थारु

    कोषाध्यक्षः राजन श्रेष्ठ

    सह–कोषाध्यक्षः पुर्ण प्रसाद श्रेष्ठ

    कार्यकारी सदस्यः गौतम अम्गाईं, खड्ग कार्की,चन्द्रकला बि.क.

    उपरोक्त बमोजिमको कार्य समिति रहने छ भने कोसेली बचत कोषमा रहेका सम्पुर्ण सदस्यहरु स्वतः पदेन सदस्य रहनेछन् ।

    प्रतिकृया दिनुहोस्

    रोल्पामा निर्दोष कुकुरको क्रूर हत्या : दुई किशोर पक्राउ, एक अझै फरार

    रोल्पा, वैशाख ७ – रोल्पा जिल्लाको लुङग्री गाउँपालिका–७ स्थित हारजङ भन्ने गाउँमा एक हृदयविदारक घटना...

    राप्रपाको प्रदर्शनमा शीर्ष नेताको अनुपस्थिति, विक्रम पाण्डे निषेधित घेराबाटै फर्किए

    काठमाडौं, वैशाख ७ – काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शन निषेधित...

    काठमाडौंका सडकमा ट्राफिक जाम, प्रदर्शन र सुरक्षा व्यवस्थाले सवारी अवरुद्ध

    काठमाडौं, वैशाख ७ — राजधानीका प्रमुख सडकहरू आइतबार बिहानदेखि सवारी चापले अस्तव्यस्त बनेका छन्। शिक्षक...

    काठमाडौंमा सुरक्षा कडा, निषेधित क्षेत्र नाघे कडा कारबाही हुने चेतावनी

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै...

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...