News Portal

  • पत्रकारले निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउनुपर्ने

    हिमाली संचार संवाददाता
    ४४८ पटक

    काठमाडौँ -राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) नेपालले देशभरका फोटोपत्रकार तथा पत्रकारलाई निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    संस्थाको आज सम्पन्न १०औँ वार्षिक साधारणसभाले फोटोपत्रकारको हकहित र कानूनी अधिकारका लागि देशभरका फोटोपत्रकारलाई एकजुट गराएर अघि बढ्ने निष्कर्ष निकाल्र्दै सम्पूर्ण सञ्चारकर्मीलाई सहज रुपमा काम गर्ने वातावरण सुनिश्चित गर्न आग्रह गरेको हो ।

    संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारको अध्यक्षता र नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी वक्ताले फोटो पत्रकारको व्यावसायिक सुरक्षा हुनुपर्नेमा जोड दिएका थिए ।

    संस्थाका पूर्वअध्यक्षहरु मिनरत्न बज्रचार्य, कविन्द्रमान शाक्य, राजभाई सुवाल तथा संस्थाका सल्लाहकार जगदिश तिवारी र धादिङ शाखाका अध्यक्ष नारायण सिलवालले फोटो पत्रकारको पेशागत मर्यादा र निर्वाह गर्नुपने दायित्वबारे धारणा राखेका थिए ।

    कार्यक्रममा संस्थाका सचिव नवराज श्रेष्ठले संस्थाको वार्षिक गतिविधि प्रस्तुत गरे भने कोषाध्यक्ष लेखबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुरेक थिए ।

    साधारणसभाले संस्थाको विधान संशोधन गरी फोटो पत्रकार समूहलाई ७ वटा प्रादेशिक संरचनामा लाने निर्णय गरेको संस्थाद्वारा जारीविज्ञप्तिमा उल्लेख छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...