News Portal

पत्रकारले निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउनुपर्ने

हिमाली संचार संवाददाता
५०२ पटक

काठमाडौँ -राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) नेपालले देशभरका फोटोपत्रकार तथा पत्रकारलाई निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संस्थाको आज सम्पन्न १०औँ वार्षिक साधारणसभाले फोटोपत्रकारको हकहित र कानूनी अधिकारका लागि देशभरका फोटोपत्रकारलाई एकजुट गराएर अघि बढ्ने निष्कर्ष निकाल्र्दै सम्पूर्ण सञ्चारकर्मीलाई सहज रुपमा काम गर्ने वातावरण सुनिश्चित गर्न आग्रह गरेको हो ।

संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारको अध्यक्षता र नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी वक्ताले फोटो पत्रकारको व्यावसायिक सुरक्षा हुनुपर्नेमा जोड दिएका थिए ।

संस्थाका पूर्वअध्यक्षहरु मिनरत्न बज्रचार्य, कविन्द्रमान शाक्य, राजभाई सुवाल तथा संस्थाका सल्लाहकार जगदिश तिवारी र धादिङ शाखाका अध्यक्ष नारायण सिलवालले फोटो पत्रकारको पेशागत मर्यादा र निर्वाह गर्नुपने दायित्वबारे धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका सचिव नवराज श्रेष्ठले संस्थाको वार्षिक गतिविधि प्रस्तुत गरे भने कोषाध्यक्ष लेखबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुरेक थिए ।

साधारणसभाले संस्थाको विधान संशोधन गरी फोटो पत्रकार समूहलाई ७ वटा प्रादेशिक संरचनामा लाने निर्णय गरेको संस्थाद्वारा जारीविज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...