News Portal

मावि च्युराको ४३औं वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

हिमाली संचार संवाददाता
४५२ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा नं ५ मा पर्ने त्रिभुवन जनता मावि च्युराको ३ दिन सम्म चलेको वार्षिक उत्सव कार्यक्रम शुक्रबार सकिएको छ । वार्षिक उत्सव कार्यक्रममा छात्रछात्रा तर्फ भलिवल, सटफुट, हाईजम्प, लमजङ्घ, हिसाव दौड, तातो आलु, कुर्चि दौड, हाजिर जवाफ, वक्तृत्वकला र संस्कृतीक कार्यक्रम प्रतियोगिताको आयोजना गरेको थियो ।

सवै प्रतियोगितामा सफल विद्यार्थीहरुलाई विद्यालयले नगद र प्रमाणपत्र सहित पुरस्कृत गरेको छ । साथै विद्यालयमा नियमित, अनुसासन, सरसफाई, कल्वका पदाधिकारी, कक्षा माईन्टरलाई समेत पुरस्कृत गरेको छ । विद्यार्थीसँगै विद्यालय प्रशासनले उत्कृष्ट शिक्षकमा मावि तर्फ गणेस अधिकारी र आधारभुत तहमा लालमणि विष्टलाई पुरस्कृत गरेको छ। विद्यालयले १ कक्षा देखि १० कक्षा सम्म परिक्षामा पहिलो, दोस्रो तेस्रो हुनेहरुलाई पुरस्कृत गरेको छ ।

सम्मान कार्यक्रममा वोल्दै बनगडा कुपिण्डे नगरपालिकाका प्रशासकिय अधिकृत नोखिराम वलीले विद्यार्थीको प्रतिभा र विद्यालयको गतिविधीको प्रसंसा गर्नु भएको थियो । विद्यालयमा राम्रो शिक्षाको गुणस्तरता वढाउन अभिभावक,शिक्षक सरोकारवाला निकायहरु जागरुक हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

त्यसै गरि विद्यालयको वार्षिक उत्सवका प्रतियोगि विद्यार्थीलाई नगर शिक्षा शाखाका संयोजक रोम प्रसाद पाण्डे, श्रोत व्यक्ती चक्र रावत, विद्यालय व्यवस्थापन समिती अध्यक्ष हरिलाल विष्ट, भुपु बि.व्य.स.अध्यक्ष टोपवहादुर विष्ट, किर्ती वहादुर राना, वडाध्यक्ष कमल विक, बनगाड क्याम्पस बनगाडका उपाध्यक्ष गणेस वि.सी.लगाएतका अतिथीहरुले विभिन्न विधाका खेलाडिहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

३ दिनसम्म चलेको वार्षिक उत्सवमा अभिभावकको उल्लेख्य सहभागिता हरेको र वार्षिक उत्सव सफल पार्न सहयोग गर्ने सवैलाई विद्यलायका प्रअले धन्यवाद सहितको मन्तव्य दिनु भएको थियो ।

वार्षिक उत्सव समारोहको उद्घाटन तथा प्रमुख अतिथी बनगाड कुपिण्डे नगर प्रमुख गाविन्द कुमार पुनले गर्नु भएको थियो भने समापन कार्यक्रमको प्रमुख आतिथ्यता नगरका प्रशासकिय अधिकृत नोखिराम वलीले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...