News Portal

दोलखाली समाज युएइले बनभोज कार्यक्रमको आयोजना गर्दै

हिमाली संचार संवाददाता
४७० पटक

युएई : वैदेशिक रोजगारीको सिलसिलामा दोलखा जिल्लाबाट युएइ गएका दोलखालीहरुको साझा सङगठन दोलखालि समाज युएइले यहि मार्च १ तारिख शुक्रबारका दिन दुबई स्थित कृक पार्कमा बिस्तृत दोलखालि भेला तथा बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ ।

समाजका उपाध्यक्ष सुनिल श्रेष्ठका अनुसार ३०० भन्दा बढी दोलखाली उपस्थित हुने उक्त कार्यक्रममा स्थानिय कलाकारहरुबाट बिबिध सास्कृतिक कार्यक्रम सन्चालन हुनाका साथै विविध खेलकुद तथा मनोरञ्जनका कार्यक्रम पनि सन्चालन गरिने भएको छ ।

हाल दोलखाली समाज युएइको सदस्य सन्ख्या केहि कम भए पनि यो आर्थिक बर्स भित्रमा कम्तिमा ५०० सदस्यलाइ सदस्यता बितरण गर्ने योजनामा दोलखाली समाज युएइ रहेको समाजका महासचिब एबम सङगठन बिभाग प्रमुख सन्तोस भुजेलका अनुसार हाल युएइमा ३००० को हाराहारीमा दोलखाली रहेको भएता पनि दोलखाली समाजका कार्यसमितीका साथीहरुको कार्य ब्यस्तताका कारण सबै दोलखालीलाइ समेट्न नसकिएको तर यो बर्स भित्रमा धेरै दोलखाली साथिहरु समेटिने कुरा जानकारी दिनु भयो ।

दोलखाली समाजका अध्यक्ष नवराज बस्नेतका अनुसार दोलखाली समाज अब छिटै बैधानिक बन्ने सस्थालाइ जिल्ला प्रसासन कार्यलय दोलखामा दर्ता गर्नको लागी प्रक्रिया को थालनी भइ सकेको र दशै अगाडी नै दर्ता भइ सक्ने कुरा जानकारी दिए।

उनका अनुसार आजसम्म दोलखाली समाज युएइले गरेका सबै कार्यक्रमहरु युएइ स्थित नेपाली दूतावासलाइ जानकारी गराएर गरिएको साथै कतिपय कार्यक्रममा दूतावासबाट सहभागिता समेत रहने गरेको छ उनले भने।

मार्च १ तारिखमा हुने उक्त बनभोज कार्यक्रममा पनि युएइमा रहने क्रियासिल सम्पुर्ण सघसस्थाहरुलाइ निमन्त्रणा गरिने र इच्छुक दोलखा भन्दा बाहिरका साथीहरुलाइ पनि समाबेस गराउन मिल्ने कुरा सस्थाका सचिब एबम प्रचारप्रसार बिभागका सम्योजक लोक प्रसाद दाहालले जनाए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...