News Portal

लोक संस्कृति संरक्षणका लागि महोत्सबको आयोजना गरिदै

हिमाली संचार संवाददाता
५१५ पटक

कृष्ण प्रसाद अधिकारी
दैलेख : लोप हुँदै गएको स्थानीय लोक संस्कृतिको संरक्षण तथा उजागार गर्न दैलेख उद्योग बाणिज्य संघले ‘दैलेख महोत्सब २०७५ आयोजना गरेको छ। नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौ र दैलेख उद्योग बाणिज्य संघ दैलेखले संयुक्त रुपमा महोत्सबको अयोजना गरेका हुन् ।

दैलेख महोत्सब २०७५ तथा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औधोगिक व्यापार मेला यहि फागुन २२ देखि चैत्र २ गते सम्म संचालन हुने भएको छ । काठमाण्डौ र लुम्बिनी पछिको धार्मीक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने दैलेखलाई धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्ने महोत्सबको उदेश्य रहेको छ ।

महोत्सबले हिन्दुपुराण तथा श्रीस्वस्थानी ब्रतकथामा आधारित धार्मीक पर्यटकीय स्थलहरुको प्रचार प्रसारको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक दैलेख जिल्लामा प्रवेश गर्ने वातावरण सृजना गर्ने संघका महासचिव राजेश कुमार हमालले बताउनुभयो ।

‘महोत्सबले दैलेखको कला सस्कृति र ईतिहासलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने छ,’ महासचिव हमालले भन्नुभयो ‘लोप हुन लागेका साँस्कृतिक सम्पदा परम्परागत जीवनशैलीलाई प्रतिनीधित्व गर्ने प्रविधि र संसाधनको जर्गेनासँगै दैलेखको वर्तमान विकास स्थिती झल्काउने छ ।’ जिल्लाभरी छरिएर रहेका कला संस्कृतिलाई जगेर्ना गर्न प्रयास गर्ने बताउँदै महासचिव हमालले भन्नुभयो ‘महोत्सबले स्थानीय परम्परागत शिप, कला र संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्नेछ ।

संघद्धारा मंगलवार यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सब तयारी समितिका संयोजक गणेश श्रेष्ठले दैलेख सदरमुकामको काँडाचौरमा संचालन हुने महोत्सबले हस्तकला व्यवसायको प्रर्वद्धन गरी लगानीका अवसरहरु सृजना गर्ने बताउनुभयो । महोत्सबले जिल्लाका कृषि उपज बस्तुहरुको बजार प्रर्वद्धन गर्ने र गार्मेन्ट्स तथा छाला जुत्ताको बजारिकण गर्ने उदेश्य राखेको उहाँको भनाई छ । महोत्सबको मुख्य आकर्षकको रुपमा राउटे नाच, हुड्के, ढोलकी, मयूर, मारुनी, सोरठी, ख्याली, पैसरी, टाकटुके नाच रहेको आयोजकले जनाएको छ ।

महोत्सब अवधीभर विभिन्न प्याकेजहरु समावेश गरिएको छ । जसमा श्रीस्थान ज्वाला लगाएतका दैलेखका महत्वपूर्ण धार्मीक तथा पर्यटकीय स्थलहरुको सशुल्क अवलोकन भ्रमण, प्राकृतिक दृष्यहरुको सःशुल्क अवलोकन रहेका छन् । यस्तै रमाइलो मेला संचालन गरिने छ भने दैलेखमा उत्पादित स्थानीय बस्तुहरुको प्रदर्शन तथा विक्री वितरण गरिने आयोजकले जनाएको छ ।

महोत्सबमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । महोत्सबका आगन्तुकहरुका लागि सिसिटिभी सहितको सुरक्षा व्यवस्था, टेलिफोन र इन्टरनेटको व्यवस्था, सःशुल्क यातायात लगाएतका सुविधाहरु राखिएको महासचिव हमालको भनाई छ ।

महोत्सबमा जिल्लाका ११ वटै स्थानीय तहमा रहेका स्थानीय कला संस्कृतिक प्रर्दशन गर्ने आयोजकले जनाएको छ । महोत्सब अवधीभर करिब ५१ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अपेक्षा आयोजकले गरेको छ । महोत्सवका सहयोगि संस्था साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजना व्यवस्थापन इकाई नेपालगञ्ज र घरेलु तथा साना उद्योग विकास समिति दैलेख रहेका छन् ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...