News Portal

  • लोक संस्कृति संरक्षणका लागि महोत्सबको आयोजना गरिदै

    हिमाली संचार संवाददाता
    ४३९ पटक

    कृष्ण प्रसाद अधिकारी
    दैलेख : लोप हुँदै गएको स्थानीय लोक संस्कृतिको संरक्षण तथा उजागार गर्न दैलेख उद्योग बाणिज्य संघले ‘दैलेख महोत्सब २०७५ आयोजना गरेको छ। नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौ र दैलेख उद्योग बाणिज्य संघ दैलेखले संयुक्त रुपमा महोत्सबको अयोजना गरेका हुन् ।

    दैलेख महोत्सब २०७५ तथा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औधोगिक व्यापार मेला यहि फागुन २२ देखि चैत्र २ गते सम्म संचालन हुने भएको छ । काठमाण्डौ र लुम्बिनी पछिको धार्मीक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने दैलेखलाई धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्ने महोत्सबको उदेश्य रहेको छ ।

    महोत्सबले हिन्दुपुराण तथा श्रीस्वस्थानी ब्रतकथामा आधारित धार्मीक पर्यटकीय स्थलहरुको प्रचार प्रसारको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक दैलेख जिल्लामा प्रवेश गर्ने वातावरण सृजना गर्ने संघका महासचिव राजेश कुमार हमालले बताउनुभयो ।

    ‘महोत्सबले दैलेखको कला सस्कृति र ईतिहासलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने छ,’ महासचिव हमालले भन्नुभयो ‘लोप हुन लागेका साँस्कृतिक सम्पदा परम्परागत जीवनशैलीलाई प्रतिनीधित्व गर्ने प्रविधि र संसाधनको जर्गेनासँगै दैलेखको वर्तमान विकास स्थिती झल्काउने छ ।’ जिल्लाभरी छरिएर रहेका कला संस्कृतिलाई जगेर्ना गर्न प्रयास गर्ने बताउँदै महासचिव हमालले भन्नुभयो ‘महोत्सबले स्थानीय परम्परागत शिप, कला र संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्नेछ ।

    संघद्धारा मंगलवार यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सब तयारी समितिका संयोजक गणेश श्रेष्ठले दैलेख सदरमुकामको काँडाचौरमा संचालन हुने महोत्सबले हस्तकला व्यवसायको प्रर्वद्धन गरी लगानीका अवसरहरु सृजना गर्ने बताउनुभयो । महोत्सबले जिल्लाका कृषि उपज बस्तुहरुको बजार प्रर्वद्धन गर्ने र गार्मेन्ट्स तथा छाला जुत्ताको बजारिकण गर्ने उदेश्य राखेको उहाँको भनाई छ । महोत्सबको मुख्य आकर्षकको रुपमा राउटे नाच, हुड्के, ढोलकी, मयूर, मारुनी, सोरठी, ख्याली, पैसरी, टाकटुके नाच रहेको आयोजकले जनाएको छ ।

    महोत्सब अवधीभर विभिन्न प्याकेजहरु समावेश गरिएको छ । जसमा श्रीस्थान ज्वाला लगाएतका दैलेखका महत्वपूर्ण धार्मीक तथा पर्यटकीय स्थलहरुको सशुल्क अवलोकन भ्रमण, प्राकृतिक दृष्यहरुको सःशुल्क अवलोकन रहेका छन् । यस्तै रमाइलो मेला संचालन गरिने छ भने दैलेखमा उत्पादित स्थानीय बस्तुहरुको प्रदर्शन तथा विक्री वितरण गरिने आयोजकले जनाएको छ ।

    महोत्सबमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । महोत्सबका आगन्तुकहरुका लागि सिसिटिभी सहितको सुरक्षा व्यवस्था, टेलिफोन र इन्टरनेटको व्यवस्था, सःशुल्क यातायात लगाएतका सुविधाहरु राखिएको महासचिव हमालको भनाई छ ।

    महोत्सबमा जिल्लाका ११ वटै स्थानीय तहमा रहेका स्थानीय कला संस्कृतिक प्रर्दशन गर्ने आयोजकले जनाएको छ । महोत्सब अवधीभर करिब ५१ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अपेक्षा आयोजकले गरेको छ । महोत्सवका सहयोगि संस्था साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजना व्यवस्थापन इकाई नेपालगञ्ज र घरेलु तथा साना उद्योग विकास समिति दैलेख रहेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ५ गतेको राशिफल

    आज भदौ ५, २०८२ (अगस्त २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संख्यामा मात्रै निर्भर हुनु हुँदैन, वैधता र आत्मविश्वास आवश्यक: गगन थापा

    काठमाडौं, भदौ ४ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतान्त्रिक निर्णय गर्दा केवल संख्या पर्याप्त...

    कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

    काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको...

    रास्वपाद्वारा उपसभामुख इन्दिरा रानामगरमाथि आक्रमणको विरोध

    काठमाडौँ, भदौ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि भएको आक्रमणको कडा...

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर...