News Portal

त्रिभुन जनता माविलले ४३ औं वार्षिक उत्सव मनाउदै

हिमाली संचार संवाददाता
४१९ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको बनगाड कुपिण्डे नगरपालिका अन्तर्गत वडा ५ मा पर्ने श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शंखपिपल च्युरा सल्यानले ४३ औ वार्षिक उत्सव तथा अभिभावक भेलाको आज नगर प्रमुख गोविन्द कुमार पुनले उद्घाटन गर्नु भएको छ । वार्षिक उत्सवसँगै विद्यालयले ३ दिन सम्म अतिरिक्त क्रियाकलापको आयोजना गर्ने जनाएको छ ।

विद्यालयको वार्षिक उत्सवमा प्रमुख अतिथि गोविन्द कुमार पुनले नगरका सवै शैक्षिक संस्थाहरुमा परिर्वतनको खाँचो रहेको औल्याउनु भयो। विद्यार्थी, अभिभावक, शिक्षक र सरोकारवाला निकाय सवैको शिक्षा क्षेत्र सुधारका निम्ती जरुर सहयोग आवश्यक रहेको जनाउनु भएको छ ।

शिक्षामा आमुल परिर्वतनका लागि आफुले नितीगत व्यवस्था पारित गरि काम गर्न खोजेको जनाउनु भएको छ । यसमा सवैको सहयोग भए शिक्षा क्षेत्र सुधारमा कोशेढुङ्घा हुने जनाउनु भएको छ । शिक्षा क्षेत्र सुधारका लागि आफु नगर प्रमुखको हैसियतले के गर्नु पर्छ त्यो त्याग गर्न तयार रहेको जनाउनु भएको छ । त्यसै गरि कार्यक्रममा विद्यालयका प्रअ. गुमान सिं विष्टले विदालयको योजना,कार्यनीती र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएका थियो ।

वार्षिक उत्सव भेलामा बनगडा कुपिण्डे नगरपालिकाका प्रशासकिय प्रमुख नोखिराम वली,नगर शिक्षा शाखाका रोम प्रसाद पाण्डे,श्रोत व्यक्ती चक्र रावत, वडा अध्यक्ष कमाल वि.क. ४ नम्बर वडा अध्यक्ष मोमत रोका, पुर्व वि व्यस अध्यक्ष, पार्टि प्रतिनिधी, जनप्रतिनीधी र उल्लेख्य अभिभावकको उपस्थिती रहेको थियो ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष हरिलाल विष्टको सभा अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन विद्यालयका शिक्षक विरेन्द्र शाहीले गर्नु भएको थियो । आज नै नगर प्रमुख पुनले अतिरिक्त क्रियाकलाप तर्फको भलिभवल खेलको समेत उद्घाट गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...