News Portal

संसदमा सरकार विरुद्ध जनार्दन शर्मा कडा रूपमा प्रस्तुत

हिमाली संचार संवाददाता
३७४ पटक

काठमाडौं : प्रतिनिधि सभाको सोमबारको बैठकमा पूर्व गृहमन्त्री एवं नेकपाका नेता जनार्दन शर्माले सिडिओलाई प्रदेश सरकार भन्दा माथि राख्ने प्रयास गरेको भन्दै सरकारको कडा शब्दमा विरोध जनाएका छन् । उनले यो विधेयक संघीयताको विरोधी जस्तो देखिएको भन्दै यसलाई संशोधन गर्न समेत माग गरेका छन् ।

प्रतिनिधि सभामा छलफलको क्रममा रहेको नेपाल प्रहरी, प्रदेश प्रहरीको सञ्चालन र सुपरीवेक्षण र समन्वयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको छलफलको क्रममा बोल्दै शर्माले संविधानले दिएको अधिकार ऐनले खोस्न लागेको भन्दै आपत्ति जनाएका हुन् । उनले यो विधेयक जस्ताको त्यस्तै पारित गर्ने हो भने संघीयता मौलाउन नसक्ने चेतावनी समेत दिएका छन् ।

उनले सिडिओलाई प्रदेश भन्दा माथि राखेर प्रदेशको संरचनालाई नै निकम्मा बनाउने खेल खेलिएको आरोप समेत लगाएका छन् । सरकारले ल्याएको विधेयकमा सरकार पक्षका प्रभावशाली नेताले दिएको यो अभिव्यक्तिलाई गम्भीरताका साथ हेरिएको छ । शर्माको विचारमा यदि यही व्यवस्था लागू गर्ने हो भने संघ र प्रदेशबीच थप द्वन्द्व हुने सम्भावना बढी हुन्छ ।

‘विधेयक बनाउनेले संविधानको अध्ययन नगरेकोजस्तो देखिएको छ’ उनले भने ‘संविधान प्रष्ट छ तर विधेयक अन्यौलपूर्ण छ। किन अन्यौलपूर्ण भयोरु संविधान किन पढिएन प्रदेशको अधिकार संकुचन गरिएको छ। उनले आफूले बाध्य भएर सरकारले ल्याएको विधेयकको विरोध गर्नु परेको प्रतिक्रिया दिए ।

शर्माले सरकारको विरोधमा अभिव्यक्ति दिएको यो पहिलो घटना भने होईन । सरकार संघीयता विरोधी गतिविधिमा लागेको भन्दै उनले सरकारले ल्याएका केही विधेयकहरु आफूले स्वीकार्न नसकेको बताएका थिए । दुई साता अघि नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती०को स्थापना दिवसको दिन आयोजित एक कार्यक्रममा समेत उनले सरकारले देशलाई उल्टो गतिमा चलाईरहेको आरोप लगाएका थिए । त्यतिबेला कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमा आपत्ति जनाएका उनले मंगलबार भने संसदमा नै यस्तो आक्रोश पोखेका हुन् ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...