News Portal

मुख्यमन्त्री भट्टले गरे सत्ती मुलभन्सारको अनुगमन

हिमाली संचार संवाददाता
४११ पटक

यज्ञराज उपाध्याय
टीकापुर : सुदुरपश्चिमका मुख्यमन्त्री त्रीलोचन भट्टले सत्ती मुल भन्सारको अनुगमन गरेका छन । आइतबार एक कार्यक्रमका लागि टीकापुर पुगेका मुख्यमन्त्री भट्टले मुल भन्सार संगै नेपाल र भारतको सिमाको समेत अनुगमन गरेक थिए ।

मुल भन्सारको अनुगमनको क्रममा भन्सार प्रमुखको कार्यकक्षमा गएर के छन भन्सारको समस्याहरु भन्दै प्रश्न गरेका थिए । जसको प्रतिउत्तरमा भन्सार प्रमुख ले भन्सारमा हाल धेरै समस्याहरु नभएको बताउदै केही समस्याहरु रहेको बताएका थिए । त्यसपश्चात मुख्यमन्त्री भट्टले भन्सार कार्यालयको टुप्पोमा झुन्डाएको नेपालको झन्डालाई इङ्गित गर्दै काठको लठ्ठीमा झन्डा किन झुन्डएको भन्दै फलामको सानो पाईपमा झन्डा झुन्डाउन निर्देशन समेत दिएका थिए ।

मुल भन्सार भैसकेपछी यसको महत्त्वपूर्ण भुमिका रहने बताउदै मुख्यमन्त्री भट्टले झन्डा सुहाउदो हुनुपर्ने बताए । त्यस संगै भन्सार भवन पछाडी लिलामीका लागि राखिएका थुप्रै मोटरसाइकल र साइकलहरुलाई देखाउदै यति धेरै मोटरसाइकल रहेको भन्दै आश्चर्यचकित भएका थिए । अब धेरै समयसम्म यी मोटरसाइकल र साइकल नराखी जतिसक्दो लिलामी गर्न निर्देशन समेत दिएका थिए ।

खक्रौला नजिक रहेको नेपाल र भारतको सिमा बिबादको कुरा सुनेको बताउदै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल संग छलफल गरेका थिए । जस क्रममा टीकापुर नगरपालिकाका प्रमुख रावलले केही दिनअघि सम्म सिमा बिबाद भएको कुरा स्विकार्दै हाल उक्त बिबादको समाधान भैसकेको बताए । खासै ठूलो समस्या नभएको बताउदै केही दिनअघि मात्र आफुले यहाँको अनुगमन र छलफल गरेको बताएका थिए ।

मुख्यमन्त्री भट्ट सिमा नजिकै समेत अनुगमनमा पुगेका थिए । त्यही क्रम प्रमुख रावलले प्रत्यक्ष सिमा पिल्लरहरु देखाउदै एउटा पिल्लर नदिभित्र पसेको र एउटा जंगल छेउमा रहेको स्पष्ट पारेका थिए । मुख्यमन्त्री भट्टले यो गम्भीर बिषय भएको भन्दै माथिसम्म छलफल गर्ने र त्यही अनुसार काम गर्ने आश्वासन समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...