News Portal

हृदयघातको कारण कुवेतमा मोरङका निरबहादुरको मृत्‍यु

हिमाली संचार संवाददाता
५६३ पटक

हरि कृष्ण न्यौपाने
कुवेत : मोरङ बिराटनगर बरघर्छी चादनीचोक घर भई कुवेतको अल टु वाक क्लिनिङ कम्पनीमा कार्यरत ४७ बर्षिय निर बहादुर कार्कीको हृदयघातको कारण मृत्‍यु भएको छ। केही दिन देखी सामान्य बिरामी भएर औषधी सेबन गरिरहेका कार्कीको फेब्रुअरी ४ तारीख बिहान ११:३० बजे कम्पनीकै आबासगृह कुवेतको महाबुल्लामा मृत्‍यु भएको हो।

कुवेतमै कार्यरत मृतक निर बहादुरकी कान्छी बहिनी मुना कार्कीले भनिन”हामीलाई दाजु हल्का बिरामी भएको भन्ने बारे पनि कुनै जानकारी थिएन तर दाजुको साथीहरुले केही दिन देखी हल्का बिरामी रहेको बताए पनि उनलाई आफ्नै ओछ्यानमा अन्तिम अवस्थामा फेला पारेर अस्पातल पुर्याउदा डाक्टरले हृदयघातको कारण मृत्‍यु भैसकेको बताएका थिए।

दाजुको शब नेपाल लैजान नेपाली दुताबासको सहयोगमा प्रकृया अन्तिम चरणमा पुगे पनि अझै एकिन भएको छैन। उनले थपिन म र भाउजु दुई जनानै दाजुको शब लिएर जाने भनेर कम्पनीमा अनुरोध गरेका छौ।

२ छोरा र १ छोरी जेठो दाजुको संरक्षणमा रहेको मृतक निर बहादुरकी श्रीमती पनि कुवेतकै एक क्लिनिङ कम्पनीमा कार्यरत रहेकी छिन। मृतककी श्रीमती पनि दुई महिना अघी मात्र आबासमा लडेर खुट्टा भाँच्चिएको र खुट्टामा स्टिल हालिएकोले राम्रोसंग हिडन नसक्ने अवस्थामा छिन।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...