News Portal

हृदयघातको कारण कुवेतमा मोरङका निरबहादुरको मृत्‍यु

हिमाली संचार संवाददाता
५०५ पटक

हरि कृष्ण न्यौपाने
कुवेत : मोरङ बिराटनगर बरघर्छी चादनीचोक घर भई कुवेतको अल टु वाक क्लिनिङ कम्पनीमा कार्यरत ४७ बर्षिय निर बहादुर कार्कीको हृदयघातको कारण मृत्‍यु भएको छ। केही दिन देखी सामान्य बिरामी भएर औषधी सेबन गरिरहेका कार्कीको फेब्रुअरी ४ तारीख बिहान ११:३० बजे कम्पनीकै आबासगृह कुवेतको महाबुल्लामा मृत्‍यु भएको हो।

कुवेतमै कार्यरत मृतक निर बहादुरकी कान्छी बहिनी मुना कार्कीले भनिन”हामीलाई दाजु हल्का बिरामी भएको भन्ने बारे पनि कुनै जानकारी थिएन तर दाजुको साथीहरुले केही दिन देखी हल्का बिरामी रहेको बताए पनि उनलाई आफ्नै ओछ्यानमा अन्तिम अवस्थामा फेला पारेर अस्पातल पुर्याउदा डाक्टरले हृदयघातको कारण मृत्‍यु भैसकेको बताएका थिए।

दाजुको शब नेपाल लैजान नेपाली दुताबासको सहयोगमा प्रकृया अन्तिम चरणमा पुगे पनि अझै एकिन भएको छैन। उनले थपिन म र भाउजु दुई जनानै दाजुको शब लिएर जाने भनेर कम्पनीमा अनुरोध गरेका छौ।

२ छोरा र १ छोरी जेठो दाजुको संरक्षणमा रहेको मृतक निर बहादुरकी श्रीमती पनि कुवेतकै एक क्लिनिङ कम्पनीमा कार्यरत रहेकी छिन। मृतककी श्रीमती पनि दुई महिना अघी मात्र आबासमा लडेर खुट्टा भाँच्चिएको र खुट्टामा स्टिल हालिएकोले राम्रोसंग हिडन नसक्ने अवस्थामा छिन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...