
मोरङ, चैत्र १८ – रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर ६८औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा उत्कृष्ट सहकारीकर्मीको रूपमा सम्मानित भएका छन्।
२०६६ सालदेखि सहकारी क्षेत्रमा यात्रा आरम्भ गरी व्यवस्थापन, सुशासन, र विकासमा विभिन्न पदीय जिम्मेवारी वहन गर्दै आएका र सहकारीका हरेक क्रियाकलापमा महत्वपूर्ण योगदान गरेका कारण उनलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि डा. शरण कुमार पाँडे लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश सरकार अन्तर्गत प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीले उनलाई सम्मानित गरेको हो।
