News Portal

राप्रपा एकता वार्ता : कमल थापाको ३ प्रस्ताव !

६५८ पटक

रघुनाथ बजगाँई
काठमाडौं : बुधबार राप्रपा अध्यक्ष कमल थापा र एकीकृत राप्रपा (राष्ट्रवादीका) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीबीच करिब डेढ घण्टा वार्ता भयो ।

गत मंगलबार मात्रै राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेरसँग पनि कमल थापाले एकता वार्ता गरेका थिए । उक्त वार्तामा पार्टी एकताको आधार महाधिवेशनलाई मान्ने र शीर्ष नेतृत्व तहमा अध्यक्ष मण्डल रहने सहमति भएको जनाइएको छ । तर, मंगलबार जस्तो सहमति बुधबार राप्रपा राष्ट्रवादीसँग भने कुनै हुन सकेन ।

तथापि, दुई अध्यक्षबीचको वार्ता निकै सकारात्मक रहेको राप्रपा राष्ट्रवादीका सह-प्रवक्ता जनकराज पाठकले बताए । ‘तीन वटै राप्रपाबीच पार्टी एकता गरेर जानुपर्छ भन्ने सैद्धान्तिक सहमति भएको छ’, उनले भने, ‘तर अब कुन मोडेलमा कसरी एकता गर्ने भन्ने विषयमा अर्को चरणमा छलफल गर्ने सहमति भएको छ ।’

पशुपतिशम्शेरसँग र लोहनीको छुट्टै छलफल
बुधबार लोहनी र र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाबीच पनि करिब एक घण्टा कुराकानी भयो ।
महाराजगञ्जस्थित एक होटलमा भएको छलफलमा एकीकरणका लागि कमल थापाले देखाएको सक्रियता र आगामी रणनीतिका सम्बन्धमा छलफल भएको एक नेताले जानकारी दिए । लोहनी र राणाबीच थापाले पार्टी एकताका लागि राखेका प्रस्तावका सम्बन्धमा छलफल भएको बताइएको छ ।

नेतृत्व व्यवस्थापनमा तीन विकल्प
मंगलबारको वार्तामा राप्रपा अध्यक्ष कमल थापाले राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणासँग नेतृत्वका विषयमा तीन वटा प्रस्ताव गरेका थिए ।

एकता महाधिवेशनअनुसार आफैंलाई अध्यक्ष मान्नुपर्ने, तीनवटै राप्रपाका अध्यक्ष अध्यक्षमण्डलमा रहने र एक जना कार्यकारी अध्यक्ष, एक जना राष्ट्रिय अधयक्ष र अर्को एक जना निर्देशक समितिको अध्यक्ष रहने । तर, राणासँग शीर्ष नेतृत्व तहमा ‘नेकपा’को मोडेल अनुरुप तीनै जना अध्यक्ष रहने सहमति भएको एक नेताले जानकारी दिए ।

यी तीनवटै विकल्पलाई अध्यक्ष थापाले बुधबार लोहनीसमक्ष पनि राखेका थिए । तर, ठोस सहमति भने हुन सकेन । सबै विकल्पमा खुला छलफल भएको तर, नेतृत्वका विषयमा यसै गर्ने भन्ने ठोस सहमति केही नभएको बताइएको छ ।

हिन्दु राष्ट्रमा एकमत
पार्टी विभाजन हुनुअघिको एकता महाधिवेशनले संवैधानिक राजतन्त्रसहितको लोकतन्त्रलाई सर्वसम्मत स्वीकार गरेको थियो । त्यही महाधिवेशनबाट पारित नीति विचार र सिद्धान्तमा आधारित भएर अहिले पार्टी एकताको पहल भइरहेको तीनै पक्षका नेताहरुले बताएका छन् । त्यसैमा सहमति गरेर पार्टी एकता हुन सक्ने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

राप्रपा (प्रजातान्त्रिक) नेता राजाराम श्रेष्ठले ०७३ फागुनको एकता महाधिवेशनले सर्वसम्मत स्वीकार गरेको संवैधानिक राजतन्त्रसहितको लोकतन्त्रको मान्यतामा कसैको विमति नरहेको बताए । ‘हामीले एकता महाधिवेशनअघि पारित गरेको मान्यतामा कसैको विमति छैन । जतिसक्दो छिटो पार्टी एकता गरेर राष्ट्रवादी शक्ति निमार्णमा जुट्छौं’ श्रेष्ठले भने ।

राप्रपा राष्ट्रवादीका सह-प्रवक्ता पाठकले पनि राप्रपाधारका सबै पार्टीले एक भएर हिन्दुराष्ट्रको एजेण्डा लिने बताए ।

यसअघि, विस २०७३ मंसिरमा राणा नेतृत्वको राप्रपा र थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भएको थियो । तर एक वर्ष नपुग्दै राप्रपाका तीन चिरा देखियो । अहिले चुनावमा हार व्यहोरेपछि फेरि एक हुनुपर्ने अवस्था आएको नेताहरुले बताएका छन् ।

‘विभाजित भएर चुनावमा जाँदा राष्ट्रिय दलको मान्यता पाउन नसकेको यथार्थ हो’, राप्रपा (प्रजातान्त्रिक) नेता श्रेष्ठ भन्छन्, ‘त्यसकारण अहिलेको अवस्थामा राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्छ ।’

विगतमा जस्ता गतिविधि भए पनि अहिले पार्टीगत स्वार्थभन्दा माथि उठेर एकताको पहल भएकाले यसले छिट्टै सार्थकता पाउने राप्रपा नेता मोहन श्रेष्ठको विश्वास छ ।

व्यक्तित्वको टकराव, चुनाव चिहृन जस्ता कारणले विगतमा फुट्ने र जुट्न नसक्ने इतिहास बनाएको राप्रपाले अब त्यस्तो परम्परा नदोहोरोरिने दावी गरेको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...