News Portal

मगर संघ मकाउको ‘माघ्या सकराटी’ संगै दोस्रो बार्षिकोत्सव सम्पन्न ( भिडियो सहित)

हिमालीसंचार संवाददाता
७२४ पटक

मकाउ – मकाउमा गठीत मगर संघ मकाउले मगर समुदायको प्रमुख चाड ‘माध्या सकराटी’ सास्कृतिक साँझ २०२२ मेट्रोपोल होटलको दोस्रो तल्लामा मगर संघ मकाउका अध्यक्ष सम्शेर थापा मगरको अध्यक्षतामा भव्य रुपमा सम्पन्न गरेको छ।

मकाउ स्थित मेट्रोपोल होटलमा आयोजित माध्य सकराटी विशेष कार्यक्रम मकाउमा अहिले सम्मकै भव्य कार्यक्रम सम्पन्न भएको उपस्थित सहभागिहरुले बताएका थिए। आयोजित कार्यक्रममा नेपालको प्रथम सहिद लखन थापा मगर, नेपाल मगर संघको संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुन मगर, मगर पुर्खा र आफ्ना पितृहरुको पुजा गरेर मगर संघ मकाउका उपाध्यक्ष राम राना मगरले विघिवत रुपमा मन्त्र उच्चारण गरी संघका अध्यक्ष सम्शेर थापा मगर, सल्लाहकार दुर्गा थापा मगर र भिम खाम्चा मगर लगादले घुपबत्ति बालेर कार्यक्रम शुभारम्भ गरिएको थियो । 

आयोजित कार्यक्रमका प्रमुख अतिथि संघका विशिष्ट सल्लाहकार सुर्य सिंजाली मगर, विशेष अतिथिमा नेपाल आदिबासी महासंघ मकाउका उपाध्यक्ष भिम गुरुङ, अतिथिहरुमा गुरुङ ‘तमु’ समाज मकाउका अध्यक्ष लिलबहादुर गुरुङ ‘गोरा’, तामाङ घेदुङ संघ मकाउ, किरात याक्थुम चुम्लुङ मकाउका अध्यक्ष चण्डि योङ्या, शेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा, किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राई र एनएचएचका कार्यवाहक अध्यक्ष कलबहादुर तामाङ लगायदका उपस्थिति रहेको थियो। 

संघका अध्यक्ष सम्शेर थापा मगरका अनुसार ‘प्रमुख अतिथिको रुपमा महावाणिज्य दूतावास हङकङ मकाउका बाणिज्यदूत उदय बहादुर राना मगर, मगर संघ हङकङका अध्यक्ष हेमराज थापा मगर, मगर संघ हङकङका पूर्वअध्यक्ष तथा मगर संघ मकाउका सल्लाहकार युगमाया राना मगर र संघका संरक्षक सदस्य सुदर्शन थापा मगर कोरोना महामारीका कारण उपस्थि हुन सक्नु भएन।’

आयोजित कार्यक्रममा कलाकार पुजा थापा मगर, त्रिपक श्रीष मगर, सुमन पुन मगर र देवि पुन मगरलाई कदर पत्र सहित सम्मान गरिएको थियो । त्यस्तै, संस्थापक सचिव सालिकराम बगाले, संस्थापक कोषाध्यक्ष नितु थापा मगरलाई कदर पत्र प्रदान गरिएको कार्यक्रममा संघले आयोजना गरेका हरेक कार्यक्रममा ब्यबस्थापनको महत्वपूर्ण जिम्मेदार बहन गर्दै आएका नेक सिंजाली मगर, भरत थापा मगर र चित्रा थापा मगरलाई समेत उच्च कदर पत्र प्रदान गरी सम्मान गरिएको कार्यक्रममा संचारकर्मी सन्जिब कोयी राईलाई समेत सम्मान गरिएको थियो। 

आमन्त्रित संध संस्थाका प्रतिनिधिहरुले सटिक रुपमा आफ्नो धारणा राखेको कार्यक्रममा धिउ र चाकु सहित आफ्नो मौलिक परिकार ग्रहण गरेका मगर एवम् गैर मगरहरु अधिक समय नाच गानमा झुमेका थिए। उपस्थित ४७ जना महानुभावहरुले कार्यक्रम सफल पार्न आर्थिक सहयोग समेत गर्नु भएको संघका महासचिव भुवन पुन मगरले हिमालीसंचारडटकमसंग बताए। महासचिव पुनले सहयोगी महानुभावहरुलाई हार्दिक आभार समेत ब्याक्त गरेका छन्। आयोजित कार्यक्रम संघका सदस्य निर्मला थापा मगरले संचालन गरेकी थिईन्।

फोटो फिचर

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...