News Portal

  • ‘फुच्चे’ केटा भन्दै हेपिएका २५ वर्षीय विरेन्द्र शाहले अत्याधिक मतसहित कांग्रेसको भए जिल्ला सदस्य

    हिमालीसंचार संवाददाता
    ३०२ पटक

    रविन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिकाका २५ वर्षीय युवा विरेन्द्रकुमार शाह सबै युवाहरुका लागि प्रेरणाको स्रोत बनेका छन्। निरन्तर लगनशिल तथा गाउ, समाजको विकासप्रती अग्रसर बन्ने हो भने कम उमेरमै पनि राजनीतिमा अगाडी बढ्न सकिन्छ भन्ने उदाहरणीय युवा बनेका छन् शाह । 

    सञ्चारमकर्मसँगै निरन्तर सामाजिक कार्य र सामाजिक अभियानमा सकृय शाह अहिले सम्भवतः राजनीतिक दलको सबैभन्दा कान्छो जिल्ला सदस्य बनेका छन् । नेपाली कांग्रेस मोरङको भर्खरै सम्पन्न निर्वाचनमा शाहले आफुभन्दा धेरै पाका उमेरका कांग्रेसीहरुलाई पराजीत गर्दै कान्छो जिल्ला सदस्य बनेका हुन् । 

    मुलुकमा लामो इतिहाँस बोकेको नेपाली कांग्रेस उसै पनि ‘पाका’ हरुको पार्टी भनेर चिनिँदै आएको थियो । तर, सवैभन्दा कान्छो जिल्ला सदस्य बनेर शाहले त्यस कुरालाई गलत सावित गरिदिएका छन् । 

    नेपाली कांग्रेसलाई हुनेखाने र पैसावालाको पार्टी समेत भन्ने आरोप लागि रहन्छ । त्यसमा पनि कांग्रेसमा पुराना नेताहरु धेरै रहेका कारण युवाहरुले अवसर पाइदैन भन्ने युवाहरुमा मानसिकता छ । तर, युवा नेता शाहले यी सबै आरोप र मानसिकतालाई गलत सावित गरिदिएका छन् । 

    भर्खरै सम्पन्न जिल्ला अधिवेशनमा शाह अत्याधिक मत सहित जिल्ला समिति सदस्य निर्वाचित भएका छन् । उनले आफ्ना क्षेत्रका थुप्रै आफुभन्दा ‘पाका’ प्रतिष्पर्धीहरुलाई पराजीत गर्दै जिल्ला सदस्यमा निर्वाचित भएका हुन् । 

    निर्वाचन समितिका अनुसार जिल्ला समितिका लागि भएको निर्वाचनमा खसेको कुल ३३०० मत मध्ये २५ वर्षीय युवा नेता शाहले १३१२ मत प्राप्त गर्दै जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। 

    यसरी कान्छो जिल्ला सदस्यमा निर्वाचित भएका शाह जिल्ला सदस्यमा निर्वाचित भएको घोषणा हुनु अघिसम्म शाहको पार्टीभित्रकै धेरैले खिल्ली उडाएका थिए । त्यति मात्र होइन युवालाई हौसला र प्रोत्साहन गर्नुपर्ने भएपनि ‘फुच्चे केटा ठुलो भाग खान खोज्दैछ’ भन्दै आफ्नै पार्टीका नेताहरुले शाहको ‘सिखिटिउरी’ गर्थे । तर, तिनै शाहले पार्टीका पुराना जिल्ला नेतालाई नै पराजित मात्र गरेनन्, कान्छो जिल्ला सदस्यमा बनेर ‘फुच्चे’ भन्नेहरुलाई गतिलो झापडसमेत हानेका छन्   

    नेपाली कांग्रेसको विधान बमोजिम जिल्ला सदस्य बन्नका लागि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको हुनुपर्छ। सोही बमोजिम जिल्ला सदस्य बन्ने आकांक्षासहित केही महिना पहिले सम्पन्न निर्वाचनमा शारले क्षेत्रीय प्रतिनिधि बन्ने सोच बनाए । क्षेत्रीय प्रतिनिधिको चुनावमा उठ्ने चाहना राखेपछि कांग्रेसकै स्थानीय नेताहरुले उनलाई हेपेनन् मात्र, उमेर नपुगेको भन्दै खिल्ली समेत उडाए । 

    त्यति मात्र होइन उनलाई क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बन्न समेत रोक्न खोजिएको थियो । पार्टीका अग्रज र ‘दिग्गज’ नेता हुँदा हुँदै क्षेत्रीय प्रतिनिधि बन्ने उमेर नभएको भन्दै शाहलाई छेक्ने अनेक प्रयन्त गरिएको थियो । ‘क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बन्न खोज्दाखेरीनै मलाई रोक्ने थुप्रै प्रयास भए ।’ शाहले हिमालीसंचारडटकमसंग भने,‘तर, मलाई छेक्न खोज्नेहरुलाई छक्याएर क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बनेर जितेँ ।’ 

    शाहलाई क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बन्ने बेलामा उमेर नपुगेको भन्दै कतिपयले त चेतावनीनै दिए । केहीले उम्मेदवारी फारमसमेत लिन नदिएको उनी सम्झन्छन् । तर, सबैलाई छक्याउँदै क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बनेपछि पार्टीका स्थानीय केही नेता हराउन लागेपनि जनता र कार्यकर्ताको मन जितेको हुनाले क्षेत्रीय प्रतिनिधिमा अत्याधिक मत सहित निर्वाचित भएको उनले बताए । ‘मलाई त्यतिबेलै छेक्न साम, दाम, दण्ड, भेदको नीति अपनाइएको भएपनि प्रतिनिधिहरुले अत्याधिक मत दिएर जिताउनुभयो ।’ शाहले भने ।   

    क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर जिल्ला सदस्यको उम्मेदवार बन्नका लागि ढोका खुल्ला भएपनि कांग्रेसका दिग्गज नेताहरुले आकांक्षा राखेपछि उनलाई सकस परेको थियो । त्यति मात्र होइन, क्षेत्रीय प्रतिनिधि भएपनि उम्मेदवार नबन्नु भन्ने शाहलाई धेरैको दवाव समेत थियो । तर, क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बनेजस्तै सवैलाई चक्मा दिँदै खुल्ला प्रतिष्पर्धामा जिल्ला सदस्यको उम्मेदवार बन्दा धेरैले खिल्ली उडाउनुका साथै चिढिएपनि । अझ जिल्ला सदस्यको उम्मेदवार बन्दै गर्दा शाहलाई प्रस्तावक र समर्थन भेट्न समेत हम्मे–हम्मे परेको थियो । तर, तिनै शाह शुक्रबार अत्याधिक मतसहित नेपाली कांग्रेसको मोरङ जिल्ला सदस्य पदमा निर्वाचित भएका छन् । 

    जिल्ला सदस्यमा निर्वाचित भएका शाहले आफ्नो जिम्मेवारी अझ बढेको बताए । उनले अब संगठन निर्माणसँगै गाउँ समाजको विकासमा अहोरात्र लागि पर्ने बताए । ‘कान्छो जिल्ला सदस्यका रुपमा जितेपछि मेरो अझै धेरै सामाजिक उत्तरदायित्व बढेको छ ।’ शाहले भने,‘पदको सही सदुपयोग गर्दै उदाहरणीय काम गरेर देखाउँछु ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...