News Portal

सुर्यगढी गाउँपालिकामा कांग्रेस नेतृत्व हाम्रालाई नभई राम्रालाई चुनौ

हिमालीसंचार संवाददाता
५६४ पटक

कर्ण अधिकारी, नुवाकोट।
नेपाली कांग्रेस पार्टीले चौंधौ महाधिवेशनको चुनावको कार्य योजना तय गराए पश्चात एक पटक फेरी स्थानीय तह देखि केन्द्र सम्मको आन्तरीक चुनाव पछाडी धकेलिएको छ। स्थानीय स्तरमा श्रावण १२ गते चुनाव हुनु पर्नेमा अनिश्चित कालका लागि धकेलिए पछि फेरी अधिवेशन र महाधिवेशन होला की नहोला भन्ने कुरा चिया पसल देखि केन्द्र सम्म भई राख्दा स्थानीय तहमा कस्ता ब्यक्तिलाई नेतृत्व दिने भन्ने पक्षमा सुर्यगढी गाउँपालिकाका कांग्रेसीहरू छलफलमा जुटेका छन्।

बिगतमा रहेका कार्य समिति र बर्तमानको कार्य समितिले पार्टी संगठन गर्नका लागि के कति योग्दान पुराए भन्ने बिषय घाम जतिकै छर्लङ्ग छ। सयौ कांग्रेसीहरू ब्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न नसकेको ज्वलन्त उदाहरण छन्। यो अबस्थामा ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जसले पार्टीको र कांग्रेसीको हितमा अर्थात स्थानीयको हितमा जसले काम गर्न सक्छ सोही ब्यक्तिले नै नेतृत्व पाउनु पर्छ भन्ने सोच स्थानीय कांग्रेसीहरूमा रहेको भएता पनि हरेक पटक कार्य समिति चयन गर्दा चाँहि केन्द्रै देखि पावर लगाएर भए पनि राम्रालाई नभई हाम्रालाई नै गर्दै आई रहेका छन्।

यस्तो वातावरण सृजित भई रहेको अबस्थामा वैज्ञानिक ढंगबाट कांग्रेसको स्थानीय तह देखि नै पार्टीको सांगठनिक संरचना बलियो बनाउनपर्छ र त्यो संरचना निर्माण गरेर अगाडी बढाउन सक्ने ब्यक्तिको खोजीमा छ सुर्यगढीका कांग्रेसीहरू। वडा देखि गाउँपालिका हुँदै जिल्ला स्तरमा काम गर्न सक्ने खुबि भएका थुप्रै कांग्रेसीहरू छन। त्यसै कांग्रेसी मध्यका एक हुन शंकर प्याकुरेल।

२०६४ सालको चुनाव देखि नै सक्रिय रहेर पार्टीको हितका लागि काम गर्दै आएका प्याकुरेल ६४ सालको चुनावमा बिपक्षी माओबादी र एमालेसंग पौठे जुहारी खेल्दै पार्टीको सांगठनिक बिस्तारमा लागि आफ्नो ब्यक्तिगत खर्चमा संबिधानसभा चुनावमा आफ्नो सभासदलाई जिताउन लागि परेका साथै जटिल परीस्थितिमा पनि नुवाकोटका अधिकांश बिद्यालयहरूमा अध्ययन गरी रहेका बिद्यार्थी भाईबहिनीहरूलाई कांग्रेसप्रति उत्प्रेरणा जगाई नेबिसंघ गठन देखि गाउँपालिकाको नाम उच्च राख्नका लागि खेलाडीहरूलाई ब्यक्तिगत लगानीमा खेलकुद सामग्री बितरण गर्दै आएका छन्।

कोभिड-१९ ले बिश्वलाई नै आक्रान्त पारी रहेको अबस्थामा नेपाल पनि अछुतो रहेन यो अबस्थामा स्थानीय टोल टोलमा पुगी सचेतनाका कार्यक्रम गर्ने देखि ब्यक्तिगत खर्चमा माक्स सेनिटाईजर साथै बिरामी ब्यक्तिहरूलाई आफ्नै खर्च र पहलमा अस्पतालसम्म पुराउने काम गर्दै आएका छन्। ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक कार्यमा लागेका प्याकुरेल आफ्नै निर्माण कम्पनी खोलेर बसेका छन्। त्यसै गरी वडा नं २ का सभापतिका दाबेदार दिपक अधिकारी पनि पार्टीका संरचना बिस्तारका क्रममा माओबादीबाट यातना भोगेका ब्यक्ति हुन। यिनी पनि ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टीको संरचना बलियो बनाउन पर्छ भन्ने पक्षमा छन्।

यस पटक पालिकामा सभापतिमा भिड्नेमा सन्त बहादुर घले र शंक प्याकुरेलको नाम सुन्नमा आएको छ भने वडा स्तरमा शंकरसन अधिकारी, बुद्ध तामाङ, माईला लामा, दिपक अधिकारी, बाबुराम पौडेल, रन्जन , रामशरण राई र रामचन्द्र बोगटीको नाम सुनिन आएको छ। खैर जो जसको नाम सुनिन आए पनि गाउँपालिकामा कांग्रेसको संरचनालाई वैज्ञानिक ढंगबाट काम गर्ने ब्यक्ति चाहिएको साथै हुनुपर्छ भन्ने मान्यता हो तसर्थ यस पटकको अधिवेशनबाट हाम्रालाई नभई राम्रालाई चयन गरौ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...