News Portal

खोटाङ जिल्लामा शुभम सामुदायिक केन्द्रले हाते ट्याक्टर, जनशक्ति सहित सेवा विस्तार ग’यो

फोन गर्नुस्, भाडामा हाते ट्याक्टर लिएर खेतबारी जोत्नुस्

हिमालीसंचार संवाददाता
८०४ पटक

खोटाङ – खोटाङ जिल्लामा यन्त्रीकरणको माध्यमबाट कृषि पेशाको व्यवसायीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् सामुदायीक सिकाई केन्द्रले जिल्लाका किसानलाई पहिलो पटक भाडामा प्रविधि र जनशक्ति उपलव्ध गराउने गरी सेवा सुरु गरेको छ ।

गाउँघरमा खेतबारी खनजोत गर्नका लागि गोरु र हली ज्यालामा लिने पुरानो प्रचलन कायम छ । तर, अहिले समय बदलिएको छ । बाँझो जग्गा खनजोतका लागि गाउँमा नया उपकरण शुभम सामुदायिक केन्द्रले भित्रिएको हो। 

 पछिल्लो समय पहाडी क्षेत्रमा पनि जमिन खनजोतका लागि गोरु र हलीको सट्टा हाते ट्याक्टर जस्ता आधुनिक उपकरणहरु भाडामा उपलव्ध हुने वातावरण बन्दै गएको छ। खोटाङको शुभम सामुदायिक सिकाई केन्द्र त्यही कस्टम हायरिङको अभ्यासमा जुटेको छ । 

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ बाट ५० प्रतिशत अनुदानमा हाटे ट्याक्टर, प्लान्टर, थ्रेसर, गाडी जस्ता कृषि उपकरण व्यवस्था गरेर सिकाई केन्द्रले भाडामा उपकरण र अपरेटरसहितको सेवा उपलव्ध गराउन थालेको हो ।

कृषिविज्ञ मदन राईको अगुवाईमा खोटाङमा व्यवहारिक शिक्षाको अभ्यास गर्दै आएको शुभम् फाउण्डेसन मातहतकै सामुदायीक सिकाई केन्द्रले प्रतिघण्टा चार सय रुपैयाँका दरले जमिन जोत्ने हाते ट्याक्टर उपलव्ध गराउने गरी सेवा सुरु गरेको हो ।

जिल्लाका किसान, कृषक समुहले सामुदायीक सिकाई केन्द्रबाट उपकरण मात्र अर्थात अपरेटर र उपकरण दुवै लैजान सक्ने शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राईले हिमालीसंचार डटकमलाई बताए । उनका अनुसार फोनमार्फत माग आएको आधारमा गाडीमार्फत किसानको खेतबारीमा हाते ट्याक्टर लगायतका उपकरण र अपरेटर पुर्‍याउने व्यवस्था मिलाइएको छ ।

केन्द्रका अनुसार हातले हुँदैआएको खेती प्रणालीलाई विस्थापित गर्दै किसानलाई जवरजस्त यन्त्रीकरणतर्फ डो¥याउने प्रयासमा पहाडी क्षेत्रमै पहिलोपल्ट भाडामा कृषि उपकरण उपलव्ध गराउन थालिएको कार्यकारी निर्देशक राईले बताए ।

कार्यकारी निर्देशक राई ‘मधेशमा कृषिमा यन्त्रीकरण भएको छ तर पहाडमा भएको छैन । पहाडमा पनि यन्त्रीकरण गर्नुको विकल्प छैन। केन्द्रका कार्यकारी निर्देशक राईले भने, ‘चुनौती त छ तर अव हातले मात्र खेती गरेर हुँदैहुन्न । जवरजस्त यन्त्रीकरणमा जानै पर्छ । सम्भवत पहाडीमा यो पहिलो कन्सेप्ट हो ।’

खोटाङ जिल्लामा शुभम् सामुदायीक सिकाई केन्द्रले विशेषगरी किसानलाई भाडामा खनजोत गर्नेदेखि बालीनाली रोप्ने र उठाउने उपकरण उपलव्ध गराउने, खरिद गर्न चाहने किसानलाई उपकरण उपलव्ध गराउने, कृषि यन्त्र विग्रेको अवस्थामा मर्मत गरिदिने, किसानलाई प्रविधि सम्वन्धि जानकारी गराउने, बिउ, बेर्ना तथा किटनाशक औषधि उपलव्ध गराउने, किसानको उत्पादनलाई ढुवानी गर्नेदेखि बजारीकरणमा सहयोग गर्ने जनाएको छ ।

शुभम् सामुदायीक सिकाई केन्द्रसंग अनुदानका ६ वटा हाते ट्याक्टर तयारी अवस्थामा राखेको छ । अन्य हाते ट्यक्टर सिकाइ केन्द्रकैतर्फबाट व्यवस्था गरिएको छ । नगदेबाली  धान, मकै, गहुँ, कोदो प्लान्टर र थ्रेसर मेसिन पनि तयारी अवस्थामा राखिएको केन्द्रले जनाएको छ । सिकाई केन्द्रले जग्गा लिएर ठूलो क्षेत्रमा खेती गर्ने र स्वरोजगार बन्न चाहले बेरोजगार युवालाई प्राथमिकतामा राखेर सहयोग गर्ने जनाएको छ ।

‘कृषि पर्यटनको विकासका लागि पनि यन्त्रीकरण जरुरी छ । जे गरिन्छ यन्त्रकै प्रयोगबाट गर्नुपर्ने हुन्छ,’ राईले भने, ‘केही गर्न चाहने किसानका लागि ढोका खोल्ने प्रयास हो यो । मध्यपहाडमा यो काम नमूना हुन सक्छ । विशेषगरी स्थानीय सरकारले यस्ता विषयमा ध्यान दिनुपर्ने हो ।’

पछिल्लो समय गाउँ–गाउँमा हाते ट्याक्टर पुगेको छ तर मर्मत गर्ने स्थान र जनशक्ती अभावमा धेरैजसो हाते ट्याक्टर थन्किन पुगेको छ । चलाउँदा चलाउँदै हाते ट्याक्टर थन्किन पुग्दा किसानमा प्रविधिप्रति वितृष्णा जाग्ने हुँदा मर्मतको सेवा समेत दिइने केन्द्रले जनाएको छ ।

कृषिको व्यवसायीकरणका लागि स्थानीय सरकारले हरेक वडामा कस्टम हायरिङको सेवा उपलव्ध गराउनुपर्ने कार्यकारी निर्देशक राईले बताए । ‘स्थानीय सरकारले वडा–वडामा कस्टम हायरिङको काम गर्न सक्छ । यो गोरुभन्दा सस्तो पर्छ,’ राईले भने, ‘किसान गोरु बाँधेर मेसिन चलाउन अघि सर्ने छ । पहाडमा उत्पादकत्व वढाउने नै यसरी हो ।’

सोल्माका किसान कविराज राईले शुक्रबार सिकाई केन्द्रबाट अपरेटर सहित तीन वटा हाते ट्याक्टर लगेर बाँझो जग्गा जोतेका छन् ।  उनको ४/५ वर्षदेखि बाँझिएको जग्गा खनेर बन्दा, काउली, गोलभेँडा र सिमी लगाउने तयारी गरेको कविराजले बताए । ‘एक त अहिले गोरु पाइन्न, पाउँदा पनि महंगो पर्छ ।

गोरु जोत्दा काम ढिलो हुन्छ । जोतेको ठाउँमा डल्ला उठ्छ,’ कविराजले भने, ‘हाते ट्याक्टरबाट काम चाँडो हुन्छ । गोरुभन्दा सस्तो पनि पर्छ । जोतेको ठाउँमा डल्ला पनी उठ्दैन । कोदालोको पासोले डल्ला फोडिरहनु पर्ने झन्झट पनी नहुने रहेछ ।’

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...