News Portal

मेलम्ची र ईन्द्रावती नदीले ठुलो धनजनको क्षति केही व्यक्ति बेपत्ता

हिमालीसंचार संवाददाता
७२२ पटक

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची नदीमा मंगलबार बाढी आउँदा मेलम्ची बजारमा बाढी पसेको छ। बाढीले पक्की केही पुलहरु समेत बगाएको छ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले नदीमा आएको बाढीमा परी ५० जना बेपत्ता भएको जनाएका छन्। तामाङले फेसबुकमा लेखेका छन्, “मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ।”

त्यस्तै, मन्त्री तामाङले भनेका छन् “नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ। यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु। सरकारले आजै टेण्ट र खाधन्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ पु’याउने जनाएको छ।”

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...