News Portal

यौन जीवनका स्वार्थी पार्टनर: यी १० संकेतले साथीको स्वार्थ पत्ता लगाउन सक्छ !

हिमालीसंचार संवाददाता
५६६ पटक

यौन आफैँमा सुन्दर चीज हो। यो दुई व्यक्तिलाई नजिक ल्याउने एउटा माध्यम पनि हो। यसले श्रीमान् श्रीमतीबीचको सामिप्यता र आत्मीयता बढाउँछ। यो शारीरिक सामिप्यता मात्रै नभएर मानसिक पुनर्ताजकीकरणको लागि समेत उपयोगी हुने गर्छ।

तर कहिलेकाँही दुवै साझेदारको बराबर आनन्द र मनोवैज्ञानिक रूपमा फाइदा पुर्‍याउने यौन कहिलेकाहीँ एकतर्फी नोक्सानीको कारक पनि बन्न सक्छ। जहाँ एक पार्टनरले अर्को पार्टनरको आवश्यकताहरूलाई लगातार बेवास्ता गर्छ, त्यहाँ समस्या उत्पन्न हुन सक्छ।

यसको अर्थ कुनै स्वार्थी पार्टनर भयो भने त्यसबाट पर्याप्त आनन्द पाउन सकिँदैन। यहाँ हामी १० संकेतहरूको बारेमा बताउँदैछौं जसले तपाईंको पार्टनर कत्तिको स्वार्थी छ भन्ने पत्ता लगाउन सहयोग गर्छ।

१) यदि तपाईंको पार्टनर चाहन्छ कि जब उसलाई यौन सम्पर्कको चाहना भयो तब तपाईं तयार हुनुहोस्। यदि तपाईं मुडमा हुनुहुन्न र अस्‍वीकार गर्नुहुन्छ भने ऊ सिधै आफ्नो असन्तुष्टि जनाउँछ भने बुझ्नुहोस् तपाईंको पार्टनर स्वार्थी छ।

२) तपाईंको पार्टनर केवल एक यौन पोजिसन मन पराउँछन्। केटा होस् या केटी यौन पोजिसनमा नयाँपनको खोजी गर्दैनन् र तपाईंले दिएको सुझाव पनि मन पराउँदैनन् भने पनि बुझ्नुहोस् तपाईंको पार्टनर स्वार्थी छन्/छिन्।

३) यदि तपाईंको पार्टनरले आफूलाई मुडमा ल्याउने काम पनि तपाईं आफैँले गर्दिए हुन्थ्यो जस्तो सोच्छ भने यसमा पनि स्वार्थीपना देखिन्छ।

४) महिलाको शरीर कहिलेकाँही मुडमा आउनको लागि केही समय लाग्छ। तर कहिलेकाहीँ पुरुषहरू आफू विस्तारामा आउने बित्तिकै महिला मुडमा आओस् भन्ने पनि चाहन सक्छन्। यदि यस्तो भयो भने यसमा स्वार्थ देखिन्छ।

५) यदि तपाईंको पार्टनर तपाईंसँग मुडमा हुँदा मात्रै राम्रो व्यवहार गर्छन् भने त्यसमा स्वार्थ छ भन्ने बुझ्दा हुन्छ। कोही पनि अरूबेलामा उदासीन हुने र मुडमा आएपछि जे गर्न पनि तयार हुन्छ भने उसमा स्वार्थ भरिएको थाहा हुन्छ।

६) कोही पनि मान्छे अरू समय सधैं व्यस्त हुन्छ र यौन सम्पर्कको क्रममा पनि फोरप्ले जस्ता पूर्वतयारीमा ध्यान नदिई सिधै यौन सम्पर्कलाई ध्यान दिन्छ भने उसमा पनि स्वार्थ भरिएको छ भन्ने बुझ्दा हुन्छ।

७) यदि तपाईंको पार्टनर तपाईं कस्तो सम्बन्ध चाहनुहुन्छ ? भन्ने बुझ्न नै चाहँदैन भने ऊ स्वार्थले भरिपूर्ण छ भन्न सकिन्छ।

८) यदि तपाईं आफ्नो पार्टनरको शरीरको प्रशंसा गर्नुहुन्छ भने मख्ख पर्ने र तपाईंको प्रशंसा गर्न कहिलै नजान्ने पार्टनर छ भने बुझ्नुहोस् ऊ स्वार्थी मान्छे हो।

९) तपाईंको पार्टनर आनन्द दिनमा होइन कि लिनेबारेमा मात्रै विश्वास गर्छ भने बुझ्नुहोस् कि ऊ स्वार्थी मान्छे हो। कसैले फोरप्लेको जिम्मेवारी छाडेर तपाईंको भरोसा छाड्ने साथी छ भने उसमा स्वार्थ रहेको बुझ्नुहोस्।

१०) जब तपाई पार्टनरसँग यौन सम्बन्ध राख्नुहुन्छ, तब तपाईं आफ्नो साथीसँग कुनै प्रकारको आत्‍मीयताको महसुस गर्नुहुन्न वा यौन सम्पर्कलाई साथीले केवल शारीरिक सम्बन्धको रूपमा मात्रै लिएको छ र यसमा भावनात्मक कुनै आस्था छैन भने सम्झनुहोस् त्यहाँ प्रेमभन्दा बढी स्वार्थ हुन्छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...