News Portal

  • रिक्सामा रमाउँदै किशोरी

    हिमाली संचार संवाददाता
    ६११ पटक

    प्रदेश १   स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्दै गरेकी १४ वर्षीया रिता कार्की विद्यालयबाट घर पुग्ने वित्तिकै सिटी रिक्साको ह्यान्डिल सामाउँछिन् । विद्यालय जानुअघिको समय पनि उनको त्यसरी नै बित्छ ।

    ५ महिनादेखि रिताको दैनिकी यसरी नै चल्दै आएको छ । एक दिन उनले सिटी रिक्साको ह्यान्डिल नसमाउँदा चार परिवारको हातमुख जोड्न समस्या पर्छ । त्यतिमात्र होइन उनकै परिश्रमले आफूसहित बहिनी र भाइ विद्यालय पढ्दै छन् ।बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा १० धुर जमिनमा बनाएको कच्ची घरमा रितासँगै आमा जुना, बहिनी नितु र भाइ मदन बस्छन् । उनीहरू सोही विद्यालयको क्रमश: कक्षा ७ र २ मा अध्ययनरत छन् । बावु दुर्गाबहादुर परिवारको सम्पर्कमा छैनन् । पहिला राजमिस्त्रीको काम गर्ने उनी पछिल्लो समय सिटी रिक्सा कुदाएर परिवारको गुजरा चलाउँदै आएका थिए ।

    तर उनले दुवै काम छाडेर परिवार छाडेर अन्यत्र बस्न थालेपछि १४ वर्षीय रितामा परिवारको भरोसा बनेकी हुन् । परिवारको दैनिक हातमुख जोडन र आफूसहित भाइ र बहिनीको पढाइ खर्चको व्यवस्था गर्नैका लागि विद्यालय अघि र पछिको समयमा आफूले सिटी रिक्सा चलाउँदै आएको रिताको भनाइ छ । ‘सुरुमा चलाउन आएन, सिक्दै चलाउँदै गएँ दैनिक सरदर ६–७ सय रुपैयाँ आम्दानी हुन्छ,’ उनले भनिन्, ‘त्यसमध्ये २ सय ५० रुपैयाँ हरेक दिन संस्थामा बचत गरेर बाँकी रकम परिवारको गुजराका लागि आमालाई बुझाउने गरेको छु ।’आफू सानी भएका कारण पनि यात्रुहरू आफ्नो सिटी सफारीमा चढ्न र भाँडा तिर्न हिचकिचाउँदैनन् । उनले भनिन्, ‘कति सानी नानीले चलाएको भन्दै यात्रुहरू सिटीमा चढेर सहानुभूति दिन्छन् र भाँडा तिर्न कन्जुस्याइँ गर्दैनन् ।’ रिताकी आमा जुना चारकोसे जंगलबाट निगुरो टिपेर बिक्री गर्दै आएकी छन् । ‘पति सधैं बरालिएर हिँडेपछि माइतीले दिएको १० धुर जमिन बेचेर सिटी रिक्सा किनेर चलाउन भनें,’ जुनाले भनिन्, ‘केही समयपछि सम्पर्कमै आउन छाडे ।’

    घरको अवस्था हेरेर रिता आफैंले सिटी चलाउन थालिन् । उनले सिटी चलाउन थालेपछि अहिले चार जनाको गुजारा चलाउन समस्या छैन । हरेक दिन विद्यालय समयअघि र पछि सिटी रिक्सा चलाए पनि रिताको पढाइ सन्तोषजनक रहेको विद्यालयका शिक्षक धनजीत पराजुलीको भनाइ छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १९ गतेको राशिफल

    आज मंसिर १९, २०८२ (डिसेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ऊर्जामन्त्रीमाथि साम्पाङको प्रहार मेरो पछि–पछि बत्ती बन्द

    धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै सामाजिक सञ्जालमा...

    बालेन–कुलमानबीच एकताको दाबी, सुधन रविसँग भेट्ने तयारीमा

    काठमाडौं, मंसिर १८ – काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र...

    नुवाकोटमा लोकप्रियता बढाउँदै कांग्रेस नेता डा. प्रकाश शरण महत

    नुवाकोट, मंसिर १८ — नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत हाल...

    काठमाडौँ उपत्यकामा लामो दूरीका सवारी बसपार्कबाट मात्र छुट्ने नयाँ व्यवस्था

    काठमाडौँ, मंसिर १८ — उपत्यकामा दिनहुँ बढिरहेको ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ नियम...