News Portal

रिक्सामा रमाउँदै किशोरी

हिमाली संचार संवाददाता
६९६ पटक

प्रदेश १   स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्दै गरेकी १४ वर्षीया रिता कार्की विद्यालयबाट घर पुग्ने वित्तिकै सिटी रिक्साको ह्यान्डिल सामाउँछिन् । विद्यालय जानुअघिको समय पनि उनको त्यसरी नै बित्छ ।

५ महिनादेखि रिताको दैनिकी यसरी नै चल्दै आएको छ । एक दिन उनले सिटी रिक्साको ह्यान्डिल नसमाउँदा चार परिवारको हातमुख जोड्न समस्या पर्छ । त्यतिमात्र होइन उनकै परिश्रमले आफूसहित बहिनी र भाइ विद्यालय पढ्दै छन् ।बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा १० धुर जमिनमा बनाएको कच्ची घरमा रितासँगै आमा जुना, बहिनी नितु र भाइ मदन बस्छन् । उनीहरू सोही विद्यालयको क्रमश: कक्षा ७ र २ मा अध्ययनरत छन् । बावु दुर्गाबहादुर परिवारको सम्पर्कमा छैनन् । पहिला राजमिस्त्रीको काम गर्ने उनी पछिल्लो समय सिटी रिक्सा कुदाएर परिवारको गुजरा चलाउँदै आएका थिए ।

तर उनले दुवै काम छाडेर परिवार छाडेर अन्यत्र बस्न थालेपछि १४ वर्षीय रितामा परिवारको भरोसा बनेकी हुन् । परिवारको दैनिक हातमुख जोडन र आफूसहित भाइ र बहिनीको पढाइ खर्चको व्यवस्था गर्नैका लागि विद्यालय अघि र पछिको समयमा आफूले सिटी रिक्सा चलाउँदै आएको रिताको भनाइ छ । ‘सुरुमा चलाउन आएन, सिक्दै चलाउँदै गएँ दैनिक सरदर ६–७ सय रुपैयाँ आम्दानी हुन्छ,’ उनले भनिन्, ‘त्यसमध्ये २ सय ५० रुपैयाँ हरेक दिन संस्थामा बचत गरेर बाँकी रकम परिवारको गुजराका लागि आमालाई बुझाउने गरेको छु ।’आफू सानी भएका कारण पनि यात्रुहरू आफ्नो सिटी सफारीमा चढ्न र भाँडा तिर्न हिचकिचाउँदैनन् । उनले भनिन्, ‘कति सानी नानीले चलाएको भन्दै यात्रुहरू सिटीमा चढेर सहानुभूति दिन्छन् र भाँडा तिर्न कन्जुस्याइँ गर्दैनन् ।’ रिताकी आमा जुना चारकोसे जंगलबाट निगुरो टिपेर बिक्री गर्दै आएकी छन् । ‘पति सधैं बरालिएर हिँडेपछि माइतीले दिएको १० धुर जमिन बेचेर सिटी रिक्सा किनेर चलाउन भनें,’ जुनाले भनिन्, ‘केही समयपछि सम्पर्कमै आउन छाडे ।’

घरको अवस्था हेरेर रिता आफैंले सिटी चलाउन थालिन् । उनले सिटी चलाउन थालेपछि अहिले चार जनाको गुजारा चलाउन समस्या छैन । हरेक दिन विद्यालय समयअघि र पछि सिटी रिक्सा चलाए पनि रिताको पढाइ सन्तोषजनक रहेको विद्यालयका शिक्षक धनजीत पराजुलीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...