News Portal

बादल विरुद्ध गर्जिए गगन : सोच र क्षमतामा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र?

हिमाली संचार संवाददाता
६८६ पटक

काठमाडौ– वक पटुतापूर्ण नेता मानिएका नेपाली काँग्रेसका साँसद गगन थापाले आज गृहमन्त्री रामबहादुर थापा(बादल) विरुद्ध यस्तै अभिव्यक्ति दिएका छन्।

गृहमन्त्री रामबहादुर थापाको कार्यक्षमता नै नभएको आरोप लगाउँदै गगनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापा(रामबहादुर)गृहमन्त्रीका रुपमा रहनुको औचित्य नै नरहेको आरोप लगाए।

सुन तस्करमाथिको कारवाहीको सिथिलता, ठेकेदारमाथि कारवाहीलगायत कञ्चनपुरकी निर्मला पन्तको अपराधी पहिचानमा असफता पाएको सन्दर्भमा गृहमन्त्रीे लाई असक्षम भन्दै यस्तो गृहमन्त्री आवश्यक नरहेको जीकिर गरे । शुन्य समयमा पाएको १ मिनेटमध्ये ५२ सेकेन्ड अभिव्यक्ति दिएका गगन थापाले यसो भने

‘ठूलामाछा पक्रनु भएन हामी बोलेनौ, कामचोर व्यवसायीलाई कानुन नबनाई पक्रनु भयो, छाडनुभयो हामी बोलेनौ, डा. भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनु भयो हामी बोलेनौ,लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार राजु बस्नेत र सम्भु श्रेष्ठलाई प्रहरी लगाउनु भयोे हामी बोलेनौ हामीलाई लाग्यो गृहमन्त्री बादत मान्छे त ठिकै हो क्षमतामा मात्र केही बादल लागेको हो।’

‘तर हिजो हामी बोल्यौ अनि मन्त्री ज्यु पनि बोल्नु भयो, अनि थाहा पायौ, युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने गरी आफ्नै हिरासतमा राममनोहर यादव मारिँदा अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीहरूलाई आफ्नै संयन्त्रहरू जोगाउन लागिरहँदा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको बादल त गृहमन्त्रीजीको सोचमै लागेको रहेछ। सभामूख महोदय, सोच र क्षमता दुवै बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र?’

नागरिकबाट

प्रतिकृया दिनुहोस्

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...