News Portal

प्रतिनिधिसभा बैठकमा कसले के भने ?

हिमाली संचार संवाददाता
५१६ पटक

काठमाडौं–प्रतिनिधिसभाका सांसदहरुले तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकको शून्य समयमा बोल्दै सांसद अग्नीप्रसाद सापकोटाले तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारसँग माग गरे ।

उनले अरनिको राजमार्गमा रहेको सडक मर्मत संहार गरी तत्काल तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सांसद आशाकुमारी विश्वकर्माले बझाङ जिल्लामा दरबन्दी अनुसार चिकित्सकको तत्काल व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

उनले दरबन्दी अनुसार चिकित्सकहरु नहुँदा बझाङमा विरामीले सास्ती व्यहोर्नु परेको पनि स्मरण गराइन् ।

सांसद इन्दुकुमारी शर्माले चुरे वनविनाश रोक्न सरकारलाई पुनः दवाव दिइन् ।

उनले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको नाममा २४ लाख ५० हजार रुख कटानी गर्न लागिएको भन्दै त्यसलाई नरोके  चुरे विनाश हुने र त्यसले प्रदेश २ का जनतामाझ ठूलो प्राकृतिक विनाश निम्त्याउने चेतावनी पनि दिइन् ।

सांसदहरुले बर्दियाको चेपाङहरुलाई लालपूर्जाको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

सांसद कुमारी तुलसी थापाले बर्दियाको करिव २ हजार ५ सय जनसंख्या रहेको चेपाङहरु शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाट बञ्चित हुनु परेको भन्दै उनीहरुलाई तत्काल लालपूर्जाको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

बैठकमा सांसद कृष्णकुमार श्रेष्ठले काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको कलंकी– नाकढुंगा सडक खण्डमा हुने ट्राफिक जाम हटाउन सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

प्रतिकृया दिनुहोस्

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...