News Portal

  • बाँके प्रहरीकै संरक्षणमा मिनी क्यासिनो झैं नेपालगन्जमा ‘जुवा अखडा’

    हिमालीसंचार संवाददाता
    ३५४ पटक

    बाँके – प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो। प्रहरीको काम कानून विपरित कार्य गर्ने र गराउनेलाई कारवाहीको दायरामा ल्याउनु पनि हो। सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नुपर्ने प्रहरी नै गलत बाटोमा लागेपछि त्यसको परिणाम कस्तो आउला ?

    गलत काम गर्नेहरुका लागि यस्तो कार्य जायज लाग्न सक्ला। सभ्य र सामाजिक हितका लागि सोच्ने मान्छेका लागि भने यो कुरा पाच्य हुँदैन तर, बाँकेमा प्रहरी आफै संरक्षणक बन्दै आफ्ना घुमुवालाई नै ‘जुवा अखडा’को ड्यूटीमा खटाउने गरेको जिल्ला प्रहरीका कार्यालय स्रोतले बतायो। यसले प्रहरीप्रतिको विश्वास र हेर्ने दृष्टिकोण बदलिएको छ। हुन त यसअघि पनि यस्ता समाचारहरु नआएका भने होइनन्।

    यद्यपी यस्ता दृष्यहरु घट्नुका साटो बढिरहेको नेपालगन्जबासीहरु बताउँछन्। नेपालगन्जमा बाँके प्रहरीकै संरक्षणमा मिनी क्यासिनो झैं ‘जुवा अखडा’ चलिरहेको नेपालगन्जबासीको भनाई छ। बाँकेमा चाडपर्व लक्षित ‘जुवा अखडा’ सञ्चालन हुँदा कतिपयको उठीबास हुने अवस्था सिर्जना भएको पुगेको छ। ‘जुवा अखडा’हरुको संरक्षण गर्दै प्रहरीले नै घुमुवामार्फत कमिसन असुल्दै आएको पनि जानकारहरू बताउँछन्।

    नेपालगन्जका भृकुटीनगर, फुल्टेक्रा, राँझा, कोहलपुरको चप्परगौडी, मदनचौक, खजुराको ‘सी’गाउँ, ‘इ’गाउँ लगायत क्षेत्रभित्रका विभिन्न स्थानमा चाडपर्व लक्षित ‘जुवा अखडा’ सञ्चालनमा रहेको नाम नबताउने सर्तमा एक जना घुमुवाले बताए।

    ‘जुवा अखडा’का रूपमा संरक्षित बन्दै आएका यी क्षेत्रमा प्रहरीले नै यस्ता गैरकानुनी गतिविधिको संरक्षण गर्दै आएको आरोप जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी मुख्यालयसम्म पुग्ने गरेको छ। तलदेखि माथिसम्मै सेटिङ भएकोले ती जुवाघर निर्धक्क चलिरहेको प्रहरी स्रोत बताउँछ। प्रहरी स्रोतका अनुसार पछिल्ला केही महिनायता जुवाखालबाटै मासिक तीनदेखि चार लाखसम्म प्रहरीलाई आम्दानी हुँदै आएको र उक्त रकम पद अनुसार बाँडफाँड हुने गरेको छ। नियमित पैसा बुझाउनेलाई घुुमुवा र सादा पोसाकमा खटाइएका प्रहरीले नै संरक्षण दिने गरेको पनि प्रहरी स्रोतको भनाई छ।

    एक जना प्रहरीकै शब्दमा ‘दशैंलाई लक्षित गरेर सञ्चालन गरिएका ‘जुवा अखडा’ प्रहरीको कमाउधन्दाका रुपमा परिणत भएका छन्। तल्लो तहका प्रहरी कर्मचारी माथिको आदेश पालकमात्रै हुन्। अहिले दशैंका बेला शान्ति सुरक्षा कायम गर्न घुमुवा र सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीहरु सूचना संकलनको सट्टा ‘जुवा अखडा’हरुको संरक्षण गरी कमिसन संकलनमा व्यस्त हुनु राम्रो होइन।’

    नेपालगन्जका विभिन्न क्षेत्रमा प्रहरीकै संरक्षणमा चलेका ‘जुवा अखडा’मा जुवाडे र प्रहरीबीच कमिसनमा ‘बार्गेनिङ्ग’ नमिलेपछि छापा मार्ने गरेको रहस्य खुलेको छ। चाडपर्वलाई लक्षित गरी बाँकेका विभिन्न क्षेत्रमा ‘जुवा अखडा’ सञ्चालनमा आए पनि ‘बार्गेनिङ्ग’ नमिलेपछि मात्रै ती ‘जुवा अखडा’मा छापा मार्ने गरिएको स्रोतको भनाई छ। प्रहरीले बुधबार राती नेपालगन्जमा १० जना ‘हाइप्रोफाइल’ जुवाडेलाई पक्राउ गरेपछि ‘बार्गेनिङ्ग’ नमिलेको रहस्य खुलेको हो।

    नेपालगन्जको बसपार्क क्षेत्रबाट बुधबार राती २९ लाख ४८ हजार ७०० रुपैयाँसहित १० जना ‘हाइप्रोफाइल’ जुवाडेलाई पक्राउ गरेपछि उक्त ‘जुवा अखडा’ सञ्चालक र प्रहरीबीच कुरा नमिलेपछि जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले छापा मारेको प्रहरी स्रोतले बतायो।

    स्रोतले भन्यो, ‘जुवा रकम बढ्दै जाँदा कमिसन बढाउनुपर्ने प्रहरीको मागलाई नकारेपछि छापा मारिएको हो। वडा प्रहरी कार्यालय नेपालगन्जले प्रहरी जवान मनिराम महरा र पुष्प भुजेल तथा जिल्ला प्रहरी कार्यालयले प्रहरी जवान प्रेम वली, सन्तोष पौडेल, सन्दीप बुढालगायत अन्य केही घुमुवालगायतलाई परिचालन गरिरहेको प्रहरी स्रोतले बतायो। सन्तोष पौडेल, सन्दीप बुढालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी निरिक्षक (इन्सपेक्टर) सुरज खत्रीले घुमुवाका रुपमा परिचालन गर्दै आएको बुझिएको छ।

    त्यसो त जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव निरिक्षक (सई) बम रावललाई लामो समयदेखि जिल्ला प्रहरी कार्यालय बाँकेमा घुमुवा इन्चार्जको जिम्मेवारी दिइएको छ। बाँकेमा तीन जना एसपी फेरबदल हुँदासमेत उनले घुमुवाको इन्चार्ज भएरै काम गरिरहेका छन्। उनले जिल्ला प्रहरी कार्यालय प्युठानमा दरबन्दी रहेको भए पनि लामो समयदेखि बाँकेमै रहेर घुमुवा इन्चार्जको जिम्मेवारी सम्हालिहेका छन्।

    एसपी अरुण पौडेल हुँदा घुमुवा इन्चार्ज बनेका रावललाई एसपी बीरबहादुर वली र हालका प्रहरी प्रमूख एसपी ओमबहादुर रानाले समेत उनैलाई घुमुवा इन्चार्ज बनाएपछि बाँके प्रहरीभित्र एक समूह असन्तुष्टसमेत देखिन्छ। सई रावलले घुमुवा प्रहरीलाई ‘जुवा अखडा’ संरक्षणमा खटाइएको अस्वीकार गरे। ‘हाम्रो उद्देश्य नै चोरी तस्करीजस्ता गलत कार्यहरु रोक्नु र गलत कार्य भए नभएको सूचना संकलन गर्नु हो। हामीले त्यसो गर्नै सक्दैनौं,’ उनले भने।

    प्रहरीले शान्ति सुरक्षाका लागि दशैंलाई लक्षित गरेर निगरानी टोलीहरु परिचालन गरिरहेका बेला घुमुवा प्रहरीले त्यसो गर्न नसक्ने सई रावलले बताए। पछिल्लो समय जुवाडेहरूले नेपालगन्जलाई ‘इजी–जोन’को रूपमा समेत प्रयोग गर्न थालेका छन्। प्रहरी स्रोतका अनुसार जुवाडेहरुलाई प्रहरीले केही सजिलो गरेसँगै नेपालगन्जलाई जुवाडेहरूले सुरक्षित क्षेत्रको रूपमा प्रयोग गर्न थालेको जानकारहरु बताउँछन्।

    ‘कहिलेकाँही बार्गेनिङ्ग नमिल्दा वा जुवाडे र प्रहरीबीच समन्वय नहुँदा समस्या आउने हो। नत्र नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्र जुवाडेहरुका लागि ‘इजी–जोन’ नै हुन्,’ नेपालगन्जका एक जना जानकारले भने, ‘नत्र पक्राउ परेकाहरुलाई रातारात किन छोडिन्छ ? यदी सेटिङ्ग नहुने हो भने कानुन अनुसार किन कारबाही हुँदैन ? यो खाली देखाउनका लागि मात्रै हो।’ जुवाडे पक्राउ गरेको प्रहरीले के कारबाही गरियो भन्ने कुरा लुकाउने गरेको उनले बताए।

    बाँकेमा अहिलेसम्म पक्राउ परेका साना ठूला जुवाडेहरु पक्राउपछि कारबाही नै नभएर सहजै छुट्ने गरेको उनले बताए। बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले भने यी सबै कुरा अस्वीकार गरे। ‘यस्तो हुनै सक्दैन। हाम्रो काम शान्ति सुरक्षा दिने हो, नागरिकले पनि हामीलाई सूचना दिएर सहयोग गर्नुपर्छ। प्रहरी एक्लैले मात्रै यो सम्भव छैन,’ एसपी रानाले सत्यपाटीसँग भने।

    उनले ‘जुवा अखडा’मा प्रहरीको संरक्षण कदापी हुन नसक्ने बताए। ‘यो प्रहरीलाई बदनाम गराउने उद्देश्यमात्रै हो । प्रहरीलाई लगाइएको आरोप हो। प्रहरीबाट यस्तो गलत कार्य हुनै सक्दैन,’ एसपी रानाले भने, ‘एकाध प्रहरीको गल्ती हुन सक्छ। गलत कार्य रोक्न मैले सकेजति प्रहरी ‘मोविलाइजेशन’ गरेको छुँ, तर ‘जुवा अखडा’को संरक्षण गरेर कमिसन उठाउने कुरा आरोप मात्रै हो। यसमा कुनै सत्यता छैन।

    एसपी रानाले प्रह्रीको काम ‘जुवा अखडा’ नियन्त्रण गर्नु मात्रै नभएको बताए। उनको यो भनाईले पनि कुनै न कुनै रुपमा साना ठूला ‘जुवा अखडा’ संरक्षित भने पक्कै छन्। ‘जुवा तासभन्दा ठूला अपराध पनि रोक्नुपर्ने हुन्छ। प्रहरीले सकेको काम गरेर सन्तोष लिने हो,’ एसपी रानाले भने।

    उनले सबै काममा प्रहरीको मात्रै ध्यान नपुग्ने भएकाले नागरिकहरुको पनि सहयोग चाहिने बताउँदै भने, ‘नागरिकले सूचना दिनुस् म आफै अप्रेसनमा जान्छु।’ एसपी रानाले प्रहरी गलत कार्यमा संलग्न रहेको पाइएमा तत्काल कारवाही गर्ने बताए।

    ‘जुवा अखडा’बारे अनभिज्ञता जनाउँदै डिएसपीलाई सोध्नसमेत सुझाए। उनले अनभिज्ञता प्रकट गरे पनि अन्य प्रहरी कर्मचारीले भने मासिक रकम बुझिरहेको प्रहरी स्रोतको दाबी छ। बाँकेको नेपालगन्ज मात्रै नभएर अन्य ग्रामीण क्षेत्रमासमेत संगठित समूहले ‘जुवा अखडा’ चलाइरहे पनि बाँके प्रशासनको समेत मौन सहमति रहेको स्थानीयहरुको आरोप छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal