News Portal

मध्यरातअघि ओलीले गरे ६ मन्त्रीहरु हटाउन तयारी

हिमाली संचार संवाददाता
९४२ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै नेतृत्वको सरकारमा सहभागी आधा दर्जन मन्त्रीहरुलाई हटाउने अन्तिम निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार ओलीले यसअघि पनि ती मन्त्रीहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै सच्चिनको लागि चेतावनी दिएका थिए ।

तर, प्रधानमन्त्रीले सच्चिनको लागि अल्टिमेट दिँदापनि मन्त्रीहरुले खासै आफूलाई सुधार गर्न नसकेको गुनासो पार्टीभित्रैबाट सुरु भएपछि ओली बाध्य भएर उनीहरुलाई जिम्मेवारबाट मुक्त गराउने निश्कर्षमा पुगेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीले हटाउन तयार परेको मन्त्रीको ‘हिट लिष्ट’ मा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मातृका यादव, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संघीय मामिलामन्त्री लालबाबु पण्डित र अर्थमन्त्री डा. युवराज खतिवडाको नाम छ ।

अरु मन्त्रीहरु कार्यसम्पादनमा चुकेको र आर्थिक मामिलालगायत एकपछि अर्को विवादमा परेपनि अर्थमन्त्री खतिवडाप्रति प्रधानमन्त्रीको रुष्टता भने अलिक फरक छ । मन्त्री खतिवडाले मुलुकको आर्थिक संकटको व्यवस्थापन गर्न नसकेको ओलीको गुनासो छ । त्यतिमात्रै नभएर अर्थतन्त्र बुझेको व्यक्ति भएर ओली बजेट ल्याउँदा उनीमा निर्भर रहेको तर बजेट आउँदा जनतामा निराशामात्रै छाएकोले खतिवडासँग ओली रुष्ट छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका उड्नुअघि प्रधानमन्त्री ओलीले हटाउने तयारी गरेर ‘हिट लिष्ट’ बनाएका मन्त्रीहरुसँग एक्लाएक्लै भेटवार्ता गरेर समिक्षा गर्ने स्रोतको दाबी छ । नेकपा निकट उच्च स्रोतले भन्यो,‘अमेरिका जानुअघि प्रधानमन्त्रीज्यूले असन्तुष्ट रहेका सबै मन्त्रीहरुसँग छलफल गर्नुहुन्छ, सायद मन्त्रीहरु हटाउन पनि सक्नुहुन्छ ।’

यता, नेकपाभित्र अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै सहमति बनेर मन्त्रीहरु हेरफेर गर्न लागिएको बुझिएको छ । अहिले नयाँ मन्त्रीहरु क–कसलाई पठाउने भन्नेबारेपनि दुई अध्यक्षबीच छलफल प्रारम्भिक रुपमा चल्न थालेको छ। (रिपाेटर्सनेपाल)

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...