News Portal

मध्यरातअघि ओलीले गरे ६ मन्त्रीहरु हटाउन तयारी

हिमाली संचार संवाददाता
८८२ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै नेतृत्वको सरकारमा सहभागी आधा दर्जन मन्त्रीहरुलाई हटाउने अन्तिम निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार ओलीले यसअघि पनि ती मन्त्रीहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै सच्चिनको लागि चेतावनी दिएका थिए ।

तर, प्रधानमन्त्रीले सच्चिनको लागि अल्टिमेट दिँदापनि मन्त्रीहरुले खासै आफूलाई सुधार गर्न नसकेको गुनासो पार्टीभित्रैबाट सुरु भएपछि ओली बाध्य भएर उनीहरुलाई जिम्मेवारबाट मुक्त गराउने निश्कर्षमा पुगेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीले हटाउन तयार परेको मन्त्रीको ‘हिट लिष्ट’ मा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मातृका यादव, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संघीय मामिलामन्त्री लालबाबु पण्डित र अर्थमन्त्री डा. युवराज खतिवडाको नाम छ ।

अरु मन्त्रीहरु कार्यसम्पादनमा चुकेको र आर्थिक मामिलालगायत एकपछि अर्को विवादमा परेपनि अर्थमन्त्री खतिवडाप्रति प्रधानमन्त्रीको रुष्टता भने अलिक फरक छ । मन्त्री खतिवडाले मुलुकको आर्थिक संकटको व्यवस्थापन गर्न नसकेको ओलीको गुनासो छ । त्यतिमात्रै नभएर अर्थतन्त्र बुझेको व्यक्ति भएर ओली बजेट ल्याउँदा उनीमा निर्भर रहेको तर बजेट आउँदा जनतामा निराशामात्रै छाएकोले खतिवडासँग ओली रुष्ट छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका उड्नुअघि प्रधानमन्त्री ओलीले हटाउने तयारी गरेर ‘हिट लिष्ट’ बनाएका मन्त्रीहरुसँग एक्लाएक्लै भेटवार्ता गरेर समिक्षा गर्ने स्रोतको दाबी छ । नेकपा निकट उच्च स्रोतले भन्यो,‘अमेरिका जानुअघि प्रधानमन्त्रीज्यूले असन्तुष्ट रहेका सबै मन्त्रीहरुसँग छलफल गर्नुहुन्छ, सायद मन्त्रीहरु हटाउन पनि सक्नुहुन्छ ।’

यता, नेकपाभित्र अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै सहमति बनेर मन्त्रीहरु हेरफेर गर्न लागिएको बुझिएको छ । अहिले नयाँ मन्त्रीहरु क–कसलाई पठाउने भन्नेबारेपनि दुई अध्यक्षबीच छलफल प्रारम्भिक रुपमा चल्न थालेको छ। (रिपाेटर्सनेपाल)

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...