News Portal

दैलेखमा करेन्ट लागेर एक जनाको मृत्यु

हिमाली संचार संवाददाता
५७६ पटक

दैलेख – विजुली पोल विस्तार गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। दैलेखको भैरवी गाउँपालिका २ बडचिन्मायाका स्थानीय २४ वर्षीय पुष्कर थापाको मृत्यु भएको हो।

गाउँपालिकाको विद्युत लाइन विस्तार गर्ने क्रममा आज दिउँसो १२:२० बजे नयाँ पोल ढल्दा करेन्ट लागी थापाको मृत्यु हुनुका साथै २६ वर्षीय भुपेन्द्र थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

‘विद्युतको नयाँ पोल हाल्ने क्रममा उक्त पोल ढली पुरानो विद्युत संचालित लाइनमा खस्दा करेन्ट लागि मृत्यु भएको हो। प्रहरी प्रवक्ता नैनबहादुर सावदले भने, ‘करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन्। उनका अनुसार घाइते भुपेन्द्र थापाको दुल्लू अस्पतालमा उपचार भैरहेको छ भने, उनको अवस्था मध्यम रहेको छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...