News Portal

दैलेखमा करेन्ट लागेर एक जनाको मृत्यु

हिमाली संचार संवाददाता
६७५ पटक

दैलेख – विजुली पोल विस्तार गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। दैलेखको भैरवी गाउँपालिका २ बडचिन्मायाका स्थानीय २४ वर्षीय पुष्कर थापाको मृत्यु भएको हो।

गाउँपालिकाको विद्युत लाइन विस्तार गर्ने क्रममा आज दिउँसो १२:२० बजे नयाँ पोल ढल्दा करेन्ट लागी थापाको मृत्यु हुनुका साथै २६ वर्षीय भुपेन्द्र थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

‘विद्युतको नयाँ पोल हाल्ने क्रममा उक्त पोल ढली पुरानो विद्युत संचालित लाइनमा खस्दा करेन्ट लागि मृत्यु भएको हो। प्रहरी प्रवक्ता नैनबहादुर सावदले भने, ‘करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन्। उनका अनुसार घाइते भुपेन्द्र थापाको दुल्लू अस्पतालमा उपचार भैरहेको छ भने, उनको अवस्था मध्यम रहेको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...