News Portal

सिन्धपाल्चोक जुगल ५ का युवाहरु पहिरो पीडितलाई राहत संकलन गर्दै

दुर्गा श्रेष्ठ
८३२ पटक

सिन्धपाल्चोक – देश तथा बिदेशमा रहनु भएको आमा बुवा , दाजुभाइ तथा दिदिबहिनीहरु तपाई हामी सबैलाई अबगतनै छ  ।यही मिति २०७७ श्रावण ३० गते बिहान करिब ६ बजेको समयमा  ३ नम्बर प्रदेश अन्तरगँत सिन्धुपाल्चोक जिल्ला जुगाल गाउँपालिका वार्ड नम्बर २ को लिदिमा अचनक हुन गाएको प्रकृतिक बिपत्ति पहिरोको कारण ३९ जनाले ज्यान गुमाउनु परेको छ।अकल्पनीय धनजनको क्षेती हुन पुगेको कुरा सबैमा जानकारी नै छ।

हामी उक्त घटनामा ज्यान गुमाउनु भाएको परिवारहरु प्रति गहिरो दु:ख ब्यक्त गर्दै ,मृतकहरु प्रती हर्दिक श्रद्धाञ्जली व्यक्त गर्दाछौ। साथै घाइतेहरूको शिघ्र स्वास्थ लाभकको कामना व्यक्त गर्दै ,साथै मृतक तथा घाइतेहरूको अन्य परिवार जनहरु प्रती धैर्य धारणको शक्ति मिलोस भनी भगवानसंग कामना गर्दाछौ ।अहिले उक्त ठाउँको बिस्थपित पीडितहरुको स्थानन्तर गर्ने कार्य निरन्तर भैरहेको छ।

साथै विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था , समाजसेवि ब्यक्ति तथा नेपाल सरकारका विभिन्न तहहरुबाट र अन्य विभिन्न क्षेत्रहरुबाट पनि सहयोग गर्ने बिभिन्न कार्यक्रमहरु पनि भैरहेको सबैलाई जानकारी नै छ!

त्यसैले ढिलै भाए पनि यस जुगाल गापा स्थितित वार्ड – ५ का केही समाज सेवि भावना बोकेको युबा साथिहरु बिच छलफल हुँदै गर्दा, ढिलाइ भाएत पनि सकेको जति धेर थोर अर्थिक सहयोग संकलन गरि पीडित समक्ष पुराउनी उदेश्यले सहयोग जुटाउने कार्य भैरहेको हुँदा यस कार्यक्रममा हामी युबाहरुको तर्फबाट म लगाएत ५/६ जनाको नेतृत्वमा अर्थिक रकम संकलन गर्ने कार्य भइरहेको कुरा जानकारी सोम छिरिङ्ग तामाङ्ले जानकारी दिएका छन्।

विशेष गरि बराम्ची टोल भित्र बाट इक्षुक साथिहरु तथा अन्य देश तथा बिदेशको जुन सुकै ठाउमा रहनु भाएको तपाईंहरुले पनि एक हप्ता भित्र सम्पर्क गर्न सक्नुहुनेछ।कृपया तपाईंहरुले एउटा कुरा चै स्मरण गर्न नभुल्नु होलाकि हामी कुनै पार्टी , संघ सस्थबाट रकम उठाउन लगेको होइन ।

हामि नितान्त जोशजगर भाएको स्थानीय समाज सेवि युवाहरुबाट यो सहयोग रकम संकलन कार्य गर्न लगिरहेको छौ ।सहयोगको कुनै सानो ठुलो आकार पनि हुदैन। जसले जति सकिन्छ तेति गर्ने हो र जस्ले जुन ठाँउबाट पनि गर्न सकिन्छ ।

तसर्थ तपाईं इक्षुक मित्रहरूले निम्ना नाम भाएको ब्यक्तिहरु मध्य जोसंग अफुलाई बिस्वस्नियता छ उहाँ मर्फत अफुले सकेको सहयोग रकम पठाइ दिनु हुन विनम्र अनुरोध गर्दाछौ ।अन्यथा तपाईले गरेको सहयोग पीडित समक्ष नपुग्न पनि सक्छ !

यसको लगि बिस्वसिलो ब्यक्तिको अबश्यक्त पर्दछ ! यदि अरु ब्यक्तिहरु बाट यस्तो गलत कार्य भाएमा यी ब्याक्ती हरु जबफदहि हुने छैन।किनकी सहयोग को नाममा विभिन्न अपराधहरु भैरहेको सन्दर्बमा हामी सचेत छौ र हुन जरुरी छ

हामि यस सहयोग कार्यक्रमको विवरण तपाईंहरु सबैलाई विभिन्न मध्यमहरुबाट यहाँहरु समक्ष निरन्तर सूचनाहरु जस्तै सहयोग गर्ने दाताको नाम , ठेगाना अनि सहयोग रकम स्पष्ट रुपमा प्रबाह गर्ने प्रतिबद्धता समेत जहेर गर्दाछौ।सेवा नै धर्म हो। भने मूल उदेश्यका साथ जुगल ५ का युवाहरु आघि बढेको जानकारी समाजसेवी शिक्षा प्रेमी सोम छिरिङ्ग तामाङ्ले ले हिमाली संचार को कुरा कनिमा जानकारी गराए ।

सम्पर्क गर्न सक्ने ब्यक्तिहरुको नाम ठेगाना तथा सम्पर्क मोबाइल नम्बर तपसिल बमोजिम रहेको छ ।

सम्पर्क नम्बर नाम ठेगाना –

१.कर्मा लामा – जुगाल -५ , सानोझिरगाउ।९८६४३९६२८३
२.सोमछिरिङ तामाङ – जुगाल५ , बराम्ची , हल ढाडे।
९८६१६५५६२७
२.हरि लामा – जुगाल-५ वङगुजे। ९८६२३७५६०१
३.पेम्बा लामा – जुगाल -५ , वम्राङ,। ९८६२७२९५३१
४.नम्खा लामा – जुगाल ,५ खङ्ग्राल। ९८६२९०६५७३
५.सिर ब. तामाङ – जुगाल-५, गोङासे ।९८६५३९४१०३
६.जिबन योन्जन – जुगाल – ५ बराम्ची ९८४३०५६२९६

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...