News Portal

बलात्कार आरोपित वडाध्यक्ष जेल चलान

हिमाली संचार संवाददाता
७६९ पटक

२०७७ साउन २४, शनिबार
कालिकोट – बलात्कार गरेको आरोपमा पक्राउ परेका कालिकोटका एक वडाध्यक्ष जेल चलान भएका छन्। खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदीश शाही, बहिनी नाता पर्ने किशोरीलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका हुन।

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५१ वर्षीय वडाध्यक्ष शाहीलाई जिल्ला अदालत कालिकोटले पुर्पक्षमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो।

उनी कालिकोट जिल्ला कारागार चलान भएका हुन। जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार चलान गरिएको कालिकोट जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताउनुभयो।

वडाध्यक्ष शाहीलाई प्रहरीले असार ३१ गते पक्राउ गरी जबरजस्ती करणी तथा हाडनाता करणीअन्तर्गत अदालतमा म्याद थप गरेर अनुसन्धान शुरु गरेको थियो।

वडाध्यक्ष शाहीले १६ वर्षीया किशोरीलाई १३ वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले बाख्रा चराउन गएको बेला वडाध्यक्ष शाहीले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध परिवारका सदस्यले जाहेरी दिएका थिए।

शाहीविरुद्ध जबरजस्ती करणी कसुरमा १२ देखि १४ वर्ष कैद र हाडनाता करणी १ देखि ३ वर्षसम्म कैदसहित उचित क्षतिपूर्ति माग दाबी सहित प्रहरीले अदालतमा मुद्दा चलाएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...