News Portal

बलात्कार आरोपित वडाध्यक्ष जेल चलान

हिमाली संचार संवाददाता
८५५ पटक

२०७७ साउन २४, शनिबार
कालिकोट – बलात्कार गरेको आरोपमा पक्राउ परेका कालिकोटका एक वडाध्यक्ष जेल चलान भएका छन्। खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदीश शाही, बहिनी नाता पर्ने किशोरीलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका हुन।

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५१ वर्षीय वडाध्यक्ष शाहीलाई जिल्ला अदालत कालिकोटले पुर्पक्षमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो।

उनी कालिकोट जिल्ला कारागार चलान भएका हुन। जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार चलान गरिएको कालिकोट जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताउनुभयो।

वडाध्यक्ष शाहीलाई प्रहरीले असार ३१ गते पक्राउ गरी जबरजस्ती करणी तथा हाडनाता करणीअन्तर्गत अदालतमा म्याद थप गरेर अनुसन्धान शुरु गरेको थियो।

वडाध्यक्ष शाहीले १६ वर्षीया किशोरीलाई १३ वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले बाख्रा चराउन गएको बेला वडाध्यक्ष शाहीले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध परिवारका सदस्यले जाहेरी दिएका थिए।

शाहीविरुद्ध जबरजस्ती करणी कसुरमा १२ देखि १४ वर्ष कैद र हाडनाता करणी १ देखि ३ वर्षसम्म कैदसहित उचित क्षतिपूर्ति माग दाबी सहित प्रहरीले अदालतमा मुद्दा चलाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...