News Portal

ऐन बिपरित मप बिश्वबिद्धालयका उपकुलपतिद्वारा सल्लाहकार नियुक्त

सर्वत्र आलोचना !

हिमाली संचार संवाददाता
६२६ पटक

२०७७ साउन १९, सोमबार
सुर्खेत – मध्यपश्चिमाञ्चल बिश्वबिद्धालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहले आफ्नो सल्लाहकार नियुक्ति गरेका छन्।

मप बिश्वबिद्धालय कार्यकारी परिषदको बैठकले हरि चन्दलाई उपकुलपतिको सल्लाहकार नियुक्ति गरेको हो। चन्दलाई मध्यपश्चिम विश्वबिद्यालयको कार्यकारी परिषद बैठकको निर्णयबाट प्रथम श्रेणी सरहको सुबिधा हुनेगरी उक्त जिम्मेवारीमा नियुक्त गरिएको हो।

बिश्वबिद्धालयको ऐन बिपरित सल्लाहकारको नियुक्ति गरेको भन्दै सोही बिश्वबिद्धालयका प्राध्यापक तथा विद्यार्थी नेताहरू असन्तुष्टि पोखिरहेका छन्।

मध्यपश्चिमाञ्चल बिश्वबिद्धालय ऐन २०६७ दफा ३९ बमोजिम बिश्वबिद्धालयलाई आर्थिक भार पर्ने गरि पदाधिकारी, शिक्षक तथा कर्मचारी नियुक्ति गर्दा अर्थ मन्त्रालयको स्वीकृत लिनुपर्ने स्पष्ट ब्यबस्था छ तर बिश्वबिद्धालयको कार्यकारी परिषदले नियम बिपरित नियुक्ति गरेको पाइएको छ।

पिएचडीका विद्यार्थी हरि चन्दलाई उपकुलपति जस्तो प्राज्ञिक संस्थाको सल्लाहकार नियुक्ति हास्यास्पद रहेको एक प्राध्यापकले बताएका छन्। उपकुलपति आफै यो क्षेत्रको बौद्धिक ब्याक्ती भएको दावी गर्नुहुन्छ तर उहाँलाई किन सल्लाहकार चाहियो ? उपकुलपतिले सल्लाहकार आवश्यकता परेको औचित्य पुष्टि गर्नुपर्छ, उनले थपे।

मप बिश्वबिद्धालयका पुर्व उपकुलपति प्रा.डा.पदमलाल देवकोटाले तिनजनालाई सल्लाहकारका नाममा नियुक्त गरेका थिए। बिश्वबिद्धालयको ऐन बिपरित भएका नियुक्ति अख्तियारमा उजुरी परेपछि खारेज भएका थिए।

हनिमुन पिरेडमा रहेका उपकुलपति सिंह विवादमा तानिएका छन्। आफ्नो जात र राजनैतिक विचार भन्दा माथि उठ्ने प्रतिबद्धता जनाएका उपकुलपतिले आफ्नै भतिजलाई प्रमुख स्वकीय सचीव नियुक्ति गरे, त्यसपछि कुनै विषयमा बिज्ञता हासिल नगरेको पात्रलाई सल्लाहकार नियुक्ति गरे।

उनीसंग भेटघाट गर्न गएका प्रायः पुन फेरि भेट्न पाए हुन्थ्यो होईन कि फेरि भेट्न नपरोस् भनेर फिर्ता हुने गरेको पाइएको छ। उनले सबैलाई हप्काएर पठाउने गरेका छन्, उनले आफूसंग गुण्डा भएको समेत धम्की दिने गरेका छन्।

निवर्तमान उपकुलपति उपेन्द्र कोइराला विरुद्ध उनी खनिने गरेको एक प्राध्यापकले बताएका छन्, कोइरालालाई भ्रष्टाचारी समेत भनेका उनले बताए।

बिश्वबिद्धालयमा रजिस्ट्रार डा.महेन्द्र कुमार मल्लको ४ वर्षे कार्यकाल सकिएपछि नयाँ रजिस्ट्रार नियुक्ति प्रक्रिया शुरुआत भएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...