News Portal

सुदूरपश्चिममा  थप २३ जनामा कोरोना संक्रमण पुष्टि

हिमाली संचार संवाददाता
५८५ पटक

कैलाली – सुदूरपश्चिम प्रदेशमा २४ घण्टाभित्र थप २३ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । आज गरिएको परीक्षणमा ५ महिला र १८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमित हुनेमा कैलालीको धनगढीका वर्ष २८ र ३८ का २ पुरुष, बैतडी पाटनका  वर्ष २६ का १ पुरुष, गोदावरी कैलालीका वर्ष ६६ का १ पुरुष, घोडाघोडी १ कैलालीका वर्ष ४१ का १ पुरुष, जोशीपुर १ कैलालीका वर्ष २८ का १ पुरुष, मोहोन्याल ५ कैलालीका वर्ष ३६,२६ का २ पुरुष रहेका छन् ।

यी लगायत २३ जनामा संक्रमण पुष्टि भएको  सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।  हालसम्म यस अस्पतालबाट १७ हजार ५३६ जनामने कोभिड १९ परीक्षण  गरिएको र १६ हजार ९३ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए ।

पछिल्लो २४ घण्टाभित्र २३८ जनाको परीक्षण भएको छ । हालसम्म कैलाली जिल्लामा मात्रै १४४१ जना कोरोना पोजेटिभ पुष्टि भएको छ भने हालसम्म उपचार भैरहेका शंकास्पद संक्रमित १७९ जना रहेको जनाइएको छ । ती मध्येबाट ७८ जना निको भई घर गइसकेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...