News Portal

सुदूरपश्चिममा  थप २३ जनामा कोरोना संक्रमण पुष्टि

हिमाली संचार संवाददाता
५०९ पटक

कैलाली – सुदूरपश्चिम प्रदेशमा २४ घण्टाभित्र थप २३ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । आज गरिएको परीक्षणमा ५ महिला र १८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमित हुनेमा कैलालीको धनगढीका वर्ष २८ र ३८ का २ पुरुष, बैतडी पाटनका  वर्ष २६ का १ पुरुष, गोदावरी कैलालीका वर्ष ६६ का १ पुरुष, घोडाघोडी १ कैलालीका वर्ष ४१ का १ पुरुष, जोशीपुर १ कैलालीका वर्ष २८ का १ पुरुष, मोहोन्याल ५ कैलालीका वर्ष ३६,२६ का २ पुरुष रहेका छन् ।

यी लगायत २३ जनामा संक्रमण पुष्टि भएको  सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।  हालसम्म यस अस्पतालबाट १७ हजार ५३६ जनामने कोभिड १९ परीक्षण  गरिएको र १६ हजार ९३ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए ।

पछिल्लो २४ घण्टाभित्र २३८ जनाको परीक्षण भएको छ । हालसम्म कैलाली जिल्लामा मात्रै १४४१ जना कोरोना पोजेटिभ पुष्टि भएको छ भने हालसम्म उपचार भैरहेका शंकास्पद संक्रमित १७९ जना रहेको जनाइएको छ । ती मध्येबाट ७८ जना निको भई घर गइसकेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...