News Portal

कपनको झाडीमा कार्टुन भित्र एउटा बालिका, अर्की सानी नानीले “प्राप्तिका” नाम दिइन

हिमाली संचार संवाददाता
७५१ पटक
२०७७ साउन १४, बुधवार

काठमाण्डौ । कपनको झाडीमा कार्टुन भित्र एउटा बालिका भेटिइन् सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए । नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो चिज देखेका थिए ।

छेउको झाडीमा एउटा कार्टुन थियो। कार्टुनभित्र न्यानो कपडाले शरीर बेरिएको बच्चा थियो । घरमा ओछ्यानमा जस्तै पल्टिदै गरेकी एउटा अबोध बच्चा हाई हाई गरिरहेकी थिइन । कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी झुम्मिए। उनीहरूले ती बालिकाको तस्बिर र भिडिओसमेत खिचे । भिडिओमा बालिकाहरूले ‘हाम्रो घरमा लगम् न दिदी प्लिज। कस्तो क्युट छ हामीलाई मनपर्‍यो। हाम्रो बहिनी बनाउने नि प्लिज, उनको नाम समेत “प्राप्तिका” राख्ने भनेको सुनिन्छ। 

त्यतिन्जेल बालिकासँग गएकी निष्मा बोहोराले ‘मामु’लाई खबर गरिसकेकी थिइन्। उनीहरूकी ‘मामु’ पुष्पा अधिकारी हुन्। पुष्पाले ‘केयर बाल गृह’ मा १५ बालिका र एक बालकको हेरचाह गर्दै आएकी छिन्। ‘नानीहरूले मामु छिटो आउनुस् न भन्दै मलाई फोन गरिरहेका थिए,’ पुष्पाले भनिन्,’उनीहरूलाई पनि मैले सानोदेखि नै पालेकी थिए। बच्चाहरू एकदम मन पराउँछन्।

यो भिडियो आज दिनभर भाइर भएको थियो । स्तम्भकार दिल निसानी मगरले समेत बच्चा जन्माएर किन फ्याँकेको होला यसरी झाडीमा । हेर कति सुन्दर अनि निर्दोष बच्चा । आकाशेधारा काठमाडौमा भेटिएको। ति पापी आमालाई हार्दिक श्रद्धान्जली। भनेर सामाजिक संजालमा स्टाटस लेखेर यो भिडियो राखेका थिए ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...