News Portal

कपनको झाडीमा कार्टुन भित्र एउटा बालिका, अर्की सानी नानीले “प्राप्तिका” नाम दिइन

हिमाली संचार संवाददाता
६६३ पटक
२०७७ साउन १४, बुधवार

काठमाण्डौ । कपनको झाडीमा कार्टुन भित्र एउटा बालिका भेटिइन् सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए । नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो चिज देखेका थिए ।

छेउको झाडीमा एउटा कार्टुन थियो। कार्टुनभित्र न्यानो कपडाले शरीर बेरिएको बच्चा थियो । घरमा ओछ्यानमा जस्तै पल्टिदै गरेकी एउटा अबोध बच्चा हाई हाई गरिरहेकी थिइन । कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी झुम्मिए। उनीहरूले ती बालिकाको तस्बिर र भिडिओसमेत खिचे । भिडिओमा बालिकाहरूले ‘हाम्रो घरमा लगम् न दिदी प्लिज। कस्तो क्युट छ हामीलाई मनपर्‍यो। हाम्रो बहिनी बनाउने नि प्लिज, उनको नाम समेत “प्राप्तिका” राख्ने भनेको सुनिन्छ। 

त्यतिन्जेल बालिकासँग गएकी निष्मा बोहोराले ‘मामु’लाई खबर गरिसकेकी थिइन्। उनीहरूकी ‘मामु’ पुष्पा अधिकारी हुन्। पुष्पाले ‘केयर बाल गृह’ मा १५ बालिका र एक बालकको हेरचाह गर्दै आएकी छिन्। ‘नानीहरूले मामु छिटो आउनुस् न भन्दै मलाई फोन गरिरहेका थिए,’ पुष्पाले भनिन्,’उनीहरूलाई पनि मैले सानोदेखि नै पालेकी थिए। बच्चाहरू एकदम मन पराउँछन्।

यो भिडियो आज दिनभर भाइर भएको थियो । स्तम्भकार दिल निसानी मगरले समेत बच्चा जन्माएर किन फ्याँकेको होला यसरी झाडीमा । हेर कति सुन्दर अनि निर्दोष बच्चा । आकाशेधारा काठमाडौमा भेटिएको। ति पापी आमालाई हार्दिक श्रद्धान्जली। भनेर सामाजिक संजालमा स्टाटस लेखेर यो भिडियो राखेका थिए ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...