News Portal

ओली र प्रचण्डको वान टु वान सकियो, फेरि कुरा मिलेन

हिमाली संचार संवाददाता
५४७ पटक

२०७७ असार ३१, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ।

बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अध्यक्षद्वयले ‘वान टु वान’ वार्ता गरेका हुन्। दिउँसो साढे दुई बजेसम्म चलेको छलफल सकिएपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्।

बालुवाटार स्रोतका अनुसार अघिल्लो बुधबारको छलफलपछि मंगलबार प्रचण्ड र ओलीले एक्लाएक्लै छलफल गरेका थिए। मंगलबार कुरा नमिलेपछि बुधबारका लागि छलफल तय भएको थियो। आजको छलफलसमेत उपलब्धिमूलक नभएको स्रोतको दाबी छ।

पार्टी भित्र आन्तरिक विवाद चर्किदै जाँदा शुक्रबारका लागि बोलाइएको स्थायी समिति बैठक साउन २ गतेसम्म सरेको छ। स्थायी समिति बैठक स्थगित भएपछि प्रचण्ड शनिबार चितवन गएका थिए।

सोमबार काठमाडौं फर्किएपछि प्रचण्ड भेट र छलफलमा सक्रिय छन्। बुधबार बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गर्नुअघि प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए।

प्रचण्डले सोमबारसमेत वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए। मंगलबार बिहान भने उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेर प्रचण्ड बालुवाटार पुगेका थिए।

बालुवाटारमा ओली र प्रचण्डको छलफल सकियो !

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन। प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल र उपाध्यक्ष गौतमले प्रधानमन्त्रीको राजीनामा माग्दै आएका छन्।

प्रधानमन्त्री ओलीले भने पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान राख्दै आएका छन्। प्रधानमन्त्रीको यही अडानले कुरा नमिलेको प्रचण्ड पक्षको दाबी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...