News Portal

ओली र प्रचण्डको वान टु वान सकियो, फेरि कुरा मिलेन

हिमाली संचार संवाददाता
६०९ पटक

२०७७ असार ३१, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ।

बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अध्यक्षद्वयले ‘वान टु वान’ वार्ता गरेका हुन्। दिउँसो साढे दुई बजेसम्म चलेको छलफल सकिएपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्।

बालुवाटार स्रोतका अनुसार अघिल्लो बुधबारको छलफलपछि मंगलबार प्रचण्ड र ओलीले एक्लाएक्लै छलफल गरेका थिए। मंगलबार कुरा नमिलेपछि बुधबारका लागि छलफल तय भएको थियो। आजको छलफलसमेत उपलब्धिमूलक नभएको स्रोतको दाबी छ।

पार्टी भित्र आन्तरिक विवाद चर्किदै जाँदा शुक्रबारका लागि बोलाइएको स्थायी समिति बैठक साउन २ गतेसम्म सरेको छ। स्थायी समिति बैठक स्थगित भएपछि प्रचण्ड शनिबार चितवन गएका थिए।

सोमबार काठमाडौं फर्किएपछि प्रचण्ड भेट र छलफलमा सक्रिय छन्। बुधबार बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गर्नुअघि प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए।

प्रचण्डले सोमबारसमेत वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए। मंगलबार बिहान भने उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेर प्रचण्ड बालुवाटार पुगेका थिए।

बालुवाटारमा ओली र प्रचण्डको छलफल सकियो !

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन। प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल र उपाध्यक्ष गौतमले प्रधानमन्त्रीको राजीनामा माग्दै आएका छन्।

प्रधानमन्त्री ओलीले भने पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान राख्दै आएका छन्। प्रधानमन्त्रीको यही अडानले कुरा नमिलेको प्रचण्ड पक्षको दाबी छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...