News Portal

भारतमा गोर्खा सैनिकमाथी सामाजिक सञ्जाल प्रयोगमा रोक

हिमाली संचार संवाददाता
१७४६ पटक
२०७७ आसाढ २, मंगलवार

दिल्ली – नेपाल सरकारले भारतद्वारा आफ्नो अतिक्रमित भू-भागलाई समेत समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा सांसदबाट सर्वसहमतीद्वारा पारित लगत्तै भारत सरकारले आफ्नो गोर्खा पल्टनका नेपाली जवानहरुलाई सामाजिक सञ्चाल फेसबुक म्यासेन्जरहरुमा हिँजो देखि प्रतिबन्ध लगाउने आन्तरिक सर्कुलर तथा आदेश जारी गरेको छ।

श्रोतका अनुसार दुई देश बिचको सिमा बिबाद जटिल बन्दै गएको बेला आफ्नो देश प्रति अभिव्यक्ति दिन र बोल्न प्रतिबन्द लगाउनको निमित्त गोर्खा बटालियनका कमान्डरहरुलाई कडा आदेश दिएको छ।

गोर्खा सैनिकहरुलाई समाजिक सञ्जालबाट बन्चित गराउदै कसैको मोबाईलमा फेसबुक, म्यासेजर जस्ता एप्सहरु भेटिएको खण्डमा कडा कार्यबाही गर्ने  चेतावनी समेत दिई सकेको श्रोतले बताएको हो।

यदि सम्पुर्ण गोर्खा बटालियनहरुमा रुलिङ हुकुम भए पश्चात बन्द पालना नगर्ने गोर्खा सिपाहीले सैनिक अपराधको कानुन अनुसार देशद्रोहीको मुद्दा लगाएर जन्म कैद तथा फाँसी लगाउन सक्नेसम्मको सजाय हुन सक्छ।

तसर्थ देशभक्त नेपाली युवाहरूको मनोबलमा ह्रास आउनुका साथै मानव अधिकार, आफ्नो राष्ट्रियता र राष्ट्रीय भावनालाई कुण्ठित गरि त्रासमा बाँच्न विवस तुल्याएको उनीहरुको बुझाई छ।

यो दुई देश बिचको सिमा बिबादको सवालमा दुई देश बिचकै बार्ता र सम्बादबाट समाधान खोजिनु पर्ने गोर्खा सैनिकहरुको धारणा रहेको छ।

भारत सरकारले यो समस्यालाई हल गर्न नखोजी यस्तै हेपाहा प्रवृति जारी राखे नेपाल सरकारले गोर्खा सैनिकहरुप्रति बैकल्पिक योजना बनाई स-सम्मान नेपाली सेनामा समाहित गराउने निर्णय लिए हजारौं गोर्खा नेपाली सेनाहरुले बिद्रोह गरि नेपाली सेनामा समाहित भई राष्ट्रियताको लागि भारतबिरुद्ध लड्न तयार हुने परिस्थिती बन्न सक्नेछ श्रोतको दाबी छ। 

पछिल्लो समयमा भारतको आफ्नो हेपाहा र मिचाहा प्रबृतिको कारण आफ्नो सम्पूर्ण छिमेकी देशहरुसंग सिमा बिबादको कारण कसैसंग पनि सम्बन्ध राम्रो नभएको भारत सरकारले नेपालसंग सिमा बिबाद चर्किदा भारत झन ठूलो संकटको भुमारिमा फसिरहेको जानकारहरु बताउँछन।

पछिल्लो समय भारतको बौद्धिक सर्कल र नेपाल भारत सम्बन्धको जानकार तथा कुटनैतिज्ञहरुले भारत सरकारलाई दिएको सल्लाह सुझाब तथा यो मामिलामा दिएको अभिव्यक्तिहरुले यस्तो पुष्टि गर्दछ।

यसै कारण नेपालले संसदको तल्लो सदन प्रतिनिधि सभाले निशान छापमा नेपालको नया राजनीतिक नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक सर्बसहमतिले पारित गरेको केही समयमा भारतको रक्षामन्त्री राजनाथ सिंहले दुई देशबिच रहेको सिमा समस्याको समाधान आपसी छलफल र संवादद्वारा समाधान गर्ने अभिव्यक्ति आएको थियो। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...