News Portal

स्वदेश फर्किने कुवेतबासी नेपालीहरुको पक्षमा एनआरएनए कुवेतले गर्यो यस्तो कार्य

हिमाली संचार संवाददाता
६४९ पटक

कुवेत – कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी, तथा स्वदेश फर्किन नापईरहेका कुवेतमा रहेका नेपाली नागरिकहरुको पक्षमा एनआरएनए कुवेतले उडान भाडादर भन्दा तीन गुणा बढी महंगो परेकोले आफ्नो  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कुवेतमा श्रमिकहरु साँझ-बिहानको छाक टार्न समस्या भइरहेकोबेला नेपाल सरकारले तोकेको भाडादरमा उचित सहुलियतसहित पुन: निर्धारण गर्नको लागी गैरआवसीय नेपाली संघ कुवेतले सरकारसंग मागसमेत गरेको छ।

एनआरएनए कुवेतले जारि गरेको विज्ञप्ति यस्तो छ:

प्रेस विज्ञप्ति

कोरोना भाइरस (COVID-19) का कारण विश्वभरी विपद आइपर्यो। वैदेशिक रोजगारी वा विभिन्न प्रायोजनका लागि विदेशमा लामो समयदेखी वेतलवी, विदामा घर फर्किनको लागि हवाई टिकट समेत तय भैसकेका, शारिरिक अस्वस्थ्यता लगाएत विभिन्न समस्याहरुसंग जुध्दै अलपत्र परिरहेका नेपालीहरुलाई नेपाल सरकारले स्वदेश फर्काउन सुरु गरिसकेको छ। हालसम्म युएइ, म्यानमार र कुवेतबाट केही नेपालीहरुलाइ फर्काइसकेको पनि छ। सरकारको यो महान कार्यको लागि गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवैत हार्दिक धन्यवाद व्यक्त गर्दछ।

कुवेतको हकमा कुवेतबाट अवैधानिक हैसियतमा रहेर आममाफी पाएकाहरु २९९१ जनालाई कुवेत सरकारले आफ्नै खर्चमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुयाउन उडान शुरु गरिसकेको छ। नेपाल सरकारले निर्णय गरेको निर्णय अनुसार अन्य विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरु नेपाल सरकारले तोकेको भाडादरमा आफै तिरेर नेपाल फर्किन बाध्य हुनेछन।

कुवेतको हकमा अलपत्र परेका नेपाली कामदारहरुलाई स्वदेश फिर्तिको लागि नेपाल सरकारले ५७० डलर (१७५ कुवेती दिनार) तोकेको छ। श्रमिकको हकमा यो सामान्य उडान भाडादर भन्दा तीन गुणा बढी महंगो परेकोले गैरआवसीय नेपालि संघ राष्ट्रिय समन्वय परिषद कुवेतको गम्भीर ध्यानाकर्षण भएको छ। कुवेतमा श्रमिकहरु साँझ बिहानको छाक टार्न समस्या भइरहेको बेला नेपाल सरकारले घरबारी नै बेचेर स्वदेश फर्किनुपर्ने बाध्यता बनाएको परिस्थिति कुनै पनि हालतमा श्रमिकको हितमा नभएको हुनाले गन्तव्य मुलुकबाट फर्किने भाडादर उचित सहुलियत सहित पुन: निर्धारण गर्नको लागी गैरआवसीय नेपाली संघ कुवेत गम्भीर ध्यानाकर्षण सहित माग राख्दछौं।

महासचिव                                                                                                    अध्यक्ष 

दिलकुमार पाखीन                                                                                       सुजन केसि

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...