News Portal

भारतीय गोर्खा सेनाभित्र आन्तरिक छानबिन शुरु, कार्बाही गर्ने सरकारको भित्री तयारी

हिमाली संचार संवाददाता
४९४९ पटक
२०७७ जेठ १२, सोमवार

काठमाडौ – भारतीय  गोर्खा रेजिमेन्ट कम्पनी अन्तर्गत भारतीय सेनामा कार्यरत गोर्खाली सेना भित्र भारत सरकारले आन्तरिक छानबिन शुरु गरेको खबर छ। भारतले पछिल्लो समय नेपालको भूमि अतिक्रमण गरेर जारी गरेको उसको राजनैतिक नक्सालाई अस्वीकार गर्दै नेपालले पनि पछिल्लो समय आफ्नो अतिक्रमित भूमि सहित आफ्नो राजनैतिक नक्सा जारि गरे पछि दुई देशबिच टकराब बढेको हो।

श्रोतका अनुसार सिमा बिबाद बढेकै बेला गोर्खा रेजिमेन्ट कम्पनीमा कार्यरत आफ्नो गोक्खा  सैनिकहरु नेपालको पक्षमा कत्ती छ्न र भारतको पक्षमा कत्ती छन? दुई देशको बिबादको बारेमा उनिहरुको धारणा कस्तो छ ? उनिहरुको गतिबिधि र अभिब्याक्ति कस्तो छ ? भन्ने कुराको प्रत्येक पल्टन भित्र गोप्य छानबिन अगाडी बढाउनुका साथै सामाजिक संजालमा उनीहरुले गरेको गतिबिधि र अभिब्याक्तिहरु रेकर्ड समेत हेरिएको दाबी छ।

केही नेपाल समर्थक गोर्खा सैनिकको नामवली भारत समर्थक नेपाली गोर्खा अफिसरहरुले भारत सरकारलाई बुझाएको र छिट्टै ती नेपाल प्रति सकारात्मक धारणा राख्ने सकारात्मक लेख्ने र अभिब्याक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने देखि कार्बाही गर्ने सम्मको भित्र भित्रै आन्तरिक तयारी भारत सरकारले गरिरहेको श्रोतको दाबी छ। हाल भारतमा ४० हजारको हाराहारीमा नेपालीहरु ब्याबसायिक सेनामा कार्यरत छ्न।       

४२ बटालियन गोर्खा रेजिमेन्ट र TA  बटालियन ६ गरेर सिक्किम स्कट १ गरी गोर्खा रेजिडेन्टमा मात्रै ४९ बटालियन रहेको छ। अन्य सैनिक रेजिमेन्ट आसाम राईफल आर्टिलरी मेकनाईज इन्फेन्ट्री ज्याक राइफलमा समेत समावेश गराई थुप्रै गोर्खालीहरुले भारतीय माटोको सेवा गरिरहेका छन। यकिन तथ्यांक नभए पनि गोर्खा रेजिमेन्टमा आसाम सिक्किम दार्जीलिङ देहरादुन नेपाली भाषी सहितको समिश्रण बटालियन रहेको छ।  नेपाली नागरिकता बोकेर जाने मात्रै त्याहाँ  ७०% रहेका छन् भने सबै मिलाउदा ४० हजारको बिचमा कुल संख्या हुन पुग्छ।  

उक्त बटालियनमा देशभक्त नेपाली भावनालाई सोही देशको कर्मचारी भएकोले देशद्रोहीको मुद्धा चलाउन सक्ने पनि श्रोतको दाबी छ। यदी भारतीय सेनामा कार्यरत नेपालीहरुलाई आफ्नो देशको निम्ति सकारात्मक धारणा राखेकै कारण देशद्रोहीको मुद्धामा जेल चलान भयो भने नेपाली दूतावास र नेपाल सरकारले सकारात्मक भुमिका खेल्ने उनिहरुको अपेक्षामा रहेको छ।

नेपाल सरकारले उचित सम्बोधन र ब्यावस्थापन गरेको खण्डमा भारतीय सेनाको जागिर छोडेर फर्किने हजारौ देशभक्त नेपालीहरुको भावना जागृत भएको पनि श्रोतको दाबी छ। यदि भारत सरकारले देश द्रोहको मुद्दा हालेर कार्बाही गरेको खण्डमा उनिहरुले आफ्नो जीवन रक्षाको लागि पनि नेपाल सरकारले पहल कदमी लिने आन्तरिक श्रोतको अपेक्षा रहेको छ ।

दुई देश बिचको आन्तरिक समस्याको समाधान भारत सरकार र नेपाल सरकार बिच कूटनैतिक सम्बन्धद्वारा समाधान हुने विश्वास रहेको छ । हाल भारतको नेपाल, चीन, पाकिस्तान र श्रीलंका लगायतका आफ्नो छिमेकी मुलुकहरुसंग सिमा विवाद रहेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...