News Portal

भूकम्पले काठमाडौं उपत्यका हल्लाएपछी…

हिमाली संचार संवाददाता
६७४ पटक
२०७७ जेठ ८, बिहिबार

काठमाडौँ – बिहीबार बिहान काठमाडौं उपत्यकावासीलाई एकैछिन हल्लाएको छ। उपत्यकामा केन्द्रबिन्दू भएर भूकम्प गएपछि छोटो समयका लागि उपत्यकावासी झस्केका थिए। भक्तपुरको अनन्तलिंगेश्वर केन्द्र बिन्दू भएर भुकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८:१४ बजे ३.४ रेक्टर स्केलको भूकम्प गएको हो।

मापन सानो भए पनि उपत्यकामै केन्द्रबिन्दू परेकाले त्यसले भने केही समय हल्लाएको थियो। रातिमात्र दार्चुलामा भूकम्प गएको थियो। बिहान २:४१ बजे ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। केन्द्रले ४ रेक्टर स्केलदेखि माथिका भूकम्पको विवरण आफ्नो वेभसाइटमा राख्ने गर्दछ तर जनचासो बढेपछि त्यसमुनिका धक्काबारे पनि जानकारी दिने गर्दछ।

मौसम बिग्रिदा त्रास उस्तै !

नेपालको मौसम यतिबेला बिग्रिरहँदा झन् भूकम्पका धक्काहरु गइरहँदा जनमानसमा चिसो पसेको छ। कोरोना भाइरसको संक्रमणले तर्साइरहेकै समयमा प्राकृतिक विपत्ति आउन थालेपछि भने बुढाबुढीहरुले कलियुगमा के हुन लागेको हो भनी आत्तिएका छन्। अंपुन चक्रवातको प्रभावले बिहीबार देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले यसको प्रभाव अझै दुई दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चक्रवात अंपुनको अप्रत्क्ष प्रभावले आज देशको पूर्वी भूभागमा पूर्ण बदली रही केही स्थान र पश्चिमी तथा मध्यका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए। चक्रवात वेस्त बङ्गाल र बङ्गलादेशको तटीय क्षेत्र पार गरी लगाातार उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ। त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तर–पूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको जनाइएको छ।

मौसमविद्का अनुसार चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थान प्रभावित भई आगामी दुई दिनसम्म केही स्थानमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने तथा पूर्व र मध्यक्षेत्रमा खोलानालामा जलप्रवाहमा बढोत्तरी हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

राति देशको पूर्वी भूभागमा पूर्ण बदली रही बाँकी भूभाग बदली भई पूर्वी भूभागका केही स्थान र मध्य भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागमा शुक्रबार सामान्य बदली रही पूर्वी भूभागका केही स्थान साथै मध्य र पश्चिमी पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शनिबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणानुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव तीन डिग्री सेल्सियस रहेको छ। बिहीबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव चार डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...