News Portal

बाँकेमा रगत अभाव कम गर्न रक्तदान कार्यक्रम

हिमाली संचार संवाददाता
५०६ पटक
चैत्र २१, २०७६ शुक्रबार

नेपालगन्ज : कोरोना भाइरसका कारण यतिबेला देशपुरै लकडाउन छ। देशभर कोरोनाको त्राससँगै उत्पन्न परिस्थितिले बाँकेमा रगत अभाव भएको छ। जिल्लामै रगतको चरम अभाव देखिएपछि यतिबेला क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जमा रगतदान गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ।

शुक्रबार मात्र ‘निगरानि समुह’ बाँकेले केन्द्रमा देखिएको रगत अभावलाई सहयोग पु¥याउने उद्देश्य अनुरुप रक्तदान गरेको छ। निगरानी समुहको अनौपचारिक आयोजनामा गरिएको उक्त रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका भित्रका करि एक दर्जन युवाहरुले रगत दान गरेकाछन्।

कोरोना संक्रमणका कारण सरकारले लकडाउन र बाँके प्रशासनले जनता कफ्र्यू जारी राखेको अवस्थामा पनि ती युवाहरु रक्त सञ्चार केन्द्रमा पुगेर रगत दान गरेको निगरानी समूह बाँकेका अध्यक्ष कमल न्यौपाने बताउँछन्।

उनका अनुसार बाँकेमा रगत अभाव हुन नदिन कोरोना र लकडाउनको जोखिम मोलेरै भएपनि आम नागरिकले रगत दान गर्नुपर्ने देखिन्छ।

विशेषगरि संस्थागत रुपमा रक्तदान गर्ने क्रम रोकिएपछि रगत अभाव भएको हो। संस्थागत रक्तदान नभएपछि नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जले रक्तदान गर्ने व्यक्ति ल्याएपछि मात्र रगत दिने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मी बताउँछन्।

रगत अभाव भइरहेको बेला रगत दान गरेर मानवीय सेवामा समर्पित हुन प्रेरित गर्दै रक्तदानमा लाग्न रक्तदाता ऋषी देवकोटाले आग्रह गरे। उनले स्वास्थ्य जोखिमको घडीमा रगत आवश्यक पर्ने भएकाले ब्यक्तिगत तथा संस्थागत नियमित रक्तदाताले रगत दान गर्न जोड दिए।

यतिबेला रक्त सञ्चार केन्द्रमा इमरजेन्सीका लागि थोरै रगत मौज्दात राखिएको रक्त प्राविधिक सुनिता श्रेष्ठ बताउछिन् । उनले जति रगत आवश्यक छ त्यति रगत दिने दाता ल्याउनेलाई मात्र रगत दिन सकिने अवस्था रहेको बताइन्।

कोरोना भाइरस र लकडाउनले रक्तदानमा कुनै असर नपर्ने बताउँदै रक्तदाता अनील आचार्यले बाँकेमा देखिएको रगत अभाव पूर्तीका लागि बेलैमा रक्तदान गर्न आम नागरिकलाई अपील गरेका छन्।

यतिबेला लकडाउन र कोरोना भाइरसको संत्रासका कारण नियमित रगतदाताले समेत रक्तदान नगरेकाले समस्या आउन सक्छ। रगत अभावबाट सिर्जना हुने समस्या समाधानका लागि रगत दान गर्नुको विकल्प छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...