News Portal

बाँकेमा रगत अभाव कम गर्न रक्तदान कार्यक्रम

हिमाली संचार संवाददाता
५६८ पटक
चैत्र २१, २०७६ शुक्रबार

नेपालगन्ज : कोरोना भाइरसका कारण यतिबेला देशपुरै लकडाउन छ। देशभर कोरोनाको त्राससँगै उत्पन्न परिस्थितिले बाँकेमा रगत अभाव भएको छ। जिल्लामै रगतको चरम अभाव देखिएपछि यतिबेला क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जमा रगतदान गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ।

शुक्रबार मात्र ‘निगरानि समुह’ बाँकेले केन्द्रमा देखिएको रगत अभावलाई सहयोग पु¥याउने उद्देश्य अनुरुप रक्तदान गरेको छ। निगरानी समुहको अनौपचारिक आयोजनामा गरिएको उक्त रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका भित्रका करि एक दर्जन युवाहरुले रगत दान गरेकाछन्।

कोरोना संक्रमणका कारण सरकारले लकडाउन र बाँके प्रशासनले जनता कफ्र्यू जारी राखेको अवस्थामा पनि ती युवाहरु रक्त सञ्चार केन्द्रमा पुगेर रगत दान गरेको निगरानी समूह बाँकेका अध्यक्ष कमल न्यौपाने बताउँछन्।

उनका अनुसार बाँकेमा रगत अभाव हुन नदिन कोरोना र लकडाउनको जोखिम मोलेरै भएपनि आम नागरिकले रगत दान गर्नुपर्ने देखिन्छ।

विशेषगरि संस्थागत रुपमा रक्तदान गर्ने क्रम रोकिएपछि रगत अभाव भएको हो। संस्थागत रक्तदान नभएपछि नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जले रक्तदान गर्ने व्यक्ति ल्याएपछि मात्र रगत दिने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मी बताउँछन्।

रगत अभाव भइरहेको बेला रगत दान गरेर मानवीय सेवामा समर्पित हुन प्रेरित गर्दै रक्तदानमा लाग्न रक्तदाता ऋषी देवकोटाले आग्रह गरे। उनले स्वास्थ्य जोखिमको घडीमा रगत आवश्यक पर्ने भएकाले ब्यक्तिगत तथा संस्थागत नियमित रक्तदाताले रगत दान गर्न जोड दिए।

यतिबेला रक्त सञ्चार केन्द्रमा इमरजेन्सीका लागि थोरै रगत मौज्दात राखिएको रक्त प्राविधिक सुनिता श्रेष्ठ बताउछिन् । उनले जति रगत आवश्यक छ त्यति रगत दिने दाता ल्याउनेलाई मात्र रगत दिन सकिने अवस्था रहेको बताइन्।

कोरोना भाइरस र लकडाउनले रक्तदानमा कुनै असर नपर्ने बताउँदै रक्तदाता अनील आचार्यले बाँकेमा देखिएको रगत अभाव पूर्तीका लागि बेलैमा रक्तदान गर्न आम नागरिकलाई अपील गरेका छन्।

यतिबेला लकडाउन र कोरोना भाइरसको संत्रासका कारण नियमित रगतदाताले समेत रक्तदान नगरेकाले समस्या आउन सक्छ। रगत अभावबाट सिर्जना हुने समस्या समाधानका लागि रगत दान गर्नुको विकल्प छैन।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...