News Portal

देशभरमा ३० हजार कामदार अलपत्र

जीवन बस्नेत
५४८ पटक
काठमाडौं १९, २०७६ चैत

सरकारले एक स्थानबाट अर्को स्थानमा जानसमेत प्रतिबन्ध गरेपछि निर्माण क्षेत्रमा रहेका करिब ३० हजार कामदार आफ्नो घर फर्किनबाट वञ्चित भएका छन्।

आ-आफ्नो गन्तव्यमा फर्किनुपर्ने सबै मजदुर एवं सर्वसाधारण फर्किसकेको भन्दै गृह मन्त्रालयले आवतजावत रोक्न प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेको छ।

गृहको परिपत्रले अझै घर फर्किने तयारीमा रहेका कामदार अलपत्र परेका हुन्। नेपाल निर्माण व्यवसायी महासंघका अनुसार विभिन्न जिल्लामा करिब ३० हजार कामदार अझै घर जाने तयारीमा छन्।

‘सरकारले काम गर्न रोक लगाएपछि निर्माणस्थलमा क्याम्प बनाएर बसेका छन्, काम नभएपछि दैनिक ज्याला पनि छैन,’ महासंघका अध्यक्ष रवि सिंहले भने, ‘अर्कोतिर केही दिनमै रासनलगायतका अत्यावश्यक सामान पनि सकिने अवस्था छ।

घर जान पनि नपाउने भएका छन्। लकडाउनको समय वृद्धि हुँदै जाँदा कामदारलाई कठिनाइ हुँदै जानेछ। सोमबारसम्म विभिन्न जिल्लाबाट ४० हजार कामदार घर फर्किसकेको महासंघले जानकारी दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने सबै जिल्लाबाट कामदार घर फर्काउने काम सकिएको जानकारी पाएकाले प्रमुख जिल्ला अधिकारीलाई अब आवतजावतमा रोक लगाउन परिपत्र गरिएको जानकारी दिए।

‘यसरी त कहिल्यै नसकिने भयो त, हामीले घर जानेहरू फर्किसकेको भनेर बन्द गरेका हौँ,’ उनले भने। त्यस्तो समस्या भए सम्बन्धित जिल्लाबाट अनुमति लिएपछि फर्किन सकिनेसमेत बताए।

करिब ३ हजार भारतीय मजदुर अलपत्र

निर्माण व्यवसायीका अनुसार नेपालीबाहेक करिब ३ हजार भारतीय कामदार पनि अलपत्र परेका छन्। कामदारहरूले नेपाल–भारत सीमासम्म पु¥याउन आग्रह गरेका छन्।

तर, त्यसो गर्दा असुरक्षित र केही भइहालेमा जिम्मेवारी हुनुपर्ने भएकाले निर्माण व्यवसायीले आँट गरेका छैनन्। ‘यो विषय भारतीय दूतावाससँग समन्वय गरेर मात्र समाधान गर्नुपर्ने देखिन्छ,’ महासंघका अध्यक्ष सिंहले भने।

यसअघि १५ चैतमा गृह मन्त्रालयले कोरोनाका कारण भएको लकडाउनले गर्दा देशभर रहेका निर्माण व्यवसाय क्षेत्रमा कार्यरत कामदारहरू आ-आफ्नो गृहजिल्ला लैजाने निर्णय गरेको थियो।

मन्त्रालयमार्फत निर्माणसम्बन्धी कार्यहरू रोकिएका कारण कामदारका रूपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकलाई आफ्नो गृहजिल्लासम्म उद्धार गरी पुर्‍याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिएको थियो।

सोहीअनुसार व्यवस्था मिलाउन र प्रशासनसँग समन्वय गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको थियो।

अलपत्र कामदार घर फर्काउने यस्तो व्यवस्था

सबैभन्दा पहिला अलपत्र परेका कामदारलाई उनीहरूको घरमा पुर्‍याउनका लागि काम बन्द भएको पत्र सम्बन्धित आयोजना वा कार्यालयले दिनुपर्नेछ।

त्यस्तै, कामदारको नाम, ठेगाना सहितको विवरण हुनुपर्नेछ। गन्तव्य जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्ने र नामावली पठाउनुपर्नेछ।

बीचबाटोमा सवारीसाधन रोक्न नहुने र अन्य यात्रु चढाउन पाउनेछैन। सवारीसाधन फर्काउँदा कुनै पनि यात्रु नचढाइएको सुनिश्चितता गर्नुपर्नेछ।

यसबाहेक गन्तव्य जिल्लाले फर्केका कामदारलाई उनीहरूका घरमै क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई जानकारी गराउनुपर्नेछ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...