News Portal

  • मुत्लासिटी प्रोजेक्ट: उच्च जोखिम मोल्दै नेपाली कामदार, बिना लाईसेन्स गाडी चलाउन लगाईन्छ !

    पीडित नेपालीलाई छिटोभन्दा छिटो नेपाल फर्कने वातावरण बनाइयोस : प्रबक्ता राजकुमार राई

    हरि बहादुर बानियाँ
    ११५६ पटक

    कुवेत २०, २०२० फेब्रुअरी : मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा सुरक्षित तवरले काम गर्ने स्थिती नरहेको कारणले नै ६ जना नेपालीहरुको मृत्यु भएको रहेछ। कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीहरु मृत्यु भएको मुत्ला सिटी प्रोजेक्ट कम्पनीमा हामी पुगी कम्पनीका नेपालीहरुसँग कुराकानी गर्‍यौ।

    कुवेतस्थित युनिभर्सल कम्पनी मार्फत सप्लाइ भैइ मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा हजारौं नेपाली कामदारहरु कार्यरत भएको कम्पनीमा जोखिमपूर्ण काम गरिरहेका छन।

    उनीहरुको दुखेसो सुनेर रिपोर्टिङमा पुगेका हामी समेत स्तब्ध भयाै। दाई हामीलाई बिना सेप्टी त्यस्तो जोखिम काम लगाइरहेको छ यो चाइनिज कम्पनीले। अहिले हामी आन्दोलनमा छौ, हामिलाई हाम्रो देश फिर्ता गरियोस् भन्छौं। कम्पनीले चाहिँ काममा पुनः फर्किनु भनेर खबर गरिरहेको छ तर हामी तेस्तो जोखिमपुर्ण काममा फर्किदैनौ।

    हिजोको दुर्घटना हामीलाई पनि न होला भन्नसकिन्न हाम्रो काम गर्ने ठाउमा कुनै तेस्तो सेप्टी छैन तेहिभएर यो बिरानो मुलुकमा अकालमा ज्यानगुमाउनु भन्दा बरु आफ्नो देश फर्किने घरपरिवारसँगै सिस्नो खोले खाने मर्नुपरेनी परिवारको साथमा मरौला त्यहाँ कार्यरत नेपालीहरुको आवाज हाम्रो माझ गुन्जिरहेको थियो।

    सोहि कम्पनीमा कार्यरत नेपाली ड्राइभर दाजुभाइहरुको पनि उस्तै गुनासो थियोे। हामिलाई पनि जोखिमपूर्ण काम लगाइरहेको छ। अहिले यो कम्पनीमा हामी आएको २३ महिना लागिसक्यो अहिलेसम्म बिनालाइसेन्स गाडी चलाउन लगाइरहेको छ। हामिलाई अहिलेसम्म भगवानको कृपाले तेस्तो कुनै दुर्घटना भएको छैन। कहिलेकाही गाडी कुदाउदै गर्दा झट्ट याद आउँछ हैट म सँग लाइसेन्स छैन। बिस्तारै कुदाउनु पर्छ गाडी भनेर। अलिक सोलो गरेर टिफर कुदायो भने कम्पनीको मेनेजरले थाहा पायो भने सिधै ५ कुवेती दिनार जरिवाना तिर्नुपर्छ।

    मलाई एउटा पुरानो उखानको याद आयो न खाउ भने दिनभरीको सिकार खाउ भने कान्छा बाउको अनुहार तेस्तै भएको रहेछ। त्यो चाइनिज कम्पनीको ड्राइभर नेपाली दाजुभाइहरुलाई स्पीड गाडी कुदाउ भने लाइसेन्स छैन, केही दुर्घटना भैइहाल कि भन्ने पिर, बिस्तारै कुदाउदा कम्पनीले जरिवाना लगाउने डर। मरीमरी ८ घन्टा काम गर्दा ५ कुवेती दिनार कमाइ हुदैन। गाडी बिस्तारै चलायो भनेर ५ कुवेती दिनार जरिवाना तिर्नुपर्छ।

    हामीलाई चाइनिज कम्पनीले विभिन्न बहाना बनाएर पीडित बनाइरहेको छ। कोहि नेपाली दाजुभाइहरु भन्नुहुदै थियो ८० दिनार बेसिक तलव हो। बस्न खाना छ, ओभरटाइम गरेर १३०/१४० कुवेती दिनार हुन्छ भनेर नेपालकाे मेनपावर कम्पनीमार्फत आएको हो हामी।

    नेपालको मेनपावर कम्पनीले यहाँ आउने समयमा पनि धेरै नाटक गरियो १० हजारको भौचरमा सहिछाप गराउन लगाएर प्रतिव्यक्ति १ लाख ५० हजारसम्म बुझाउन बाध्यतामा पार्‍यो नत्र तिमिहरुको भिसा क्यान्सल गरिदिन्छौ भनेर हामीबाट मेनपावर कम्पनीले पैसा उठायो हामी गरीबको ढाड पिल्सिने गरेर गरिब दुखी नेपालमा पनि स्वरोजगार नहुदा पीडित घरपरिवारको खुशीको लागि भए नि हामी बाध्य भएर बिदेशीनुको बिकल्प थिएन। त्यसपछि गरिबमारा मेनपावरलाई एक लाख पचास हजार बुझाउन बाध्य भयौं। त्यसपछी मात्र हाम्रो कुवेत आउने पक्का भयो।

    कुवेतको युनिभर्सल कम्पनीमा हामी आएको केहि दिन पछी युनिभर्सल कम्पानीले चाइनिज कम्पनी GCCG कम्पनीसँग सम्झौता गरेर सप्लाई गरिएको रहेछ। त्यसैभित्र हामी पनि परियौ। हामिलाई कामको लागि चाइनिज कम्पनीमा लगियो हामी त नेपालबाट काम गर्नेको लागि आएको हो। काम गर्न तयार भयाै तर काम एकदम नै जोखिम रहेछ ६ मिटर गहिराइसम्म गएर बिना सेप्टी पाइप लाइन बिछाउनु पर्ने माथिबाट बालुवाको ढिस्को झर्ने धेरै संभावना काम नगरुम रोजिरोटीको सवाल काम गरुम ज्यान जोखिम भन्दै एकजना नेपाली आँखा भरी आसुपार्दै हामीसामु उहाको मनको पीडा पाेखनु भयो।

    जब हामीले काम सुरुगरियो त्यो दिनदेखी अब हामी नेपाल फर्किएर जानू सकिँदैन होला भन्ने मनमा डरतत्रास थियो। केहि महिना अगाडीपनि त्यस्तै दुर्घटना भई एकजना पाल्पाको नेपालीले ज्यान गुमाउनु भयो। त्यो समयमा पनि हामीले आन्दोलन गरेकाे थियाे तर हामीलाई प्रहरी लगाएर पिटाइयो। फेरि यो GCCG कम्पनीमा त्यस्को ४ महिना पछी फेरी भयानक दुर्घटनामा परि एकैसाथमा ६ जना नेपाली दाजुभाइहरुले ज्यान गुमाउनु भयो।

    त्यसपछि मात्रै यो कुरा व्यापक तरिकाले बाहिर आयो त्यो घटनालाई निरीक्षण गर्नको लागि नेपाली दूतावास कुवेतबाट प्रतिनिधित्व गरेर पीडित नेपालीहरुको क्याम्पसम्म पुग्नुभएको थियो अरे तर उहाँहरुले नेपालीको पीडा नसुनी कम्पनीको प्रतिनिधिसँग कुराकानी गरेर अर्कैबाटो हुँदै कुनै नेपालीलाई थाहा नै नदिई कुलेलाम ठोक्नुभयो।

    अर्का एक जनाले फेरि थप्नु भयो नेपाली दूतावास कस्को लागि र केका लागि बसेको यहाँ हाम्रो पीडा सुन्नको लागि कि कम्पनीको पक्षपोषण गर्नको लागि हामीले कुरा न बुझेको यहाँ नीर हो भन्दै पिडित नेपालीहरुको गुनासो छ। हामी नेपाली दाजुभाइहरुको जिन्दगी जोखिममा छ। किन हाम्रो नेपाली दूतावासका कर्मचारीहरु आँखा नै बन्द गरेर हामीलाई केही खबर नगरी किन फर्किनुभयो।

    नेपाली राजदुतवाससमक्ष हाम्रो माग भनेको छिटो सजिलो तरिकाबाट युनिभर्सल कम्पनीसँग सहकार्यगरी नेपाल पठाउने वातावरण बनाइदियोस भन्ने मात्र हो। यति हाम्रो मागपनी नसुनी चोरबाटोबाट निस्क्नुभएछ राजदुतबास कुवेतबाट आउनुभएको कर्मचारीहरु हाम्रोलागी कस्तो दु:खद कुरा जहाँ गएनी हामी नेपालीहरुलाई नाताबाद कृपाबाद र नोटबादले न छोडने नै भयो।

    जुनदिन नेपाली राजदुतावासबाट जानुभएका कर्मचारीहरुको अगाडी त्यो कम्पनीको म्यानेजमेन्टबाट कामदारको अगाडि तपाईहरु कोको घर जाने दुई महिनाको बोनस सहिद हवाई टिकट उपलब्ध गराछौ भनेर प्रोमिस गरिएको रहेछ। नेपाली राजदुतावासबाट प्रतिनिधित्व गरेर जानुभएको कर्मचारीहरुको र कामदारको सामु तर त्यो कम्पनीको प्रोमिस एकैरातमा बदलियो। तिमीहरुलाई हामी केही दिन सक्दैन। तिमीहरु जानेभए सो इच्छाले जाउ भनेर विभिन्न कागजमा औठाछापा लगाउन लगायो।

    यस्तै नेपाली समाज कुवेतका प्रबक्ता राज कुमार राईले सिजिजिसी कम्पनीमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइहरुको उद्वारमा कुवेतस्थित नेपाली राजदुतावासले कम्पनीलाई दबाब दिएर छिटोभन्दा छिटो नेपाल फर्कने वातावरण बनाइदिन आग्रह समेत गरेका छन।

    यस अघि एनआरएनए कुवेतले पनि घाइते तथा कम्पनीका अन्य पीडित नेपालीहरुलाई भेटेको थियोे।

    प्रतिकृया दिनुहोस्

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal