News Portal

कोसेली समुह कुवेतको १२ औं वार्षिकोत्सव सम्पन्न

हिमाली संचार संवाददाता
४९५ पटक

कुवेत ०१, २०२० फेब्रुअरी : कोसेली समुह कुवेतको बाह्रौं वार्षिकोत्सव सम्पन्न भएको छ। कुवेतको फरवानियास्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो शुक्रबार साँझ कुवेतको नेपाली समाजको एक मात्रा छापा पत्रिका मरूभूमिको कोसेलीको ३१ औं अंक विमोचनको साथमा कोसेली समुहले १२ औं वार्षिकोत्सव मनाएको हो।

कार्यक्रम नेपाली राजदूतावास, कुवेतको नेपाली समाजमा कृयाशिल संघसंस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, साहित्यप्रेमी, कलाकारहरूको रोहबरमा भव्य रूपमा सम्पन्न भएको थियो।

कोसेली समुहका अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, दूतावासकै द्वित्तिय सचिव जानकी ओझा, एनआरएनए कुवेतका अध्यक्ष एवं कोसेली समुहका संस्थापक संरक्षक सुजन केसि, समुहका सल्लाहकार मनु भुजेल मगर, कार्यक्रम संयोजक राजन श्रेष्ठ, आदिवासी जनजाती महासंघ, पत्रकार महासंघ र जजिरा एयरका प्रतिनीधिको विेशेष आतिथ्यता तथा कुवेतमा कृयाशिल संघसंस्थाका पदाधिकारी/प्रतिनीधीहरू, विभिन्न मिडिया हाउसहरुमा कार्यरत पत्रकारहरू, कुवेतको नेपाली समाजका अग्रज सामाजिक व्यक्तित्वहरू, साहित्यप्रेमी सर्जकहरू, कलाकारहरू लगायत वार्षिकोत्सव समारोहमा उपस्थित कुवेतवासी सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा दीप प्रज्वलनको साथ समुहको १२ औं वार्षिकोत्सवको केक काटी समुहद्वारा प्रकाशित कुवेतको नेपली समाजको एक मात्र छापा पत्रिका मरूभूमिको कोसेली छापा पत्रिकाको ३१ औं अंकको विमोचन गरिएको थियो।

१२ औं वार्षिकोत्सवको शुभकामना दिंदै प्रमुख अतिथि महामहिम राजदूतले पत्रकार भनेको समाजको ऐना हो भन्दै पत्रकारहरूले आफुलाइ भन्दा पनि अरूलाइ सुशुचित गर्न अरूलाइ सभ्य बनाउन महत्वपुर्ण भूमिका खेल्नु पर्ने बताउँदै प्रवासको ठाउँमा पनि आफ्नै भाषाको छापा पत्रिका पढ्न पाउनु राम्रो कुरा भन्दै कोसेली पत्रिकाले दिर्घकालसम्म जानका लागि सुधार्नु पर्ने पक्षबारे औंल्याएका थिए।

एनआरएनए कुवेतका अध्यक्ष सुजन केसि, पत्रकार महासंघका सदस्य डम्बर प्रसाद रिमाल, जनजाती महासंघका महासचिव मञ्जित चाम्लिङ राइ, सामाजिक वुद्धिजीवि व्यक्तित्व खोप गुरूङ, सुदुरपश्चिमेली समाजकी अध्यक्ष निरूमाया खड्का लगायतका वक्ताहरूले शुभकामना दिने दिएका थिए।

दुइचरणमा सम्पन्न वार्षिकोत्सव समारोहमा पहिलो चरणमा शुभकामना मन्तव्य र दोश्रो चरणमा साहित्य वाचन तथा सांगीतिक प्रस्तुतिहरू पस्किएको थियो।

पहिलो चरणको कार्यक्रम छापा पत्रिकाका प्रधानसम्पादक तोयानाथ दाहालले गरेका थिए भने दोश्रो चरणको कार्यक्रम मरूभुमि हालचाल प्रमुख अमर खड्काले संचालन गरेका थिए।

तितोपाटी डटकमका प्रधानसम्पादक नबराज पन्थीको स्वागत मन्तव्य र समुहका सल्लाहकार सम्पादक एवं टिप्पणीकार हरिकृष्ण न्याैपानेले कोसेली समुहको गतिविधि बारे प्रकाश पारेका थिए।

कलमको माध्यमबाट संस्थाको स्तरोन्नतीको लागि अविछिन्न योगदान पुर्‍याएकोमा छापा पत्रिकाका प्रधानसम्पादनक तोयानाथ दाहाललाइ र संस्थाको विकास, बिस्तार र प्रवर्धनको लागि योगदान दिएकोमा कोषाध्यक्ष राजन श्रेष्ठलाइ सम्मान गरेको थयो।

मिडिया टिममा रहेर कार्य गर्ने अमर खड्का, बसन्त थापा, चन्द्र बहादुर बिक र जयनारायण माझी थारूलाइ प्रशंसापत्र प्रदान गरिएको थियो।

नेपालमा पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाइ सकेका शुरेश बुढाथत्रकी र कुवेतमा सफलताको शिखर चढ्दै गरेका भरत पाैडललाइ वार्षिकोत्सवको अवसर पारेर कोसेली टिममा प्रवेश गराइएको थियो।

दोश्रो चरणको कार्यक्रममा कोसेली समुहकै अमर खड्का र माधव पाैडेलको १०-१० रचना सम्मिलित गजल संग्रह ‘अन्वेषिका पाइला’को कुवेतमा सार्वजनिक गरिएको थियो भने विभिन्न साहित्यप्रेमी महानुभावहरूले गजल वचन गरेका थिए।

कार्यक्रमलाइ मनोरन्जनात्मक बनाउन कुवेतका स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति समेत दिइएको उक्त कार्यक्रममा साहित्य वाचन गर्ने सर्जकहरू एवं गायन र नृत्य प्रस्तुत गर्ने कलाकारहरूलाइ प्रमाणपत्र प्रदान गरिएको थियो।

रात्रीभोजको साथ समापन गरिएको उक्त कार्यक्रममा कार्यक्रमका सभापति आनन्द आचार्यले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गर्न लागि पर्ने सिंगो कोसेली टिम, प्रत्यक्ष/परोक्ष रूपमा सहयोग गर्ने नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघसंस्थाहरू, पत्रकारहरू, व्यावसायीहरू तथा कार्यक्रममा उपस्थिति जनाइ कार्यक्रमको शोभा बढाइ दिनुहुने सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिकृया दिनुहोस्

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ टुंगियो, आदेशको पर्खाइ

काठमाडौं, फागुन १९ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’...

चुनाव नहुने अभिव्यक्ति दिने ज्योतिष चन्द्रागिरीबाट पक्राउ

काठमाडौं, फागुन १९ – २१ फागुनमा निर्धारित निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका...