News Portal

अत्यधिक जाडो बढेसंगै राउटेलाई न्यानो कपडा

हिमाली संचार संवाददाता
६९५ पटक

हिक्मतबहादुर नेपाली
दैलेख १२, २०७६ माघ : वरिपरि घना जंगल, छेउमै बगेको बग्रेनी खोला किनारमा काठले बारेर टहराहरु निर्माण हुँदैछन।

गुराँस गाउँपालिका–४ सत्ताचौरमा बासिरहेका राउटे समुदाय यही साता वीरेन्द्रनगर नगरपालिका–१३ बग्रेनी खोला किनारमा बसाइसरेका छन।

गुराँस गाउँपालिकाको गुराँसे क्षेत्रमा हिमपातले अत्याधिक चिसो बढेपछि उनीहरु सुर्खेत बसाइसरेका हुन। उनीहरु अहिले बस्ने टहरो निर्माणमा जुटेका छन।

पुस माघको कठ्यांग्रिने जाडोबाट बच्न सुर्खेत झरेको राउटे समुदायका महामुखिया महिनबहादुर शाही भन्छन्, ‘पालले छाएको छानोबाट चिसो बिस्तारामै पुग्छ।

चिसोले सास्ती बेहोर्दै आएका राउटे समुदायलाई गुराँस गाउँपालिका लगाएत विभिन्न गैरसरकारी निकायको पहलमा न्यानो कपडा स्वरुप बल्यांकेट सहयोग गरिएको छ।

समुदायका ४६ घरपरिवारलाई प्रति परिवार एक बल्यांकेट वितरण गरिएको हो। बल्यांकेटसहित खाद्यान्न स्वरुप चामल सहयोग गरिएको छ। प्रति परिवार एक बोरा चालम सहयोग गरिएको हो।

‘चिसोको समयमा बुढाबुढी र बालबालिका बढी प्रभावित भएपछि बल्यांकेट सहयोग गरिएको हो। सोसेकका पूर्वअध्यक्ष सिताकुमारी रानाले भनिन।

राउटे युवा शिवराज शाहीले चिसोले कटेरोमा रात गुजार्न हैरान भएको बेला बल्यांकेट पाएपछि खुसी व्यक्त गरे। जंगलमा फिरन्ते जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदाय काठका भाँडाकुडा बनाइ जीविकोपार्जन गर्छन।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...