News Portal

सुखमय यौन जीवनका लागि कुन समय उपयुक्त ?

हिमाली संचार संवाददाता
७९० पटक

दम्पतीबीच हुने यौन क्रियाले उनीहरुको भावनात्मक सम्बन्ध कसिलो मात्र बनाउँदैन, शारीरिक स्वास्थ्यमा समेत फाइदा गर्छ। विभिन्न अध्ययनहरुको निचोड यस्तै छ तर, यसमा केही सर्त छन्। जथाभावी वा जुनसुकै अवस्थामा गरिने यौन क्रियाबाट दम्पतीले यस्तो लाभ उठाउन सक्दैनन्। यसका लागि सही समय, स्थान, मौहाल, मुड सबै कुरा आवश्यक हुन्छ।

शारीरिक सम्बन्ध बनाउनु र त्यसबाट चरोमत्कर्षमा पुग्नु फरक कुरा हुन्। शारीरिक सम्बन्धबाट दम्पतीहरु तृप्त हुन चाहन्छन्। यद्यपी कतिपय अवस्थामा शारीरिक सम्बन्धले त्यस किसिमको सन्तुष्ट दिदैन। हतार, भय, प्रतिकुलता, खराब मुडामा बनाइएको शारीरिक सम्बन्ध त्यती राम्रो हुँदैन।

कतिपय अवस्थामा गरिने शारीरिक सम्बन्धले नराम्रो नतिजा पनि दिन सक्छ। किनभने यसका लागि दुबै जना उत्तिकै उत्सुक र सक्रिय हुनुपर्छ। शारीरिक र भावनात्मक दुबै रुपले तयार हुनुपर्छ। त्यसैले कोहीपनि चाहँदैनन् कि आफ्नो शारीरिक सम्बन्धले खराब स्थिती पैदा होस्। यस किसिमको यौन सम्बन्धले दम्पतीको यौन जीवन खल्लो बनाइदिन सक्छ।

खासमा मान्छेमा कामवासनाको स्तर अलग अलग हुन्छ। यसका साथै यौन सम्बन्धमा समयले पनि भूमिका खेल्छ। अर्थात कुन समयमा तपाईं शारीरिक सम्बन्ध बनाउँदै हुनुहुन्छ ? त्यसले तपाईंको यौन सन्तुष्टिमा प्रभाव पार्छ।

कतिपय दम्पती मध्यरात वा घर परिवारका सबैजना सुतिसकेपछि यौन सम्बन्ध बनाउनका लागि अनुकुल समय ठान्छन्। जस्तो कि, रातको ९ बजे वा १० बजे, यद्यपी यो समय नै आफुलाई अनुकल लाग्छ भने एकपटक सोच्नुपर्ने हुन्छ। केही अध्ययनबाट थाहा भएको कि उक्त समय सयनमा सुखद पल महसुष गर्नका लागि अनुकल हुँदैन।

के भन्छ अध्ययन ?

फ्रन्टियर्स इन साइकोलोजी गरेको अध्ययनमा पाइयो कि युकेका धेरैजसो दम्पती रातको ९ बजेदेखि १ बजेसम्मको समयमा शारीरिक सम्बन्ध बनाउँछन्। यी दम्पतीले जब पोल सर्वेमा भाग लिए तब थाहा भयो कि उनीहरुले यौनमा पूर्ण सन्तुष्टि हासिल गर्न सकेकै थिएनन्।

४० प्रतिशतभन्दा कम दम्पतीले राम्ररी यौन सुखभोग गर्न पाएका थिएनन्। कतिपय दम्पतीको अनुभवमा राती यौन सम्बन्ध बनाउनु दिउसोको समयमा काम गर्नु जस्तै लाग्ने भएकाले त्यसबाट चरम आनन्द लिन सकिएन।

यसको पछाडि के कारण छ त ?

रातको समय शारीरिक विश्रामको समय हो। यतिबेला हाम्रो शरीर मर्मत कार्यमा लागेको हुन्छ, ताकि भोलिको दिनमा आफुलाई तयार राख्न सकौं। त्यसैगरी यौनका लागि हाइ इनर्जी जरुरी हुन्छ, ताकि पर्फमेन्स राम्रो हुन सकोस्।

के हो कारण ?

मान्छेको बडी क्लक र यौन सम्पर्क गर्नुसँग सम्बन्ध जोडिएको छ। खासगरी यसले हर्मोन र उत्तेजनामा प्रभाव पार्छ। दिनभरको श्रम, थकानपछि रातको समयमा शरीर तनावमुक्त रहनका लागि विश्रामको जरुरत हुन्छ। त्यसैले शरीरले विश्राम खोजिरहेको बेला यौन सम्पर्क गर्दा त्यसबाट पूर्ण सन्तुष्टी प्राप्त गर्न सकिदैन।

के हो त यसको विकल्प ?

अतिरिक्त काम गर्नका लागि शरीरलाई उर्जा आवश्यक हुन्छ, ठिक त्यसैगरी सक्रिय यौन जीवनका लागि शरीरमा इनर्जी लेभल राम्रो हुनुपर्छ। त्यसैले बिहानको समयमा यौन सम्बन्ध बनाउनु बढी उपयुक्त हुन्छ। बिहानको समयमा बनाइने शारीरिक सम्बन्ध राम्रो मात्र हुँदैन, यसले पूर्ण सन्तुष्टि पनि दिलाउँछ।

राती तपाईं निद्राको अवस्थामा हुनुहुन्छ, तब पनि शरीरलाई सक्रिय गराउनुहुन्छ। जबकी यतिबेला शरीरले दिनभर खर्चेको उर्जा सञ्चय गर्ने र मर्मत गर्ने काम गरिरहेको हुन्छ। यस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउनु भन्दा बिहानको समयमा शारीरिक सम्बन्ध बनाउन धेरै उत्तम हुन्छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...