News Portal

  • क्यान इन्फाेटेक मेला सप्पन्न ३० हजारले गरे अवलाेकन

    हिमाली संचार संवाददाता
    १२९ पटक

    तेजबहादुर बन इटहरी – गत माघ १ गते बाट इटहरीमा सञ्चालन भएकाे प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला २०२० अाइतबार सम्पन्न भएकाे छ । ५ दिन सम्म चलेकाे मेलाले ५० लाखकाे काराेबार गरेकाे आयाेजक क्यान महासंघ सुनसरीले जानकारी दिएकाे छ । आइतबार अाैपचारीक रूपमा क्यान इन्फाेटेक मेला समापनकाे घाेषणा गर्दै आयाेजकले यस्ताे जानकारी गराएकाे हाे ।
    समापन समाराेहमा बाेल्दै क्यान महासंघ सुनसरीका अध्यक्ष बिशाल बास्ताेलाले मेलामा ३० हजार आन्तरिक आगन्तुकहरूले अवलाेकन गरेकाे बताए ।

    मेला भित्र राेबाेर्ट वार , रकेट प्रदर्शनी , ड्राेन , शिशि क्यामेरा , मान्छे संग बाेलने राेबाेर्ट , लेजर प्रिन्टर्सहरू अवलाेकनकर्ताहरूकाे मुख्य राेजाइमा परेकाे बताइएकाे छ ।

    प्रभु पेइ मुख्य प्रायाेजक रहेकाे इन्फाेटेक मेलामा ब्यापार भन्दा शुचना प्रविधिकाे बिकास र यसकाे महत्वकाे बिषयमा धेरै भन्दा धेरै ज्ञान दिने साथसाथै पर्यटन वर्ष २०२० लाइ प्रवर्दन गर्ने उद्येश्यका साथ सञ्चालन गरिएकाे मेला संयाेजक तथा क्यान महासंघका उपाध्यक्ष खडग अाेझाले बताए । मेला सम्पन्न गर्न स्थानीय सरकार देखि प्रदेश सरकार र क्यान महासंघ केन्द्रीय कमिटि लगायत सहायक प्रायाेजक वर्ल्डलिंक इन्टरनेट कम्पनि प्रति अायाेजक क्यान महासंघ सुनसरीले आधार ब्यक्त गरेकाे छ ।
    त्यसैगरी मेलाभित्र राखिएका स्टलहरू मध्ये शिशि क्यामारा , ब्रदर्श तथा क्याननका प्रिन्टरहरू बढी मात्रामा बिक्री बितरण भएकाे बताइएकाे छ । समापनकाे दिन अाइतबार इटहरी क्षेत्रका ३ दर्जन बढी निजि तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरूले अवलाेकन गरेका थीए ।
    ८० वटा स्टल रहेको उक्त मेलामा आइटी म्युजियमको व्यवस्था,सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी ,शुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी , कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज , सिसि टिभी , एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था , स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता , कर्पोरेट स्टलको ब्यवस्था , स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिएको थीयाे ।

    प्रतिकृया दिनुहोस्

    मुटुमा प्वाल परेको ६वर्षीय बालिकाकाे उपचार रंगेली नगरपालिकाले गर्ने

    रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका १ स्थित जमुवा टाेलमा वसाेबास गर्दै आएका लाल किस्कु की...

    नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकद्वारा मृतक परिवारलाई नगद सहयोग

    दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – जुगल गाउपालिका वडा नं. ५ का साविक बराम्ची वडा नं. ४...

    बालिका खड्काले मुख्यमन्त्री राईसंग लिखित माफी मागिन्

    काठमाण्डौ – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको बिषयमा दुरुत्साहन झुटो आरोप लगाएको स्वीकार...

    प्रदेश सांसद निमा लामाको पहलमा हेलम्बु बोल्देका विस्थापित परिवारलाई खाद्यान्न सहयोग

    दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – प्रदेशसभा सदस्य निमा लामाको पहलमा हेलम्बु बोल्देका विस्थापित परिवारलाई खाद्यान्नलगायत राहत सामग्री...

    हेर्नुहोस आज असोज ७ गते बुधवारको राशिफल

    वि.सं.२०७७ साल असोज ७ गते बुधवार || सन् २०२० सेप्टेम्बर २३ तारीख || नेपाल संवत...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।