News Portal

  • हेर्नुहोस आज २०७६ साल पौष २८ गते सोमबारको राशीफल

    ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    हिमाली संचार संवाददाता
    ५२४ पटक

    सन् २०२० जनवरी १३ तारीख | नेपाल संवत ११४०

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। दिउँसोदेखि सहयोगीहरू टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि कृषि तथा पशुधनले मनग्गे फाइदा दिलाउनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। परिस्थिति अलि संघर्षपूर्ण रहला। चिताएका काममा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्। हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता नै आउनेछ। दिउँसोदेखि विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। तर आगन्तुकले अलमल्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ। कामको योजना स्थगित हुन सक्छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। कामको राम्रै मूल्यांकन हुनेछ। तर प्रतिफल हातपार्न समय लाग्नेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    नयाँ काममा जुट्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसा–व्यवसाय फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। आफ्नो कर्मफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्नाले पछि परिनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    प्रारम्भमा अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। तर धनधान्यले घर-गृहस्थीमा समृद्धि निम्त्याउने देखिन्छ। व्यापारमा अर्थलाभ हुनेछ। यात्राको प्रक्रियाले भने खर्च बढाउन सक्छ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। मान–सम्मान र आकर्षक उपहारले उत्साहित भइनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। दिउँसोदेखि कामको चाप बढ्नेछ भने गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ। अरूका काममा अमूल्य समय खर्चनुपर्ला। प्रतिस्पर्धाबाट भने लाभ हुनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...

    युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

    काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट...