News Portal

नेपाली इन्जिनियरहरुले बनाए विद्युतिय मोटरसाइकल

हिमाली संचार संवाददाता
७९६ पटक

पौष ४ शुक्रवार : नेपाली युवा इन्जिनियर सात जनाको टोलीले बनाएको विद्युतिय मोटरसाइकल ‘यात्री’ पहिलो परियोजना प्रोजेक्ट जिरो सार्वजनिक भएको छ।

यात्रीको सम्पुर्ण स्पेयर पाट्स नेपालमै डिजाइन गरेर अमेरिका, चीन र भारत विभिन्न कम्पनीसँग सहकार्य गरेर निमार्ण गरिएको कम्पनीका संस्थापक अशिम पाण्डे जानकारी दिएका छन्। 

पाण्डेका अनुसार “हामीले सबै काम आफैले गर्यौ, कतिपय पाट्स बनाउन नेपालमै करोडौ लाग्ने प्लान्ट बनाउनु पर्ने भएकोले नेपालमा डिजाइन गरेर विदेशबाट बनाएर ल्यायौ। 

कम्पनीले २०१७ देखि रिर्सचको सुरु गर्दै २०१८मा नेपालको विभिन्न स्थानहरुमा सवारीसाधन र सडकको बारेमा गहन अध्ययन गरेको थियो। 

यो मोटरसाइकल सिङगल चार्जमा २ सय ३० किलोमीटर कुद्न सक्छ भने मोटरसाईकलमा ४० हर्सपावरको शक्ति छ। मोटरसाइकल सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीको लागि तयार पारिएको पाण्डेको भनाइ छ। 

यसमा अरु मोटरसाइकलको जस्तो मेटल नभई कार्वन फाइवर प्रयोग गरिएकोले आकर्षक हलुका  र सुरक्षित रहेको कम्पनीको जनाएको छ। पहिलो चरणमा ५० ओटा मोटरसाइकल उत्पादन गर्ने छ।

यसको मूल्य भने सार्वजनिक गरिएको छैन। मूल्य सार्वजनिक नभए पनि ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले ‘यात्री’ बुकिङ गरेका छन्। नीतिगत समस्या सुल्झिएपछि सकेसम्म सस्तो मूल्यमा मोटरसाइकल उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ। 

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...