News Portal

नेपाली इन्जिनियरहरुले बनाए विद्युतिय मोटरसाइकल

हिमाली संचार संवाददाता
७३७ पटक

पौष ४ शुक्रवार : नेपाली युवा इन्जिनियर सात जनाको टोलीले बनाएको विद्युतिय मोटरसाइकल ‘यात्री’ पहिलो परियोजना प्रोजेक्ट जिरो सार्वजनिक भएको छ।

यात्रीको सम्पुर्ण स्पेयर पाट्स नेपालमै डिजाइन गरेर अमेरिका, चीन र भारत विभिन्न कम्पनीसँग सहकार्य गरेर निमार्ण गरिएको कम्पनीका संस्थापक अशिम पाण्डे जानकारी दिएका छन्। 

पाण्डेका अनुसार “हामीले सबै काम आफैले गर्यौ, कतिपय पाट्स बनाउन नेपालमै करोडौ लाग्ने प्लान्ट बनाउनु पर्ने भएकोले नेपालमा डिजाइन गरेर विदेशबाट बनाएर ल्यायौ। 

कम्पनीले २०१७ देखि रिर्सचको सुरु गर्दै २०१८मा नेपालको विभिन्न स्थानहरुमा सवारीसाधन र सडकको बारेमा गहन अध्ययन गरेको थियो। 

यो मोटरसाइकल सिङगल चार्जमा २ सय ३० किलोमीटर कुद्न सक्छ भने मोटरसाईकलमा ४० हर्सपावरको शक्ति छ। मोटरसाइकल सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीको लागि तयार पारिएको पाण्डेको भनाइ छ। 

यसमा अरु मोटरसाइकलको जस्तो मेटल नभई कार्वन फाइवर प्रयोग गरिएकोले आकर्षक हलुका  र सुरक्षित रहेको कम्पनीको जनाएको छ। पहिलो चरणमा ५० ओटा मोटरसाइकल उत्पादन गर्ने छ।

यसको मूल्य भने सार्वजनिक गरिएको छैन। मूल्य सार्वजनिक नभए पनि ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले ‘यात्री’ बुकिङ गरेका छन्। नीतिगत समस्या सुल्झिएपछि सकेसम्म सस्तो मूल्यमा मोटरसाइकल उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...