आज : २०२६-०६-१३, शनिबार

१४ औं साग पाकिस्तानमा हुने

काठमाडौँ – १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको साेमबार बसेकाे बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।

बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ ।

१३ औं साग भने मंगलबार समापन गरिँदैछ ।