News Portal

प्रहरीआतंक : पत्रकार अधिकारीलाई मानसिक यातना, एसपी दानबहादुरको हर्कतबारे महासंघको कडा आपत्ति

हिमाली संचार संवाददाता
७०३ पटक

काठमाडौं २१, २०७६ मंसिर : नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले महासंघ कास्की शाखाका निवर्तमान उपाध्यक्ष, क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय सचिव तथा न्यूज२४ टेलिभिजनका पोखरा सम्वाददाता राजेन्द्रप्रसाद अधिकारीलाई प्रहरीले मानसिक यातना दिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले एक प्रेस बिज्ञप्ति जारी गरेर यस्तो आपत्ती जनाएका हुन्। विष्टद्वारा जारी विज्ञप्तीमा समाचार लेखेकै विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दान बहादुर कार्कीको निर्देशनमा पत्रकार अधिकारीमाथि दिइएको मानसिक यातना संविधान विपरित हुने ठहर गरिएको छ।

महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘समाचार लेखेको विषयमा कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले मानसिक तथा शारीरिक यातना दिने अभिप्रायले सादा पोशाकका प्रहरी खटाइ पत्रकार अधिकारीमाथि निगरानी गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण छ।’

पोखराको विभिन्न ठाउँमा प्रहरीले चलाएर्को जुवा अप्रेसन’ का विषय न्यूज २४ टेलिभिजनमा समाचार प्रसारण गरेको भन्दै प्रहरी प्रमुख एसपी कार्कीले पत्रकार अधिकारीको घर तथा कार्यालयमा सादा पोशाकका प्रहरी खटाएर मानसिक तथा शारीरिक यातना दिनुका साथै पत्रकार अधिकारीलाई पोखराबाट विस्थापित हुन बाध्य बनाएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ।

विज्ञप्तीमा अगाडि भनिएको छ ‘समाचारप्रति गुनासो एवं चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै प्रहरीको जिम्मेवार अधिकारीबाट कुनै पनि बहानामा पत्रकारलाई मानसिक तथा शारीरिक यातना दिने र विस्थापित हुन बाध्य पार्नु आफैंमा निन्दनीय हुनुका साथै संविधानविपरीतको कार्य हुने महासंघको ठहर छ।

महासंघ प्रहरीबाट भएको यस्तो कार्यको भत्र्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षितरुपमा काम गर्ने वातावरण निमार्ण गर्न सम्बन्धित निकायसँग माग गदर्छ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी कार्कीले पछिल्लोसमय प्रहरी कार्यालयका गलत गतिबिधिका बारेमा खबरदारी गरेर समाचार लेख्ने पत्रकारलाई विभिन्न झुटा मुदा लगाएर गिरफ्तार गर्ने, पत्रकारका घर, निवास खानतलासी गर्ने, परिवारहरुलाई आतंकित पार्ने र दुख दिने कार्य गर्दै आइरहेका छन्।

कास्की प्रहरीले गत मंसिर १ गते सञ्चारकेन्द्र डटकमका पोखरा संवाददाता राज कुमार घिमिरेलाई बिना कारण गिरफ्तार गरेर हालसम्म हिरासतमा राखेकाे छ। कार्कीकै निर्देशनमा पत्रकार आश गुरुङ्गलाई पनि गिरफ्फ्तार गरेर एक हप्ता हिरासतमा रखिएको थियो।

यसैवीच सञ्चारकेन्द्रडटकमसंगको टेलिफोन वार्तामा कास्की प्रहरी प्रमुख कार्कीले पत्रकार घिमिरे, गुरुङ र अधिकारीलाई विप्लव नेतृत्वको नेकपाका नेताहरुसँग सम्पर्क रहेको आशंकामा अनुसन्धान गर्न खोजेको कुतर्क गरेका छन्।

कार्कीले आफ्नो मातहतमा रहेको प्रहरीका गलत गतिविधि र आफ्ना बारेमा लेखिएका समाचारको बदला लिन चाहेको भए पनि प्रतिबन्धित पार्टीका नेता कार्यकर्तासँग सम्बन्ध रहेको बहाना बनाएर पत्रकारलाई फसाउन खोजिरहेका छन्।

बिज्ञप्ती यस्तो छ:

प्रतिकृया दिनुहोस्

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...