News Portal

चेलिबेटी समाजद्वारा २८औं महिला हिंसा बिरुद्ध अन्तका लागि जनचेतनामूलक कार्यक्रम

हिमाली संचार संवाददाता
९०१ पटक

रबिन्द्र बराल
मोरङ २०, २०७६ मंसिर : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको चेलिबेटी समाजद्वारा हरेक बर्ष झै यस बर्ष पनि “समानताकाे पुस्ता, बलात्कार विरुद्धकाे एकबद्धता “भन्ने मुल नाराका साथ १६ दिने अन्तर्राष्ट्रिय दिवसकाे अवसर पारेर रंगेलीमा सचेतना मुलक प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरेको छ।

२८औं महिला हिंसा बिरुद्ध अन्तका लागि १६ दिने अन्तराष्ट्रिय कार्यक्रम अन्तर्गत र्‍याली पछि अभियान अन्तर्गत महिला हरुले रंगेली नगरपालिकाकाे कार्यलय देखि निकालेको र्‍याली रंगेली बसपार्क, अस्पताल चाैक, कालिमंन्दिर प्राङ्गण हुदै बजार परिक्रमा गरेर नगरपालिकाकाे सभाहलमा आएर र्‍याली सम्पन्न भएको थियो।

उक्त र्‍यालीमा नगरपालिकाका उपमेयर, वडाध्यक्ष, विद्यार्थी, स्थानीय, विभिन्न संस्थाका प्रतिनिधि लागयतकाे सहभागीता रहेको थियोे।

उक्त र्‍यालीमा बालविवाह सामाजिक अपराध हाे, दाईजाे प्रथा अन्त्य गर, घरेलुु हिंसा अन्त्य गर, महिला हिंस विरुद्ध एक हाै, बलत्कारीलाई कार्वाही गर, छाेरीलाई दाईजाे हाेईन शिक्षा देऊ, छाेरा र छाेरी भेदभाव गर्ने पाईदैन जस्ता प्लेकार्ड बाेकेर बजार परिक्रमा गरेका थिए। उनिहरुले सहभागीहरुलाई अन्तरक्रिया समेत गराएका थिए।

कार्यक्रमकाे प्रमुख अतिथि नगरपालिका उपमेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी, ईलाका प्रहरी कार्यलयका रंगेलीका सहायक निरिक्षक सुरेन्द्र बस्नेत, वडाध्यक्ष रामचन्द्र मंन्डल, अधिबक्ता कला त्रिताल, अधिबक्ता सीता पाैडेल, ईन्सेकका कार्यकारी अधिकृत बागमता कट्टेल, अाेरेक नेपालका प्रतिनिधि लगायतकाे उपस्थित समेत रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथिले भने रंगेली नगरपालिकामा रहेको चेलिबेटी समाजले महिला हिंसाकाे कार्यक्रम सन्चालन गरेकाेमा अाफु खुशि रहेको बताईन।

चेलिबेटी समाज नेपालकाेे आयााेजना तथा मानव अधिकार समूह रंगेली, ईलाका प्रहरी कार्यलय रंगेली, संन्सारीमाई फेडरेसन रंगेली, लालीगुराँस अामा समूह रंगेली, सृजनसिल अामा समूह अामताेला लागयत अाधा दर्जन संस्थाहरुकाे सह-अायाेजनामा र रंगेली नगरपालिकाकाे सहयोगमा उक्त कार्यक्रम गरिएको थियोे।

उक्त कार्यक्रम चेलिबेटी समाजका अध्यक्ष उषा झा ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...