News Portal

दैलेखमा गाडी दुर्घटना : तीनको मृत्यु‚ १५ जना घाइते

हिमाली संचार संवाददाता
७८४ पटक

खगेन्द्र बुढा/कर्णाली प्रदेश : सुर्खेत-दैलेख सडक खण्डको घोडाबासमा माइक्रो बस (फाेर्स) दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ। दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा भएकाे हाे।

मृत्यु हुनेमा वीरेन्द्रनगर-३ तातोपानीका ५७ वर्षीया थिरबहादुर सुनार, दैलेख बासी घरभइ हाल बर्दिया मधुवन नगरपालिका-६ सानाेश्री बस्नेे बर्ष २९ का नामबहादुर बडुवाल र उनका श्रीमती कमला बडुवाल रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका असई अाेमप्रकाश कुर्मीले जानकारी दिए।

दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर-८ खजुरा बस्ने मंगली गुरुङ, साेही ठाउँका मुकेश गुरुङ, दुल्लु नगरपालिका- १० का लक्ष्मी याेगी, अविशेषक याेगी, वीरेन्द्रनगर-३ तातापानी बस्ने माेहन परियार, झुमा परियार, चन्द्र परियार, भिम परियार, वीरेन्द्रनगर-११ सुब्बाकुनाका देवीप्रसाद भट्टरार्इ र धुलियाविटका चन्द्रकली सिङ्गौली रहेकाे दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकार दिए।

यस्तै बाँके नाैबस्ताका कर्णबहादुर बाेगटी, लक्ष्मी बाेगटी, चामुण्डाविन्द्रासैनी नगरपालिका-४ का लक्ष्मी रावत र नारयण नगरपालिका-४ का दिलबहादुर कटुवाल रहेकाे अाेलीकाे भनाइ छ।

प्रहरी चाैकी रानिमत्ताका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको टोली घटनास्थलतर्फ पुगेर घाइतेको उद्वार गरेर सुर्खेत पठाइएकाे थियाे। गाडी सडकबाट झण्डै एकसय ५० मिटर तल खसेकाे प्रहरीकाे भनाइ छ। दुर्घटना लगत्तै चालक फरार छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...