News Portal

दैलेखमा गाडी दुर्घटना : तीनको मृत्यु‚ १५ जना घाइते

हिमाली संचार संवाददाता
८८७ पटक

खगेन्द्र बुढा/कर्णाली प्रदेश : सुर्खेत-दैलेख सडक खण्डको घोडाबासमा माइक्रो बस (फाेर्स) दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ। दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा भएकाे हाे।

मृत्यु हुनेमा वीरेन्द्रनगर-३ तातोपानीका ५७ वर्षीया थिरबहादुर सुनार, दैलेख बासी घरभइ हाल बर्दिया मधुवन नगरपालिका-६ सानाेश्री बस्नेे बर्ष २९ का नामबहादुर बडुवाल र उनका श्रीमती कमला बडुवाल रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका असई अाेमप्रकाश कुर्मीले जानकारी दिए।

दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर-८ खजुरा बस्ने मंगली गुरुङ, साेही ठाउँका मुकेश गुरुङ, दुल्लु नगरपालिका- १० का लक्ष्मी याेगी, अविशेषक याेगी, वीरेन्द्रनगर-३ तातापानी बस्ने माेहन परियार, झुमा परियार, चन्द्र परियार, भिम परियार, वीरेन्द्रनगर-११ सुब्बाकुनाका देवीप्रसाद भट्टरार्इ र धुलियाविटका चन्द्रकली सिङ्गौली रहेकाे दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकार दिए।

यस्तै बाँके नाैबस्ताका कर्णबहादुर बाेगटी, लक्ष्मी बाेगटी, चामुण्डाविन्द्रासैनी नगरपालिका-४ का लक्ष्मी रावत र नारयण नगरपालिका-४ का दिलबहादुर कटुवाल रहेकाे अाेलीकाे भनाइ छ।

प्रहरी चाैकी रानिमत्ताका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको टोली घटनास्थलतर्फ पुगेर घाइतेको उद्वार गरेर सुर्खेत पठाइएकाे थियाे। गाडी सडकबाट झण्डै एकसय ५० मिटर तल खसेकाे प्रहरीकाे भनाइ छ। दुर्घटना लगत्तै चालक फरार छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...