News Portal

  • युएईमा सफलताको शिखर चुम्दै झापाली दम्पती

    हिमाली संचार संवाददाता
    ७०५ पटक

    आरपी ढुंगेल/युएई १३, २०७६ मंसिर : वैदेशिक रोजगारीको सिलसिलामा कामदारको रूपमा युएई आएर केही वर्षपछि आफै व्यापार/व्यावसाय गर्ने नेपालीहरु दिनदिनै बढिरहेका छन्। युएईमा नेपालीहरु काम गर्न मात्रै होइन, काम गराउन अर्थात् मालिक बनेर आफ्नो र देशकै गरिमा उच्च राख्न पनि सक्षम छन् भनेर प्रमाणित गर्नेहरुमा दुई जना झापालीहरु पनि थपिएका छन्।

    पाँच वर्षअगाडि वैदेशिक रोजगारीको लागि सामान्य वेटरमा युएई आएकी बारदशी झापाकी अनु चुडाल र सेक्युरिटी गार्डमा आएका धुलाबारीका तपन आचार्य दम्पति युएईमा ट्राभल एन्ड टुरिजमको क्षेत्रमा व्यावसाय गरिरहेका छन्।

    बारदशीका तुलसी चुडालकी छोरी अनुले विर्तामोडको कोहेड कलेजबाट व्यवस्थापन संकायमा प्लस टु (+२)गरेपछि वैदेशिक रोजगारीको लागि एक रेस्टुरेन्टमा सामान्य वेटरका रूपमा ४ वर्ष काम गरिन्। चार वर्षमा अनुले युएईमा ट्राभलको क्षेत्रमा काम गर्दा उपयुक्त हुने निस्कर्स निकाल्दै पैसा बचत गर्न थालिन्।

    धुलाबारीका बिष्णुप्रसाद आचार्यका छोरा तपन आचार्य पनि ५ वर्ष अगाडि सेक्युरिटी गार्डको काम गर्न युएई आएका थिए। प्रतिभाशाली व्याक्तित्व तपनले यो अवधिमा युएईको कानुन, प्रशासनबारे जानकारी हासिल गरे। अन्ततः युएईमा व्यापारको अपार सम्भावना देखेर ट्राभलको क्षेत्रमा कम्पनी खोल्ने निर्णय गरे।

    यो बिसयमा आफ्नी श्रीमती अनुले पहिलेदेखि नै सुझाव दिएको र अनुकै आत्मविश्वास र पहलले एक वर्ष अगाडि नै दुबईको बर्जुमानमा रहेको अन्सार ग्यालरीमा अल सबिल ट्राभल कम्पनी स्थापना गरेको संचालक तपनले बताए।

    युएईमा रहेका नेपालीलगायत अन्य समुदायका ग्राहकहरुलाई अनु र तपनले संचालन गरेको अल सबिल ट्राभलले भरपर्दो र स्तरीय सेवा दिइरहेको छ। अल सबिल ट्राभल कम्पनीमा युएई भ्रमण गर्न चाहनेहरुका लागि भिजिट भिसा, हवाई टिकट, होटेल बुकिङ लगायत सबै प्रकारका टुर प्याकेजहरु अन्य ट्राभलहरुभन्दा सरल दरमा उपलब्ध हुने संचालक तपन आचार्यले जानकारी दिए।

    झापामै रहँदा अर्जुनधारा दैनिकमा आवद्ध भएर पत्रकारिता गरेकी अनु चुडालले अहिले आफ्नो सम्पुर्ण समय अल सबिल ट्राभल कम्पनीको व्यापार प्रवर्द्धनमै समर्पित गरेको बताईन।

    सार्वजनिक समारोहमा अलि कम देखिने यो झापाली जोडीले भिजिट नेपाल २०२० को प्रमोसनका लागि युएईबाट पनि पर्यटकहरु नेपाल भित्र्याउन प्याकेज सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

    अल सबिल ट्राभलमा विशेष सुविधा !

    युएईमा संचालित अन्य नेपाली ट्राभलहरुभन्दा सस्तो र छिटोछरितो सेवा दिने दाबी गर्ने यस ट्राभलमा नेपाल र भारतबाट घरमै बसीबसी आफुलाई आवश्यक प्याकेज खरिद गर्न सकिने र अनलाइन कारोबार गर्न सकिने यसका संचालक तपन आचार्यले जानकारी दिएका छन्।

    संचालक आचार्यले भिजिट भिसामा युएई आएर यतै रोजगारको खोजी गर्नेहरुलाई उचित काम खोजी गर्न सहयोग गर्ने बताएका छन्।

    बर्जुमान मेत्रो एक्जिट -२ बाट अल अन्सार मलमा रहेको यस ट्राभलमा युएईका अन्य नेपाली ट्राभलभन्दा सस्तो र भरपर्दो सेवा दिने दाबी यस ट्राभलमा सेल्स एन्ड मार्केटिङ म्यानेजर प्रदिप कार्कीले गरेका छन्।

    बिर्तामोड-५ का स्थायी बासिन्दा कार्की अल सबिल ट्राभल कम्पनीले नेपालीहरुलाई उच्च प्राथमिकतामा राखेर सर्भिस दिएको र युएईका नेपालीहरुमाझ लोकप्रियताको शिखरमा यो ट्राभल पुर्‍याउने दाबी गरेका छन्।

    युएईका नेपाली व्यावसायमा ट्राभल नै लोकप्रिय !

    नेपालीहरुको लगानीमा युएईमा संचालित व्यावसायहरुमध्ये धेरैको आकर्षक र फस्टाएको क्षेत्र ट्राभल एन्ड टुरिजम पनि एक मानिन्छ। वैदेशिक रोजगारीको आकर्षक र सहज गन्तव्य बनेको युएईमा नेपालीहरुको संख्या बढ्दै गएका कारण नेपालीहरुलाई लक्षित व्याबसाय पनि बढिरहेका छन्।

    अधिक नेपाली व्यावसायिले रेस्टुरेन्टमा लगानी गरेका छन् भने दोश्रो लोकप्रिय व्यावसायिक क्षेत्र ट्राभल नै देखिन्छ। शुभयात्रा, फिस्टेल, नमस्ते, फिस्तेल, अन्नपूर्ण, टविङ्कल, सन एन्ड मुन, कान्तिपुर, मुस्ताङ, ट्राभल युएईको नेपाली व्यावसायिक क्षेत्रमा चर्चित छन्।

    सस्तो, सरल र व्यावसायिक सेवा प्रदान गरेको अल सबिल ट्राभलले एक वर्ष सफलतापुर्वक सम्पन्न गरेको छ। युएईको नेपाली सामाजिक, आर्थिक गतिविधिमा सधै अग्रपंक्तिमा देखिने यस अल सबिल ट्राभल कम्पनीले दोश्रो वर्षको शुभारम्भमै धेरै नेपालीहरुलाई अझ सहज तरिकाले सेवा प्रदान गर्ने योजना रहेको संचालक चुडालले बताएकी छन्।

    उनका अनुसार डोमेस्टिक तथा इण्टरनेशनल हवाइ टिकट, टुरिस्ट, भिजिट र फेमिली भिजिट भिसा, होटेल बुकिङ, डेजर्ट सफारी लगायतका सुबिधा अल सबिल ट्राभल कम्पनीले प्रदान गर्दै आएको छ।

    नयाँ शाखाको तयारी !

    युएईका नेपालीहरुलाई सस्तो, भरपर्दो, छिटोछरितो सेवा दिइरहेको अल सबिल ट्राभलले निकट भविस्यमा युएई र नेपालमा गरी २ शाखा विस्तार गर्ने योजना रहेको संचालक तपन आचार्यले जानकारी दिए।

    दुबई र सारजाको सिमानामा पर्ने अल नादा एरियामा आगामी जनवरीमा पहिलो शाखा स्थापनाको तयारी भएको उनले बताएका छन्।

    नेपालबाट युएई घुम्न आउनेहरुलाई अझ सहज होस् भनेर नेपालमै पनि अल सबिल ट्राभल कम्पनीले आफ्नो शाखा निकट भविस्यमै खोल्ने योजना रहेको छ।

    रोजगारीपछि आफ्नै व्यावसाय गरी बसेको यो झापाली जोडी सफलताको शिखरतर्फ निरन्तर अगाडि बढिरहेको छ। छोटो अवधिमा उन्नतिको शिखरतर्फ लम्किएको यो अनुकरणीय जोडीलाई हाम्रोतर्फबाट पनि शुभकामना।

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal